Thursday, November 30, 2023

अनिश्चितलाई निश्चितता दिन...




दुई वर्ष पनि दुई दिन जस्तो लाग्दै छ।
केही महिना पनि एकै छिन जस्तो लाग्दै छ।

अनिश्चितलाई निश्चितता दिन पाहुना बनेर
आउदैछ कोहि जीवन स्वर्निम जस्तो लाग्दै छ।

हाम्रो प्रेमालयमा प्रेम र समर्पणको विज
बढ्दै गर्दा परिवेश लवलीन जस्तो लाग्दै छ।

मलाइ सम्पुर्ण बुज्न कसरी सकेकी हौली
हाम्रो सम्बन्ध मानौ प्राचीन जस्तो लाग्दै छ।

समय चक्र हो म एक बाट हामी दुई भइ
अब दुई, दुई नरही तीन जस्तो लाग्दै छ ।

२०८० -०८-१४


Saturday, October 14, 2023

होईन तिमी पहिलो प्रेम ।

मैले नलेखेको साहित्यको पहिलो श्रोता तिमी हौ ।
मेरो भावी जीवनको अन्तिम अध्येता तिमी हौ ।

म कदापी भन्दिन तिमी मेरो पहिलो प्रेम भनेर
तिमी अन्तिम प्रेम मेरो, जायजेथा तिमी हौ ।

मैले प्रेमलाई आभाष गर्दा जहाँबाट तृप्ती पाएँ
प्रेमनगरीको किन्नरी, प्रेमको प्रणेता तिमी हौ ।

म आँफैले आँफैलाई त बुझ्दिन कुनै बेला
नबुझ्दा पनि बुझिदिने, लेखाजोखा तिमी हौ।


रचना: ज्योति अनिश्चित 
२०८० अशोज २७



Sunday, September 17, 2023

ड्यासिङ्ग डन

कति निस्चल अनि निष्पक्ष व्यवहार तिम्रो।
रुवासरि हलुका मन अनि उस्तै उदार तिम्रो।

नारीको ३२ सै गुणले परिपुर्ण तिमीलाइ हेरी
मायाको अर्को परिभाषा हुन्छ इजहार तिम्रो।

हार्दिकता छ सदैव मनमा प्रेम राग मुटुभरी
राखेर आखामा स्वप्ना हाँसो मुहार तिम्रो।

जीवन ज्योतिर्मय हुन्छ तिम्रो साथ हुँदा 
खास छौ तिमी अद्भुत छ निखार तिम्रो।

"ड्यासिङ्ग डन " कोहि हो भने तिमी हौ
कामना छ उच्च रहोस सधै विचार तिम्रो ।

समर्पण 
रचना - ज्योति अनिश्चित 

Wednesday, July 26, 2023

मुँगा झै अनमोल आभा।

आखामा छाइरह्यो एउटा तस्विर हटाउनै सकिन।
भाका उनको सुनिरहु झै लाग्ने कटाउनै सकिन।

वर्णन उनको जति गरेनी शब्द फिका लाग्दछ
शिष्टाचारकी प्रतिमुर्ती उनी भनी जताउनै सकिन।

स्फटिक झै पारदर्शी , मुँगा झै अनमोल रत्न
टहटह जुन झै शीतल छौ भनी बताउनै सकिन।

समर्पण - 
रचना-ज्योती अनिश्चित ।

Monday, July 17, 2023

शामत आयो भने ।

दियो तिमी बनिदिनु अध्यारो कतै रह्योभने ।
क्षार भइदिनु तिमी कोही अम्ल भयो भने ।

राख्नु मनमा विश्वास अनि लगनशिल हुनु
जस्तालाई त्यस्तै ख्याल राख्नु बिझायो भने ।

बनको काँडालाई कस्ले तिखार्छ र खै ?
सियो हुनु अनि फाली बन्नु शामत आयोभने ।

समर्पण 
रचना - ज्योति अनिश्चित । 

Friday, July 7, 2023

बेश हुन्छ।

सिधा बाटो जिन्दगीको नगएकै बेश हुन्छ। 
माया मोह जिवनमा नभएकै बेश हुन्छ। 

 बन्धन हो मिथ्या संसार ब्यर्थ हो सम्बन्ध 
राक्षसरुपी मान्छे बिच नरहेकै बेश हुन्छ। 

 लवलिन तिमी अनि सहनशील नारीभाव 
बुझ्दैन यो पापी संसार नसहेकै बेश हुन्छ। 

 ज्योति अनिश्चित 
 २०८०-०३-२२

Wednesday, June 21, 2023

तिमीलाई म दुख्नेछु, मलाई तिमी दुख्नेछ।

कुनै दिन तिमीलाई म दुख्नेछु
अनि मलाई भने तिमी दुख्नेछ।

धुमिल हुँदै गर्दा मेरा आखाहरु
तिम्रो मुटु पोल्ला; गला सुक्नेछ।

अहंकारले ठडिएको तिम्रो शीर 
ग्लानीले वा पश्चतापले झुक्नेछ।

मैले तिमीमा देखेको म आकृति 
अधेरीमा मेरै छाया झै लुक्नेछ।

म बेरङ्गले पोतिएर उदासीन हुदा
म मै नरही मेरो धड्कन रुक्नेछ।

-अनिश्चित



Thursday, June 15, 2023

तेरो मुद्दा मेरो गुहु।

नेपालको एउटा सच्चा सपुत हर्क। 
अघिअघि बढ दाजु पछाडी नफर्क। 

जागृत बनाउनु छ नेपाल; धरान जस्तै
समृद्धि शान्ति र श्रमदान अभियान छर्क। 

काम गर्न दिदैनन् भाँजी मात्र हाल्छन्
"तेरो मुद्दा मेरो गुहु", बडो सटिक तर्क। 

तल्लो निकायको साथ हुन्न, रिसै उठ्दो
तैपनी संयम हुन्छन् दाइ, कहिल्यै नझर्क। 

श्रमदान्-श्रमदान तिम्रो एउटै मुल मन्त्र
खुट्टा तान्ने टन्नै भेटिन्छन्, हुनुछ सतर्क। 

भ्रष्टचार र व्याभिचारले गाँजेको छ देश्
बनाउनु छ फेरी स्वर्ग मिली बालेन हर्क । 

रचना: ज्योति अनिश्चित 
धराने मेयर हर्क राइमा समर्पित

Tuesday, January 31, 2023

खुडा लिएर आउनेछु ।


म आउनेछु नेपाल, खुडा लिएर आउनेछु ।
मलाई पुग्ने म आफै, हुड्डा लिएर आउनेछु ।

म प्रेम होईन, संसद अगाडी जल्दिन अब
जलाउनलाई कुसस्कार मुढा लिएर आउनेछु ।

म यति-बुद्धमा आई ज्यानको बाजी थाप्दिन
विष्णुलाई भनेर म गरुडा लिएर आउनेछु ।

देश विकासको लागी दुइ कुरा आभाष भयो
भ्रष्टलाई खुडा युवालाई टुडा लिएर आउनेछु ।

मेरो देशलाई लुट्न सरकारमा जानेहरुलाई
ठिक पार्नलाई मेरो जोडा लिएर आउनेछु ।

ज्योति अनिश्चित
२०७९-१०-१७

Sunday, January 22, 2023

स्वंय बोझिलो नभएर ।

 तिम्रो मुहारझैँ मेरो भाग्य चम्किलो नभएर ।
सायद मेरो मन तिम्रोलागि फराकिलो नभएर ।

आजकल किन यि नयनले शंकाले मात्रै हेर्छ
लाग्छ आफु नै कसैप्रती विश्वासिलो नभएर ।

तिम्रै साथ पाउन यो जुनीमा सम्भव नहोला
लाग्छ मैले देखेको सपना गतिलो नभएर ।

दिनभरीको थकान अनि तिम्रो याद भुलाउन
रातभरी मदिरा पिउँछु भुल्न सजिलो नभएर ।

एउटा कुरा म आँफैले नि मान्नै पर्छ यार
तिरस्कृत हुन्छु सबैबाट स्वंय बोझिलो नभएर ।

ज्योति अनिश्चित
२०७४-०३-२१

तिमीसँग नबोलेरै...

 तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

फुल फुले पछी यहाँ; सुवाश कहाँ छेकिन्छ र ?
मन मिले पछी यहाँ ; जात कहाँ देखिन्छ र ?

हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।
तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।

आफ्नु ठान्नु तिमीलाई मेरो यहाँ भुल भयो
तिम्रो छेवै पर्दिन भो अब मेरो कबुल भयो ।

पाथिभरा कन्यामको संगमबाट टाढा हुँला
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

एउटा बिन्ती प्यारी तिमी उसको चित्त नदुखाउनु
सम्भव भए अन्तिम पटक तिमी मलाई भेट्न आउनु

तिम्रो दिलमा केछ भनी दोमन बाट टाढा हुँला
हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।

Tuesday, January 10, 2023

झुटो तिम्रो शहरमा ।

गुराँसको लाली छुट्यो, देखेँ तिम्रो अधरमा ।
न्यानो मायाको सागर, पाएँ तिम्रो नजरमा ।

जसलाई नि मोहित पार्ने ती निस्चल नयन
नम्र स्वभाव बनाइ राख्नु तिमी हरेक प्रहरमा ।

भ्रम हुन्छसक्छ कहिले- देखेको नि झुटो हुन्छ
टड्कारो हुन्छ झुट पनि झुटो तिम्रो शहरमा ।

राम्री त त्यसै छौ , सोच पनि उच्च राख्नु
ईश्वरको सधै बास होस् लच्छिनको त्यो घरमा ।

समर्पण 
२०७९-०९-२६ 

Saturday, January 7, 2023

विरक्त! देश सम्झिन्छु अनि मन दुख्छ ।

 ती अविश्वासनिय पिपाशु पात्र, देश सम्झिन्छु अनि मन दुख्छ ।
कठै खटिनु पर्ने अहोरात्र, परदेश सम्झिन्छु अनि मन दुख्छ ।

विदेशमा पैसा छ, निती छ, थिती छ- तर संस्कृती छैन 
न निती न संस्कृति: विरक्त! देश सम्झिन्छु अनि मन दुख्छ ।

कतै ४०o को घाम कतै -४०o को हिउँ - तै पनि  विकास छ 
एकलक्ष्य दिगोविकास किमार्थ, परदेश सम्झिन्छु अनि मन दुख्छ । 

आस्वासन बाँड्छ, जनता बिक्छ, ऊ हिसाव गर्दै जान्छ
जितेपछी स्वार्थी; म मात्र, देश सम्झिन्छु अनि मन दुख्छ । 

Friday, January 6, 2023

भेडाको बस्ती छ नेपालमा।

आमा! तिमीलाई कति सास्ती छ नेपालमा?
अर्कोतिर भ्रस्टाचारीलाइ मस्ती छ नेपालमा।

व्यापारीले नेतालाई पोस्छन अनि  उम्किन्छन
जनता पो पेलिन्छन; जबरजस्ती  छ नेपालमा।

जसको बोलीको टुंगो छैन केही भिजन छैन
ऊ नै पो प्रधानमन्त्री हस्ती छ नेपालमा।

बुख्याचाले इज्जत लुट्छ आसेपासे उसैको पछि
सरकार उसैको बिर्ता ; उसकै गस्ती छ नेपालमा।

आउँछ , आयो र गयो;  उदाङ्गो  पाटो देखायो।
देख्दिन चेतना, व्हासा र भेडाको बस्ती छ नेपालमा।

म किन क्यानडा आएँ ? पढ्न कि  कमाउन?
जालझेल गरि कमाउने धन्दा प्रसस्ती छ नेपालमा।

२०२२-१२-२८
ज्योति अनिश्चित ।

Saturday, August 14, 2021

छोराको काँध चढेको बेला।

बिहेको सात बर्ष पछि एउटा भ्रुण अडेको बेला।
आमाको गर्भाशयमा बाबुको अंश गडेको बेला।

संसार जितेगरि जस्तै खुसी भएका थिए तिनी
पहिलो‌ सन्तति गर्भ छोडी धरतीमा फलेको बेला।

अभावमा बाँचेका भएपनि सँधै पुर्ति गर्दिरहे 
मिठो सपना देखिरहे छोराले कख पढेको बेला।

आँखाहरु ओभाएनन् ,खुसी हुँदा पनि खस्थ्यो
मुटु गाँठो परि आउँथ्यो ताते गर्दा लडेको बेला।

बढ्दै गयो छोरो यता, उता बुढाबुढी घोटिरहे 
कमाउन सक्ने भयो छोरो, बाबु थला परेको बेला।

काँधमा चढि हुर्क्यो छोरो , बाबु अब बाजे बने
बिस्मातमा जले बाबु छोराको काँध चढेको बेला।

ज्योति अनिश्चित
२०७८-०४-३०

Monday, August 2, 2021

जन्मदिनको शुभकामना म्याम।

रुकाएर दुइ कदम साथै हुनु उमेश सरसँग।
वीनातार मनले अनि मनै  छुनु उमेश सरसँग।

सात जुनी सँगसँगै देखुँ पाएँ भने सातै जुनी
हरेक दाग सम्बन्धको साथै धुनु उमेश सरसँग।

गुपचुपमा राखीदिनु गल्ती भए कहीँ कतै
प्यारी भइ अंगालोमा साथै रुनु उमेश सरसँग।

तारा जुन जस्तै हुनु नभमा एकसाथ उदाउने
शुभकामना जन्मदिनको स्वीकार्नु उमेश सरसँग।

रचना -ज्योति अनिश्चित
समर्पण- रुवी साह गुप्ता।

Saturday, February 27, 2021

नाप्नै सकिन।

त्यो दिल कति उदार नाप्न सकिन।
छ मुटुभित्र कति प्यार नाप्न सकिन

न‌. नदिने सोल्टिनीसँग नबोलुँ भन्छु
याद आइरहन्छ बारम्बार नाप्न सकिन।

देखेको छैन प्रत्यक्ष तैपनि किन
सपनीमा उनकै मुहार नाप्न‌ सकिन।

लाग्छ अरुको वर्णनबाटै मोहित भएँ
तपाइको सरल व्यवहार नाप्नै सकिन।

को हुन्छ ठुलो‌?मर्यादा र विवेकले
कति सुन्दर त्यो विचार नाप्नै सकिन।

भाग्यमानी हुँदा हुन् तपाइको जीवनसाथी
सायद हुँदैन  जीत-हार नाप्नै सकिन।

समर्पण -नविना निरौला।
रचना- ज्योति अनिश्चित।
२०७७-११-१५

Sunday, February 21, 2021

हुन पाउँ।

मिथ्या हैन सानु तिम्रो मुटु छुन पाउँ।
नानी तिमी अनि आँखा म हुन पाउँ।

श्रेय तिमीलाइ दिउँ मेरो प्रगति पथको
शङ्का नगरुँ तिम्रै काखमा रुन पाउँ।

ठम्याउन मेरो जीवन साथी तिमी बनि
सँगैबसी तिमीसँग मनको मैलो धुन पाउँ।

झन् कस्तो लाग्ला?

 नदेखि नि राम्री लाग्यो देखेर झन् कस्तो  लाग्ला?
विनासङ्कोच भनिदिएँ भेटेर झन् कस्तो  लाग्ला?

नाग्यो‌ मनको‌ बाँधबाट भावनाहरु बाढी बनि
निहारेर बसुँ लाग्यो  हेरेर झन् कस्तो  लाग्ला?

रौसेजस्तै पुकलित भएँ तिमीसँग साथी बन्दा
लाग्यो वर्णन गरुँ कि लेखेर झन् कस्तो  लाग्ला?

समर्पण 
रचना ~ ज्योति अनिश्चित।
२०७७-११-०७

आमा तिमी धन्य छौ।

 हारेर नि जीत ठान्ने आमा तिमी धन्य छौ।
रचि श्रृष्टी सर्वमान्य आमा तिमी धन्य छौ।

दिव्य ज्योति अँध्यारोमा छर्ने हुन्छ मेरो छोरो
कल्पिँदै संसार धान्ने आमा तिमी धन्य छौ।

भक्कानिएको मन नि‌‌ शान्त हुन्छ तिमी छँदा
टर्रो तितो नराम्रो छान्ने आमा तिमी धन्य छौ।

राख्छौ लाखौँ वेदना हृदयमा दिन्छौ मायाममता
इशपछि तिमी जान्ने आमा तिमी धन्य छौ।

समर्पण 
रचना ~ ज्योति अनिश्चित।
२०७७-११-०७