Tuesday, November 28, 2017

मायाको शहरमा ।

आँखा खुल्यो तस्विर छायो तिम्रो नजरमा ।
ओठ खुल्यो मुस्कान छायो तिम्रो अधरमा ।

प्रियसी तिम्रो सालिन्यता र विस्वसनियताले
हृदय चियायो प्रेम पलायो मायाको शहरमा ।

तिमी प्रेम तिमी माया मेरो तिमी हितैषी पनि
चाहान्न तिम्रो आँखाबाट आशु कुनै प्रहरमा ।

शब्दको अलङ्कारले सजाउँ कि तिमीलाई
प्रियसी तिमी मेरी भनिदिउँ कि सानु बहरमा ? 

Saturday, November 25, 2017

सानीलाई शुभकामना छ ।

मेरो मुटुको धड्कन सुन्ने सानीलाई शुभकामना छ ।
मेरो टुक्रीएको मन बुज्ने नानीलाई शुभकामना छ ।

थाहा छैन यति चाँडै कसरी आत्मिय लाग्यौ तिमी ?
साँच्चै आफ्नोपन लाग्ने ज्ञानीलाई शुभकामना छ ।

बोलीमा के होला ? जादु या मोहनी त पक्कै छ
त्यस्तो सुवचन बोल्ने खानीलाई शुभकामना छ ।

तिमीसँग प्रेम भयो, भगवान विष्णुपार्वतीको जस्तो
माया तिम्रो झनझन् लाग्ने रानीलाई शुभकामना छ ।

उही तिम्रो प्यारो दाजु
ज्योति अनिश्चित ।



Friday, November 24, 2017

कुरितीको जालो अब

यो समाजमा मैले धेरै कुरा नियाल्नु छ ।
भाच्चिएको मनलाई मैले नै समाल्नु छ ।

त्यो समाजले यदि चोखो माया बुज्दैन भने
कुरितीको जालो अब जरैबाट उखाल्नु छ ।

हुन्न भन्थे पहिले जो जमानासँगै बद्लिसके
सबैलाई मान्य हुने साझानिती अँगाल्नु छ ।

परिवर्तन हो पहिले आफैबाट सुरु गरी
नवसमाजको बलियो जग पनि बसाल्नु छ । 

Thursday, November 23, 2017

रक्तसंचार तिमी हौ ।

यो शरिरको रक्तसंचार तिमी हौ ।
स्वंयको जिउने आधार तिमी हौ ।

म झुट बोल्दिन तिमी पहिलो भनि
तर मेरो अन्तिम प्यार तिमी हौ ।

तिमीबाटै प्रभावित छन् सारा सपना
मेरो हारजीतको ओस्कार तिमी हौ ।

करुणाकी देवी अनि सुन्दर्ताकी खानी
लवलिन अनि माया अपार तिमी हौ ।

कसैले सोध्लान् तेरो खुशीको राज के ?
भनिदिन्छु मेरो सारा झंकार तिमी हौ ।

Wednesday, November 22, 2017

नमग्मगाए हुन्थ्यो ।

यो मनलाई यति चन्चल नबनाए हुन्थ्यो ।
विधाताले तिमीसँग भेट नगराए हुन्थ्यो ।

लाग्छ विछोडका गीत सबै मेरा हुन्
कसैले नि विरहका गीत नगाए हुन्थ्यो ।

हामी खोलीको दुइ किनार भइसक्यौं
सपनीमै सहि मेरो हात नसमाए हुन्थ्यो ।

तिमी जुन रहरले यहाँ फुलेकी छौ
विन्ती मेरो वरिपरी नमग्मगाए हुन्थ्यो ।

आजकल तिमीलाई देख्न तिमी चाहिन्न
जुन फेरि आकाशमा नउदाए हुन्थ्यो ।

यो मन किन कठोर नभएको होला ?
तिमी छँदा पनि माया नलाए हुन्थ्यो ।

तिम्रो यादको खुत्रुके फोड्न चाहन्छु
वारम्वार तिम्रो याद नआए हुन्थ्यो ।

ज्योति अनिश्चित ।





Tuesday, November 21, 2017

हैन भने तिमी मलाई के माया गर्छौ ?

प्रत्यक दिन
प्रभातमा लाली पोतिए सँगै
तिमी रात भरी
मलाई नि अङ्गालोमा बाँधेको
सपना बाट बिउँझेर
केवल  "शुभ प्रभात"
भनि सुरिलो ध्वनी सुनाउन
मलाई फोन गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

तिम्रा परेली उग्रीदै
पोतिएको गाजल  सफा गर्दै
नयाँ जोश र उमाङ्गका साथ्
कहिल्यै नमैलिने मुटु बोकी
आज फेरी कहाँ भेट्ने भनि
कल्पिदै
त्यही कल्पनालाई
आँखाको नेत्रपटलमा कैद गर्दै
ती सारा कल्पनालाई
सत्चरितार्थ प्रस्तुत गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?


तिमीले भनेको समयमा
नपुगुँला ।
मेरा हजारौ कारण देखाएर
तिम्रो सामु
घुँडा टेकी
हातमा एउटा रातो गुलाफ्
दिएर क्षमा मागौँला ।
त्यो बेला
सारा कुरा बिर्सिएर
मप्रती नै समर्पित तिमी
मेरा
सम्पूर्ण गल्तिहरुलाई
माफी दिदै
हातमा रहेको
गुलावको फुल स्विकार गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

मेरो ब्यस्ततम् समयमा
म तिमी बाट
टाढा हुन सक्छु ।
तिमीलाई घन्टौ सम्म
विना सम्पर्क
हाम्रै उज्जवल भविष्यको
परिकल्पना लाई
मुर्त रुप दिन
म अनवरत खटेको हुन सक्छु ।
त्यो बेला
मेरै पर्खाइमा
आँखाका नानिहरुलाई
पर क्षितिजमा छर्दै
तिम्रो कर्ण
मेरो वाणी सुन्न आतुर राख्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

कसैले मेरो बारेमा
राम्रा नराम्रा कुराहरु
सुनाइदिन सक्छन ।
त्यो बेला
मेरो  बारेमा
अलिकती पनि
शंका नगरि
पछी त्यस्तै खुशीको क्षणमा
मलाई कत्ती पनि नलुकाइ
सुनेका सबै कुरा भन्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?
तिम्रो दुखको
या सुखको घडीमा
पलपल
मैले सम्झिए झै
मलाई सम्झिरहन सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

तिमी निदाउँदाको क्षणमा
दिनभरिका तिता मिठा
कुराहरुबाट
तिक्तता हटाइ
केवल समधुर सम्बन्धको लागि
मिठा मिठा बातहरुमात्र
सम्झनाको खुत्रुकेमा
सुरक्षित राख्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

ज्योति अनिश्चित ।


हितैषी भइराख्नु ल!

तिम्रो तस्विरबाट नजर हटाउनै सकिन ।
घटाउँछु भन्थे माया घटाउनै सकिन ।

म सारा ब्यथा बोकेर हिड्न सकुँला
तर तिम्रो ब्यथा भने अटाउनै सकिन ।

तिमी सदा मेरो हितैषी भइराख्नु ल!
तिम्रो साथबिना समय कटाउनै सकिन ।

मेरो प्रेमवाचा हैन यो,साथीत्व स्विकार्नु
शब्द सिमित थियो अरु जुटाउनै सकिन ।

Monday, November 20, 2017

जुन र उनी

उदाएर जुन पनि मेरो कोठामा चिहाउँछ ।
सुन्सान यो रातमा उनकै सम्झना आउँछ ।

जुनलाई हेर्दै म मेरी मायालुको सम्झनामा
कोर्छु खाली पाना काफिया आफै जुराउँछ ।

जुनतिरै फर्किएर कल्पनाको सिउँदो काटी
भरिदिन्छु लालीकिरण के विधी सुहाउँछ ।

उनी रिसाउँदको बखत लाग्छ जुन बेला
झ्याउँकिरीले पनि विरही गीत सुनाउँछ ।

जुन र उनमा म केहि खोट देख्दिन
जसरी रश्मिले जुनको दाग लुकाउँछ ।

उनमा पनि केहि खास त अवश्य छ
मानौ जुनकै टुक्रा धरतीमा जग्मगाउँछ ।

समर्पण
ज्योति अनिश्चित ।



Saturday, November 18, 2017

मन दुखेको हुन्छ ।

खुशीहरु साना कुरामा लुकेको हुन्छ ।
बोल्दैन भने सोच्नु मन दुखेको हुन्छ ।

मैले सारा व्रह्माण्ड घुमेर थाहा पाएँ
कि पढेर कि त परेर बुझेको हुन्छ ।

आमा आँखा हेरेर भन्नु हुन्थ्यो कहिले
ऊ अनिदो थियो कि त रोएको हुन्छ ।

मन पढ्न सक्छ नि आफ्नु ठान्नेले
जोसँगको आत्मिय नाता टुटेको हुन्छ ।

बरु आखाबाट बगाइदिनु बन्द कोठामा
खुसी देखिनेको रुमाल भिजेको हुन्छ ।



असिनपसिन भएछ ।

चुर्लुम्म रौसीमा डुबेको हप्ता दिन भएछ ।
नशा चढेसी अनि जिवन रङ्गिन भएछ ।

बाहिरी दुनियामा के हुँदै छ थाहा छैन
चुरोटको धुवा मात्रै मेरो अधिन भएछ ।

यो शरिरले पानी नदेखी मैनौ बितिसक्यो
सायद नुहाउनु भन्ने कुरा प्राचिन भएछ ।

रुमाल भिजाएर आज हल्का मुख पुछियो
लाग्दैछ मेरो जिवन पनि नविन भएछ ।

यसो ढल्केको झ्याप्प निदाइयो हत्तेरिका!
के सपना देखियो असिनपसिन भएछ ।

ज्योति अनिस्चित । 

Thursday, November 9, 2017

के गर्छौ तिमी ?

राखेर फगत बातहरु के गर्छौ तिमी ?
झरेको झारपातहरु के गर्छौ तिमी ?

तिम्रो जिदका अघि म सक्दिन केहि
शब्दपुष्प सौगातहरु के गर्छौ तिमी ?


मलाई थाहा छ, मान्य हुने छैन
तैपनि वार्तालापहरु के गर्छौ तिमी ?

स्वयं थाहा छैन किन लगाएँ भनि
विगतका मधुभावहरु के गर्छौ तिमी ?

मान्दै मान्दैन यो मन नराम्रो थिएन
नराम्रो आलापहरु के गर्छौ तिमी ?




  

Wednesday, November 8, 2017

भेटुँ कसरी ?

पुर्णिमाको जुनलाई म नदेखुँ कसरी ?
नदेखेको माया मेरी उनलाई भेटुँ कसरी ?

म माया गर्छु उनलाई तर उनी गर्दिनन्
दाखिला गरी मनमा माया लेखुँ कसरी ?

हाललाई म एउटा समस्यामा गुज्रीरहेछु
लगातार आउने उनको याद छेकुँ कसरी ? 

के समावेश गरौ म ?

मान्दैन यो मन के आदेश गरौ म ?
तिमी नै नरहे के समावेश गरौ म ?

म आफै हत्यारो भएर आफैको यहाँ
अब आफै विरुद्द के केश गरौ म ?

मन शुन्य रह्यो आस्था जुन टुटेपछि
विश्वासै भएन अब के पेश गरौ म ?

कसरी मनाउँ आफैलाई ढाँटेर संघी
एक्लै भएसी फेरि के रेस गरौ म ?

मेरो छाया पनि मन पर्दैन भने
स्वयं कसरी अनि के फेस गरौ म ?

Monday, November 6, 2017

प्रेमिल मुटु चाहिदो रहेछ ।

कसैलाई माया गरी पागल उपनाम पाइदो रहेछ ।
लाउन्न भन्दा पनि माया छोटो पलमै लगाइदो रहेछ ।

माया बिज हुँदै होईन, पलाउनलाई समय चाहिने
हुन्छ माया आफै बरु प्रेमिल मुटु चाहिदो रहेछ ।

तिम्रो रुप हेर्या हैन ,तिम्रो यौवनको चाह छैन
हुन्न भन्छौ माया बारबार मुटुलाई रुवाइदो रहेछ ।

भरोशा ,विश्वासको र सौन्दर्यताको त्रीमुर्ती भन्थे
होइन रहेछ जिउँदै यहाँ मनमुटु जलाईदो रहेछ । 

आगोको फिलिङ्गो हुन्छ ।

बोकेर मनमा कुराहरु मन गरुङ्गो हुन्छ ।
जब गुम्सिन्छ मनभित्र अनि ढुङ्गो हुन्छ ।

मनमा लागेका कुराहरु खोल्दै जानु तिमी
सम्भव त मन शान्त अनि हलुङ्गो हुन्छ ।

तिमीलाई थोरै शंका लाग्यो भने पनि भन्नु
नभए त्यही कुरा आगोको फिलिङ्गो हुन्छ ।

म बुज्दिन केहि पनि यदी भनेनौ भने
जब भन्छौ अनि सबै कुराको टुङ्गो हुन्छ ।

चलिराकै छ ।

उमेर दिनदिनै ढलिराकै छ ।
समयले मलाई छलिराकै छ ।

तिमी तल म माथी भएपनी
नबोलेरै जिन्दगी चलिराकै छ ।

सोध्नेलाई सोध्छन के सुनाउ खै
मुटुभित्र आगो बलिराकै छ ।

ए संघी नभन मलाई दृढ भनेर
माटो गलेसारी तन गलिराकै छ ।