Saturday, August 25, 2018

जफत होला नहोला ?

तिम्रो दिलमा मेरो दस्तखत होला नहोला ?
मेरो झैँ तिम्रो पनि कसरत होला नहोला ?

मैले टेक्ने जगमा अनि हेर्ने नभमा जस्तै
बाह्रै याम माया फुल्ने जगत होला नहोला ?

यी मुटुहरुको चुनाव भए तिमीलाई भोट भो
भनिदेउ मेरो लागि तिम्रो मत होला नहोला ?

यी ओठहरुले सधै तिम्रो नाम बर्बराइरहन्छन्
मलाई जस्तै तिमीलाई नि लत होला नहोला ?

भाको एउटा मुटु पनि तिमीलाई दिएको छु
त्यै मुटुरुपी धितो पनि जफत होला नहोला ?

Wednesday, August 1, 2018

स्पर्श छ यो मुटुमा ।

धेरै हातहरुको स्पर्श छ यो मुटुमा ।
तिम्रो चोखो प्रेम सहर्ष छ यो मुटुमा ।
धेरै संगत भो धेरै थरी मानिसहरुसँग
जे भएनी एउटा आदर्श छ यो मुटुमा ।