Monday, July 20, 2020

बोल्ने लत भएछ।

सम्झिँदा बोलेको तीन दिन मात्र अवगत भएछ।
म्हेफिलको नशाझैँ तिमीसँग बोल्ने लत भएछ।

झट्ट विश्वास लागिहाल्दैन कसैसँग तिमी अपवाद
नारी तिमी ममताकी खानी मेरो अभिमत भएछ।

सानु भएनि मजबुत भयो विश्वासका गाराहरु
पहिले अहङ्कारी लाग्थ्यौ पछि परिणत भएछ।

कोरेको एउटा पत्र दिलभित्र प्रेषण गर्न पाइन
टारिदिएँ पछि  प्रेमभावनाहरु जुन फगत भएछ।

समर्पण
2077-04-05

Monday, July 13, 2020

के थियो र?

के थाहा हुन्छ भन तकदिरमा के थियो र?
के दाग देख्यौ त्यहाँ तस्विरमा के थियो र?

जब सुने तिम्रो राय गुन्जन अवाक भएँ कि
फोटो हेरी नकार्नु पर्ने आखिरमा के थियो र?

फुलको भाग्य हो सजिन मण्डप वा घाटमा
पवित्र हुन्छ फुल सदा मन्दिरमा के थियो र?

म प्रथम हुँदा लाएँ मरेसी नि लगाइदिन्छन्
रुप रङ उहि हो भन अविरमा के थियो र?

तिमीे वाँधियौ होला वाचामा म सुन्यतामा
बन्धन उहि हो भन जन्जिरमा के थियो र?

समर्पण।
2077-03-29

Sunday, July 5, 2020

झुटको खेती।

वालुवाको महल हुन्छ खेती झुटको।
कतिञ्जेल टिक्ला देखीदेखी झुटको।

एउटालाई लुकाउन हजार बोल्नुपर्ने
मानौ बाँकी भए अनि साक्षी झुटको।

म घृणा गर्छु जो सत्यलाई निमोठ्छ
आँफैले तला थपेँ जगमाथि झुटको।

म यस्तो दोधारमा परेको छु कि हेर
आँफैले जन्म दिएँ भएँ दासी झुटको।

काव्य आउँछ भन्ने सामर्थ छैन नानी
आँखा रसाउँछन् बग्छ पानी झुटको।

समर्पण
2077-03-21

Saturday, July 4, 2020

मिथ्या कथा कसरी भनुँ?

रचेर कहानी एउटा मिथ्या कसरी भनुँ?
विना सार र अस्तुको कथा कसरी भनुँ?

नामेट तस्विर कुँदियो बहिनी मेरो मुटुमा
खण्डित गरी आफ्नै ब्यथा कसरी भनुँ?

तिम्रो मप्रतिको स्नेहभाव भरोषा र प्रेमले
वचनवद्द भए नानी मत झुटा कसरी भनुँ?

डाडापारी तिमी चम्किनु वारीबाटै हेरौला
म जेलिए लहराहरुमा यता कसरी भनुँ?

समर्पण
2077-03-20