Thursday, August 24, 2017

मेरो लास थियो ।

यता बन्द कोठा भित्र खाटमा मेरो लास थियो ।
अर्को कोठा भित्र उनको हाँसो अट्टहास थियो ।

म मुर्दा तुल्य थिएँ बिडम्बना भन्नु पर्दा
सुन्न सुन्थे सबै कुरा उठ्ने कहाँ सहास थियो ?

मृत्युशैयाबाट फेरी उठी घस्रीएर दलिन नेर
पुगी हेरे पुलुक्क अध्यारो त्यो आकाश थियो ।

भित्र बाहिर अँध्यारो भो ज्योति गुमेसरि भयो
छामी हेरेँ घोप्टिएको विष घडा पास थियो ।

एउटै पुकार गरेँ मैले पुकारेर निलकण्ठ
बाच्ने चाह थिएन जिउँछु कि सन्त्रास थियो ?

Monday, August 21, 2017

दिपशिखा तिमी हौ ।

भावना समेटेर रचिएको कविता तिमी हौ ।
मनभित्र ज्योति छर्ने दिपशिखा तिमी हौ ।

हार्नुपरे बरु स्वंय हारौला तिम्रो जीतमा
कहिल्यै पनि नहार्ने अपराजिता तिमी हौ ।

निस्चलता अनि पवित्रताको प्रतिक तिमी
इसाइमा बाइबल; हिन्दूमा गीता तिमी हौ 

Sunday, August 20, 2017

मेरो बुवालाई पिताऔशीको शुभकामना ।

संसारमा सबैभन्दा कडा मेरो बाउ ।
नाम भानुभक्त खतिवडा मेरो बाउ ।

काट्नेले कुरा काट्दा हुन् पछिबाट
जहाँ जरुरी हुन्छन खडा मेरो बाउ ।

दुइटी आमाको मातृस्नेह पाएको म
अझ पितृस्नेह झन् गढा मेरो बाउ ।

मेरो बुवालाई पिताऔशीको शुभकामना ।

भन कस्तो हुन्छ ?

दुई मुटु जोड्ने कसी भन कस्तो हुन्छ ?
हाम्रो भाग्य लेख्ने मसी भन कस्तो हुन्छ ?
आफु संसार भुली माया तिमीलाई गर्छु
तिमी गर्दिनौ प्रियसी भन कस्तो हुन्छ ?

ज्योति अनिश्चित

Saturday, August 19, 2017

शुभकामनाका बहरहरु ।

अग्लिरहोस् सफलताका शिखरहरु ।
फैलिरहोस् सुवाशका लहरहरु ।

इच्छाएका रहरले पुर्णता पाओस्
रङ्गिरहोस् जिन्दगीका प्रहरहरु ।

आस्था र विस्वाश नडग्मगाओस्
नढलोस् भरोशाका धरोहरहरु ।

ती दुइ आँखि झ्यालहरु बाट
उठिरहोस् तिक्ष्ण ति नजरहरु ।

शब्दपुष्प भन्दा ठुलो अरु के
दिउँ शुभकामनाका बहरहरु ।

Friday, August 18, 2017

सुरुङ्गा नै प्यारो लाग्छ

छु राजधानिमा तरी आएँ सयौं खोली नहरहरु ।
अझ धेरै छन् पुरा गर्नुपर्ने सानाठुला रहरहरु ।

जुन ठाउँमा म जन्मे,  जहाँ खेल्दै हुर्के म
सुरुङ्गा नै प्यारो लाग्छ भन्दा अरु शहरहरु ।

यतै बसी कल्पिरहे कनकाइ बिरिङ्ग उर्लेको
बस्ती नै बगाउने हिजोका कठै ति प्रहरहरु ।

छ बाँकी अब बनाउन भात्किएका संरचना
खडा गर्नुछ अब फेरि आस्ठाका धरोहरहरु ।

Thursday, August 17, 2017

यस्तो लाग्यो ।

लाग्यो तिमी पर्याय हौ धैर्यताको ।
अविचलित सुशोभित सुन्दरताको ।

मोडिएका मेरा हरेको प्रश्नहरुको
जवाफ पाएँ तिमीबाटै सरलताको ।

सायदै तिम्रो ठाउँमा म थिएँ भने
दिन्नथेँ परिचय आफ्नो सालिनताको ।

जजस्लाई भेटेँ आजसम्म जीवनमा
भेटिँन तिम्रै जस्तै दिल उदारताको । 

Tuesday, August 15, 2017

तेरो सबै खुशी हरण हुनेछ ।

तिम्रो कसम आजबाट एउटा प्रण हुनेछ ।
कहिलेकाहीँ तिमीलाई सम्झिने क्षण हुनेछ ।

आज माया मिश्रीत रगत बग्छ मेरो मुटुमा
त्यसैले त हरेक गजलमा समर्पण हुनेछ ।

विज्ञानको भाषामा तीन महिना लाग्छ अरे
त्यसपछी मुटुमा माया शेष र कण हुनेछ ।

चन्द्रमाझैँ उजेली तिमी आँखाअघि उदाउछौ
आजैबाट सायद ती यादहरुमा ग्रहण हुनेछ ।

भावीको छैटौंमा लेखेको पाना फेला पारे
लेखेको रहेछ -तेरो सबै खुशी हरण हुनेछ ।

ज्योति अनिस्चित ।
  

Sunday, August 13, 2017

टाढा हुन्नौ पुनम ।

मनमा माया भरेर टाढा हुन्नौ पुनम ।
बसाइ अन्तै सरेर टाढा हुन्नौ पुनम ।

मैले रोजेको तिमी ,मेरो खुशी तिमी
मसँग कुरै नगरेर टाढा हुन्नौ पुनम ।

तिम्रो निम्ती बरु मुटु रित्याइदिन्थे
स्वयं आफु मरेर टाढा हुन्नौ पुनम ।

प्रेम एउटा बृक्ष हो पलाउँछ नि यदि
प्रेमबिज भए छरेर टाढा हुन्नौ पुनम ।

तिमी सात समुन्द्र पारी छौ भनेपनि
आउ जंघार तरेर टाढा हुन्नौ पुनम ।

ज्योति अनिश्चित ।

Saturday, August 12, 2017

तिमी भएर ।

निर्बेग प्रतिक्षामा वहनुहुन्छ ,म के भनुँ ?
कति विघ्न वाधा सहनुहुन्छ ,म के भनुँ ?

तपाईंजस्तै खुलेर भन्न मन थियो मेरो
सक्दिन; कसरी कहनुहुन्छ ,म के भनुँ ?

मेरो मनमा श्रद्धा आस्था छ तपाईंप्रति
माया छैन कसरी रहनुहुन्छ ,म के भनुँ ?

तपाइको चाह यदी म भए पुरा हुँदै हुन्न
पुरै नहुने चाह किन चाहनुहुन्छ ,म के भनुँ ?

थाहा छ तपाईंलाई नि म अरुलाई चाहन्छु
फेरि पनि किन सम्झनुहुन्छ , म के भनुँ ?

Friday, August 11, 2017

रुपै मिठो रङ्गै मिठो ।

मन परेको बस्तुको रुपै मिठो रङ्गै मिठो ।
तिमी मन परेपछी तिम्रो बोली ढङ्गै मिठो ।

कल्पनामा यो मन जता उडि गए पनि
नहुँदामा तिम्रो याद हुँदा तिमी सङ्गै मिठो ।

मनका सारा पीरहरु थाती राखी एकैछिन
तिमीसँगको कुराकानी अनि उमङ्गै मिठो ।

आखिर के फरक छ र मन र मैदानमा
पक्ष र विपक्षीको वार्ता मिठो जङ्गै मिठो ।


Wednesday, August 9, 2017

तिमीसँग नबोलेरै

तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

फुल फुले पछी यहाँ; सुवाश कहाँ छेकिन्छ र ?
मन मिले पछी यहाँ ; जात कहाँ देखिन्छ र ?

हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।
तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।

आफ्नु ठान्नु तिमीलाई मेरो यहाँ भुल भयो
तिम्रो छेवै पर्दिन भो अब मेरो कबुल भयो ।

पाथिभरा कन्यामको संगमबाट टाढा हुँला।
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

एउटा बिन्ती प्यारी तिमी उसको चित्त नदुखाउनु
सम्भव भए अन्तिम पटक तिमी मलाई भेट्न आउनु

तिम्रो दिलमा केछ भनी दोमन बाट टाढा हुँला।
हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।

Tuesday, August 8, 2017

स्वार्थ हो ।

तिमीलाई आफ्नो भन्ने चाहाना नै स्वार्थ हो ।
तिमीलाई मुटु ठान्ने भावना नै स्वार्थ हो ।
तिमीसँग एकतर्फी नै सही प्रेम भएको हो
तिमीलाई नै प्रेम मान्ने सपना नै स्वार्थ हो ।

Saturday, August 5, 2017

उदाङ्ग थिएँ म

उदाङ्ग थिएँ म, न मुहारमा नकाव थियो ।
म माया लाउछु, न तिमीलाई दवाव थियो ।

तिमीसँग भयो परिचय अति आत्मिय लाग्यौ
तिम्रो सालिनताले फिदा त्यसकै प्रभाव थियो ।

मनले मनको साथ खोज्यो अनि प्रेम भयो
प्रेमको प्रतिक हत्केलामा रातो गुलाव थियो ।

माया लाउनु भुल भए,  स्विकार्य छ मलाई
पशुपतिलाई भाकी कसम अनि प्रस्ताव थियो ।

आजकल गजलसायरी खुब आउँछ भावना
म विश्वस्त छु कि त्यसमा तिम्रो लगाव थियो ।

मेरो माया किन सस्तो प्रस्ताव अस्विकृत भयो
भन सानु कि म स्वंय कि माया अफाव थियो ?

थियौ सारा खुशी अनि उमाङ्गको खानी तिमी
एउटै खुशी बाँकी रह्यो त्यो पनि सराव थियो ।

ममताकी खानी तिमी ।

प्रियसीप्यारी तिमी आँखाकी नानी तिमी ।
हाम्रो प्रेमदरबारमा राजा म रानी तिमी ।

मेरो मनको उद्यानमा बस्ने तिमी किन्नरी
सरलताको पर्याय ममताकी खानी तिमी ।

सावा अक्षर प्रेमलिपीको सिकाउने माया
दैनिक जिवन सुरुहुने नयाँ विहानी तिमी ।

आस्थाकी प्रतिमुर्ती पुर्णिमाकी चन्द्र तिमी
सालिनतामा नीलो सागरकी पानी तिमी ।

केवल बहाना भयो ।

अवचेतन मनको पुनम तब चेतना भयो ।
जब तिम्रो ठाउँमा बसे अनि सम्झना भयो ।

म मेरो दिललाई आफ्नै बसमा राख्नेछु
तिमीसँग नबोल्नु  नि ठुलो बेदना भयो

तिम्रो गाह्रो समयमा मेरो साथ चाहायौ
साथ नदिइ परिक्षा त केवल बहाना भयो ।

अब तेस्तो हुने छैन असल साथी हुनेछु
मानौ को अघिसम्मका कुरा सपना भयो ।

तिमीलाई साथ दिदै हौसला र भरोशा
तिम्रो उज्वल भविश्यको अनि कामना भयो  

Friday, August 4, 2017

एक बोतल हानेर लेखेँ ।

लेख्दिन अब तिम्रो बारेमा ठानेर लेखेँ ।
अनायसै तिमीलाई आफ्नो मानेर लेखेँ ।

तिम्रो कुन पक्ष कति वर्णन गरुँ कुन्नि
कोटी शब्दहरुमा सुहाउँदो छानेर लेखेँ ।

म लाचार भएछु सायद तिम्रो अभावमा
त्यसै त्यसै आफ्नै औंलाहरु तानेर लेखेँ ।

तिम्रो मनलाई मैले के कती बुझेँ-बुझिन
लाग्छ मैले तिमीलाई सबै जानेर लेखेँ ।

मुटु कमजोर थ्यो फोक्सो कलेजो पनि
जस्तो जेछ तिनीहरुलाई नि धानेर लेखेँ ।

पाण्डुलिपी तिम्रो काव्यको तयार भएछ
त्यसलाई पनि मर्मसालामा झानेर लेखेँ ।

आफैलाई सम्हाल्न सकिन किनकिन मैले ?
भुलाउन सराव एक बोतल हानेर लेखेँ । 

Wednesday, August 2, 2017

दारी महिमा

साउन महिना महिलालाई हरियो चुरा सारी ।
हामी पुरुषहरुको पुरुषत्व झाल्काउने दारी ।

माया गरी पालेको हो, यो हाम्रो निसानी
चट्ट कपाल ज्याप्प दारी  कती राम्रो प्यारी ।

हेर्दा मोटे-लुरे भएपनि परिपक्क देखाउँछ
त्यसैले त पाल्छौ हामी यसलाई स्याहारी ।

दारी महिमा ऋषिदेखि अहिलेसम्म उस्तै
जती भन्यो उति कमी यो दारी विचारी ।

दारी गुनगान गाउन शब्द कमी भयो कि ?
यती आयो दारीमहिमा म छु है आभारी ।

ज्योति अनिस्चित
सुरुङ्गा झापा । 

तिमी सित हुन पाए ।

तिम्रो मुटुभित्र स्वंय सजित हुन पाए ।
मेरो लागी मन भित्र प्रीत हुन पाए ।

लालित्य ओठको ध्वनी मिसाइ तिम्रो
साङ्गितिक कोसेली गीत हुन पाए ।

स्वंयलाई माया नै पिलाउँथे यदी
मेरो लागि माया अमृत हुन पाए ।

तिम्रो खुशिको लागी हार्नु परे पुनम
म हार्थें बरु तिमी जीत हुन पाए ।

तिम्रो साथ जुनिभर संगालेर बस्थे
केवल माया तिमी सित हुन पाए ।



Tuesday, August 1, 2017

हटाइदिन्छ यो मन ।

नसम्झिउँ भन्दा पनि सम्झाइदिन्छ यो मन ।
हुन्न माया भन्दा पनि लगाइदिन्छ यो मन ।

तिम्रो याद भुलाउनलाई म व्यस्त भएपनि
तिम्रै तस्विर आँखाअघि ल्याइदिन्छ यो मन ।

तिम्रो करुणा, निस्चलता अनि सरलताको
नयन सागरमा फेरि डुबाइदिन्छ यो मन ।

यदि मागेर पाउने भए म एउटा खुशी
तिमी छोडी अरुसारा हटाइदिन्छ यो मन ।

सोध्छौ भने तिमी पनि तिम्रो खुशी भनि
साच्चै तिमी हौ भनि बताइदिन्छ यो मन ।

तिम्रो साथ जुनीभर पाउँला नपाउँला म
तिम्रै याद लिई जुनी कटाइदिन्छ यो मन ।