Friday, August 4, 2017

एक बोतल हानेर लेखेँ ।

लेख्दिन अब तिम्रो बारेमा ठानेर लेखेँ ।
अनायसै तिमीलाई आफ्नो मानेर लेखेँ ।

तिम्रो कुन पक्ष कति वर्णन गरुँ कुन्नि
कोटी शब्दहरुमा सुहाउँदो छानेर लेखेँ ।

म लाचार भएछु सायद तिम्रो अभावमा
त्यसै त्यसै आफ्नै औंलाहरु तानेर लेखेँ ।

तिम्रो मनलाई मैले के कती बुझेँ-बुझिन
लाग्छ मैले तिमीलाई सबै जानेर लेखेँ ।

मुटु कमजोर थ्यो फोक्सो कलेजो पनि
जस्तो जेछ तिनीहरुलाई नि धानेर लेखेँ ।

पाण्डुलिपी तिम्रो काव्यको तयार भएछ
त्यसलाई पनि मर्मसालामा झानेर लेखेँ ।

आफैलाई सम्हाल्न सकिन किनकिन मैले ?
भुलाउन सराव एक बोतल हानेर लेखेँ । 

No comments:

Post a Comment