Wednesday, November 21, 2018

तिम्रो बारे फगतमा ।

सुवास छरेर बागमा मगमगाउनु जगतमा ।
पुरा हुन् आकांक्षाहरु हर प्रहर बखतमा ।

जिन्दगीको रफ्तारमा पछिफर्कि हेर्नु नपरोस्
ताराहरुझैँ चम्किरहनु सदा दिनमा रातमा ।

ढलपल होला जिन्दगीको तुला नडग्मगाउनु
कायम रहोस बोलिको गरिमा हर हालतमा ।

लक्ष्यमा अडिग रहुनु फराशिली सुपु तिमी
कसैले नराम्रो नभनोस् तिम्रो बारे फगतमा ।

रचना - ज्योति अनिश्चित । 

Sunday, November 18, 2018

ऊ नाङ्गो देखियो ।

सकिएसी मात्र थाहा भयो उदाङ्गो देखियो ।
सुकिलो मुकिलो लुगामा ऊ नाङ्गो देखियो ।

अरे यार देखेर थाहा हुन्न कति धुर्त भनि
उसको ध्येय अनि उदेश्य सब बाङ्गो देखियो ।

जे लाग्यो जे देख्यो यी चर्मचक्षुले त्यही लेखेँ
उसैको बोलीमा आवेगको फिलिङ्गो देखियो ।

मिथ्या थिए मैले जे सोचे हिजोअस्ती खेरि
कमजोर मानसिकताले विवेक अपाङ्ग देखियो । 

Wednesday, November 7, 2018

अर्थ रहेन लगावको ।

किन देखाउनु र विज्ञापन गर्नु तिमीप्रतिको प्रेमभावको ।
जब कोही खुशी हुन्नन् बोल्दैनन् थोरै वचन सद्भावको ।

म हाँसो आशु क्षणिक मानी एकोहोरो प्रेम गरिरहेथेँ
विर्सनु नै सही लाग्यो जिन्दगीमा अर्थ रहेन लगावको ।

तिम्रो हेराइमा नसा थियो, तिमी अनि अति नसालु
त्यही नसामा लठ्ठ थिएँ के लाग्थ्यो र नसा सरावको ?

यो झुटो दुनियाँमा, मेरो चोखो मायाको के महत्व र ?
आखिरीमा म नि पागल भएँ, चरीत्र मेरो खराव भो ।

ज्योति अनिश्चित।