Tuesday, June 12, 2018

मुनामदनकोझैँ हाम्रो प्रेमकथा

अलेख्य थियो, लेखिदिए, लेखेर के भयो ?
मनबाट हेर्ने चक्षु नै नभए ,देखेर के भयो ?
म सानी थिएँ त्यसबेला निर्णय दिन नै सकिन
कुर्दामा अझ दुई चार वर्ष, अबेर के भयो ?

पर्खनलाई केही गाह्रो छैन धैर्यता छ सानु ।
यो छातीभित्र असिम माया ममता छ सानु ।
अनेकौँ शृङ्गार लाए पनि कोही फिका लाग्दछ
हेर्ने चक्षु सुन्दर भए त्यसै सुन्दरता छ सानु ।

कति गर्नुहुन्छ मलाई माया विस्वास कती छ ?
यो फुच्चिप्रति हजुरलाई फेरि सन्त्रास कती छ ?
कतिको सकुँला दिलाउन भरोसा तपाइकै भनेर
भन्नुस मलाई हजुर मनमा मेरो बास कती छ ?

मिल्ने भएको भए देखाउँथे मुटु फुटाएर समिना
परेली तिम्रो भिज्न दिने छैन सुकाएर समिना ।
रोजेको तिमीलाई यी हजारमा बुझन मनमा
अंश अंश गरी जोडौला खुसी जुटाएर समिना ।

बिस्वासका आधार दिनुस मलाई वचनमा तपाइको
कोही छन् कि छैनन् भन्नुहोस मनमा तपाइको ।
कसरी भन्नुहुन्छ मप्रती भएको प्रेम या आकर्षण
म खुसी भर्न सकुँला त सदा जीवनमा तपाइको ।

हर कुराको अब प्रमाण खोज्छौ कसरी जुटाउँ ?
तिमी नै मेरो सिङ्गो संसार भनी कसरी सुनाउँ ?
एक सरो कपडा दुइ छाक खान दुखले सकुँला
चाह नै भए महङ्गा रत्नको भने कसरी पुर्याउँ ?

देखेर तपाइको म प्रतिको पिरतीले स्विकारे ।
तपाइको प्रेमको जीत भो हजुर राजीले म हारे ।
थाहा छैन यो मेरो निर्णय सही हो या होइन ?
मेरो मनको प्रेमको अंकुर त्यो मनमा जो सारे ।

यो तिम्रो नासो छातीमा टास्छु प्यार गर्नेछु ।
पिरतीको मुना झाङ्गिन्छ चाँडै स्याहार गर्नेछु ।
तिमीलाई कहिल्यै पनि दिनेछैन गुनासो गर्नलाई
मुनामदनकोझैँ हाम्रो प्रेमकथा पनि साभार गर्नेछु ।

Thursday, June 7, 2018

प्यारो लाग्छ मलाई ।

ओरालो हैन उकालो प्यारो लाग्छ मलाई ।
सम्म हैन भिरालो प्यारो लाग्छ मलाई ।

थाक्दैन यो शरीर पनि यदी तिमी र म
गर्यौ भने आलोपालो प्यारो लाग्छ मलाई ।

शिखर चढी सफलतालाई चुमिसकेपछी
खुसीमा त्यो अङ्गालो प्यारो लाग्छ मलाई ।

बा पनि गका हुन्, तिमी नि जान्छौ भने
हिड जाऔँ गोठालो प्यारो लाग्छ मलाई ।

माटोसँग प्यार छ, अब यिनीलाई नै बुझ्न
लानुछ कुटोकोदालो प्यारो लाग्छ मलाई ।

ठुलो हैन ससानाले घच्घच्याउँछ भने
आए हुन्छ भुइचालो प्यारो लाग्छ मलाई ।

ज्योति अनिस्चित ।