Friday, May 26, 2017


My Family 2074

पठाइदिन्छु कोसेली

सौगातमा बादल पठाइदिन्छु कोसेली
सारा वायुमण्डल पठाइदिन्छु कोसेली ।

तिम्रा स्पर्शकालागि लालायित यि
चमेली र कमल पठाइदिन्छु कोसेली ।

तिम्रा आवेगले यदि केही जल्छ भने
यतैबाट दमकल पठाइदिन्छु कोसेली ।

तिमी दृढ भएर बस्नु त्यता
हुन्न फेरवदल पठाइदिन्छु कोसेली ।

मेरो बारेमा चिन्ता लिनु पर्दैन प्रिया
खवर पलपल पठाइदिन्छु कोसेली ।

माया नै माया भरिएको तिमीमा
समर्पित गजल पठाइदिन्छु कोसेली ।

ज्योति खतिवडा
२०७३-०८-०९ । 

म के भनुँ ?

काउकुती जताततालाई म के भनुँ ?
ए हावा तैँ बता उन्लाई म के भनुँ ?

मैले जे भनेपनि हाँसीमात्र रहन्छिन
उनको यो मौनतालाई म के भनुँ ?

म मौन रहेँ भने फेरि बोलाउछिन्
यो आवश्यकतालाई म के भनुँ ?

मेरो मन दृढ भए पनि उनको
कैले यता कैले उतालाई म के भनुँ ?

ज्योति खतिवडा
२०७३-०८-१३ 

फरक के ?

दिन र रातमा फरक के ?
जाँहा दिनमा प्रकाश छैन ।

आफ्नो र पराईमा फरक के ?
जाँहा एउटै वास छैन ।

तिमी र ममा फरक के ?
जाँहा केही खास छैन ।

रगत र नाताको औचित्य के ?
जाँहा आफ्नोपनको आभाष छैन ।

ज्याेति खतिवडा अनिश्चित
कन्काइ न ।पा ।१ 

काठमाडाै - माक्समाडाै

काठमाडाै त साँच्चैकाे नै काठमाडाै नै रैछ
सुन्दर निर्मल चिज पनि फाेहाेर हुँदाे रैछ ।

फाेहाेर मान्छे,मान्छे फाेहाेर, फाेहाेर मात्रै रैछ
काठमाडाै त साँच्चैकाे नै माक्समाडाै नै रैछ ।

बाग्मति र बिष्णुमति ढलमति पाे रैछ
कठै बरा काठमाडाैकाे दुर्गतिनै रैछ।

चाेक गल्लि धुवा धुलाे हिलाेमात्र रैछ
काठमाडाै त साँच्चैकाे नै माक्समाडाै नै रैछ ।

ब्याक्त्ति खराब मान्छे धराप, सराब मात्र रैछ
भ्रस्ट्रचार र ब्याभिचारकाे प्रभाब मात्रै रैछ ।

सकुनि खुनि हत्याराकाे रजाइ मात्र रैछ
काठमाडाै त साँच्चैकाे नै माक्समाडाै नै रैछ ।

ज्याेति खतिवडा अनिश्चित
कन्काइ न पा १ 

गजल भित्रै दोहोरी ।

केटा: ताना वाना बुनि बुनि ए मेरी प्रियतमा ।
लिइछाड्यौँ इति सबै पुर्याइदिएँ सडकमा ।

केटी: यो दिल भयवित हुन्छ मन पोल्छ कहिलेकाँही
मुद्दै परे हार्छौँ होला छैन नि बकसमा ।

केटा: राजनिती गर्छु अङ्कुसे लाउँछु घुस पनि खुवाउँछु
हामीले जित्छौँ तथापी होला सबैतिर आलोचना ।

केटी: यो वृहत डिजाइन तिम्रो र मेरो सफलताको खुशीमा
तिलान्जली दिइयो रगतको नाता रहला सम्झना ।

केटा : चढियो सिँडी पुग्छ ३ पिँडी केहि छैन फिक्री
धर्म छाडेँ, छाडेकै हो पहिले भनिदेउ न समाजमा । 

राखिदिएँ।

आँखामा कैद छौ तिमीलाई सुनेर राखिदिएँ
हजारौँको भिडमा तिमीलाई चुनेर राखिदिएँ।

धमनी अनि शिराहरुमा बग्न थाल्यौ रक्त बनी
त्यसैले त सानु तिमीलाई मुटुनेर रखिदिएँ।

डर लाग्छ कहिलेकाँही कतै टाढा भयौ भने ?
हृदयको कुनामा तिमीलाई थुनेर राखिदिएँ।

मेरो माया सच्चा छ ,अभाव तिमीलाइ हुनेछैन
माया नै मायाले तिमीलाई बुनेर राखिदिएँ।

संस्कार हुनुपर्छ ।

जीवनदर्शनको एउटा सार हुनुपर्छ।
फरक होला तर मुलधार हुनुपर्छ।

हामी एउटै बाटोमा हिंडेपनी संघी
तिम्रो मेरो फरक विचार हुनुपर्छ ।

निरर्थक बोलेर मात्र हुँदैन हजुर
सत्चरितार्थ व्यबहार हुनुपर्छ ।

तिमी हावामा महल बनाउन खोज्छौ
केमा राख्छौ घरको अधार हुनुपर्छ ।

सदाजस्तै उसलाई नपाएर सोचें
कि लाचार कि त बिमार हुनुपर्छ ।

अरे यार तिमी बैज्ञानिक युगमा छौ
बिरामी भए पनि उपचार हुनुपर्छ ।

गरेको, भनेको भएन भनेर हुदैन
गल्ती भएनि भुलसुधार हुनुपर्छ ।

कसैले भन्नुहुन्थ्यो हामीसँग छदैछैन
हो! परिवर्तनका लागि संस्कार हुनुपर्छ ।

ज्योति खतिवडा ।
२०१७-०१-०१ 

प्रीत पाउन सक्छु कि

थोरै भए नि तिम्रो प्रीत पाउन सक्छु कि ?
माया केवल तिमीसित लाउन सक्छु कि ?

तिमी रचना, तिमी कविता ;कविमन मेरो
तिमीलाई स्वयं बनाइ गीत गाउन सक्छु कि ?

मायामा हुन्न हार ;हुन्न प्रतिस्पर्दा कहिल्यै
मायालुहरुको हुन्छ जीत आउन सक्छु कि ?

थाम्नुपर्छ हात कसैको चलिआएको परम्परा
जोगाउन त्यही रीत समाउन सक्छु कि ?

ज्योति अनिश्चित
सुरुङ्गा झापा । 

माया मर्दैन प्रिया

प्रेमको वृक्ष जरैबाट यता ढलाए पनि
कहिले यता कहिले उता सलबलाए पनि ।

अहिले पनि अर्कोतिर नजर फेर्या छैन
अरुकैलागि तिम्रो दिलमा माया पलाए पनि ।

मायालुको माया मिठो मायालुको घातै मिठो
दिलाई चोट फेरि त्यही घाउ चलाए पनि ।

मेरो प्रेम कागजमा मात्र सिमित थिएन
माया मर्दैन प्रिया प्रेमपत्र जलाए पनि । 

Thursday, May 25, 2017

मेरो नजरमा ।

ए....भनी बोलाउने हिम्मत भएन ।
लियौ स्वनिर्णय सोध्ने जरुरत भएन ।

सारै जिद्दी स्वभाव तिम्रो नरिसाउनु
अलिकति पृथक तिम्रो मत भएन ।

धिमा भयो माया आस्था र भरोषा
काडा मुटुभित्र झिक्ने कसरत भएन ।

रित्तिएछ भरोषा रित्तो आफ्नुअपनत्व
तिमीजस्तै व्यहभार खुवशुरत भएन ।

२०७४-०२-११

समर्पण

श्रेष्ठ नै हुन् भनि मानौं म कसरी ?
यावत भाकलहरु भाकौं म कसरी ?

खद्दरमा तिम्रो तस्विर बनाउन सोचें
नाताबिनै तस्विर बनाऔं म कसरी ?

लयमा लय हाली मिलाउन नसकुँला
फेरी पनि प्रेमगीत गाऔँ म कसरी ?

ज्योति अनिश्चित
२०७२-०२-११

Wednesday, May 24, 2017

गुनासो

बेहोशीमा सोचिरहेँ तिमी गुलाब भैदिए ।
स्वंयम दोषी भैरहेँ तिमी खराब भैदिए ।

निर्मल जल मानेर तृष्णा तृप्त गराइदिए
पिलाएशी थाहा भो तिमी सराब भैदिए ।

प्रेम शब्दप्रति नै यति वितृष्णा हुनेथिएन
बोली र चरित्रको तिम्रो प्रभाब भैदिए ।

अब त कामना जिन्दगीमा केबल्
तिमी अनि याद तिम्रो अभाब भैदिए ।

-----------अनिश्चित---------------------
---------२०७४-०२-१० ----------------

Monday, May 22, 2017

यो पत्र मेरो ।

प्रेमीहरुलाई बिन्ति यो पत्र मेरो ।
पुर्याउनु सन्देश यो सर्वत्र मेरो ।

मायाको इटाहरु थप्दै मुटुभित्र
बनाएँ सानो घर अहोरात्र मेरो ।

प्रेम र विस्वाश आफुभन्दा धेरै
आपुग केहि थिएन प्रशस्त मेरो ।

किन छुट्यो साथ नसोध मलाई
टुटे सारा स्वपना, यत्रतत्र मेरो ।

म लज्जा ढाक्दै हिडे त्यहाँबाट
मानौ स्वंम उभिएथेँ निर्वस्त्र मेरो ।

अनिस्चित
२०७४-०२-०८ 

Sunday, May 21, 2017

बेस्टु गजल

मन साट्न खोजिरहें वदन साटिरह्यौ ।
कति विश्वास थियो आखिर ढाटिरह्यौ ।

केहि कुरा नलुकाइ भने पनि व्यर्थ
भुसमाथि लिउन राखी कुरा काटिरह्यौ ।

बोले मनमा ठेस लागे, माफी मागिरहें
तिमी भने अविश्वासी विश्वास बाटिरह्यौ ।

आफैलाई के भनुँ, तिमीसँग भुल भयो
सिमकार्डझैँ वदन फेरी साइनु गासिरह्यौ ।

--------अनिश्चित--------------
-------२०७४-०२-०७----------- 

Friday, May 19, 2017

हुन सक्छ ।

तिमीसँग नबोल्ने मेरो इच्छा  हुन सक्छ ।
तिमीसँग प्रेम थियो सबै मिथ्या हुन सक्छ ।

जब आफ्नै मनले पनि होइन भन्छ नि
प्रमाण चाहिन्न पुष्ट्याउन ऐना हुन सक्छ ।

देखेको जति सबै सत्य नहुन पनि सक्छ
इन्दृयहरु झुटा अनि भ्रममा हुन सक्छ ।

आमा भन्नुहुन्थ्यो हार्नु पाठ सिक्नु हो
तिमीसँग हर्नु मेरोलागि शिक्षा हुन सक्छ ।

ज्योति अनिश्चित
२०७४-०२-०५ 

Tuesday, May 16, 2017

गरे हुन्छ ।

जंगलका राजाहरुले आत्मसमिक्षा गरे हुन्छ ।
हाम्रो आस्था कहाँ चुक्यो सुरक्षा गरे हुन्छ ।
मिथ्याको खेती गरी स्पस्ट फल पाइदैन
नभका ताराहरुको थोरै प्रसंशा गरे हुन्छ ।

ज्योति अनिश्चित ।
२०७४-०२-०२ 

Monday, May 15, 2017

छैन मसँग ।

सजिलै भनिदियौ काज छैन मसँग ।
तिमीसँग लुकाउने राज छैन मसँग ।

आखिर के बाँकी रह्यो र तिमीमा ?
प्रतिउत्तरमा भन्छौ लाज छैन मसँग ।

जसोतसो अब आँफैलाई सम्झाउछु
तिम्रो शिरको अब ताज छैन मसँग ।

तिम्रो प्यास र भोक सार्बजानिक हुँदा
म आँफै लुटिएँ अनाज छैन मसँग ।

बाँकी यात्रा तिम्रो साथ दिन सक्दिन
थाकिसके गोडा जहाज छैन मसँग ।

सायद सम्भब नहोला तैपनी लेर जाउ
तिम्रो यादहरु राख्ने दराज छैन मसँग ।

मुक्त भयौ उड्नु स्वतन्त्र पन्छिजस्तै
भय नराख्नु तिमी बाज छैन मसँग ।


ज्योति अनिश्चित
२०७४-०२-०१  

Wednesday, May 10, 2017

छुट्टयाउन सकिन।

त्यो मनमा माया हो कि सन्देह, छुट्टयाउन सकिन।
मप्रतिको बिस्वास हो कि भय, छुट्टयाउन सकिन ।

कति ढुक्क भइ प्रेमको दौडमा सहभागी भयौं
तर हाम्रो हार भयो कि विजय, छुट्टयाउन सकिन ।

निस्पट्ट अँध्यारो देख्छु सबैतिर आखिरिमा के भयो ?
चक्षुभ्रम भयो कि तिमी नभए, छुट्टयाउन सकिन ।

बिषपान गरेर अमरत्व खै कसरी पाउन सकिन्छ ?
कि मारिदेउ याद कि छ सजाय, छुट्टयाउन सकिन ।

तिम्रो नजरबाट टाढा भए पनि सानु तिमीले
नसम्झिनु कहिल्यै मलाई पराय, छुट्टयाउन सकिन ।

ज्योति अनिश्चित
२०७४-०१-२७

Thursday, May 4, 2017

प्रेम

सम्बन्ध यस्तो होस् जहाँ ओठभन्दा आँखाले बोलिदियोस् ।
तिमीलाई म माया गर्छु भन्ने प्रेमिल भाकाले खोलिदियोस् ।
चिच्याएर भन्दा , सानु तिमीलाई माया गर्छु भनि
ध्वनी तरङ्ग प्रतिध्वनी भइ डाँडा पाखाले भनिदियोस् ।

ज्योति अनिश्चित  

म उसैलाई भोट हाल्छु ।

जसले अँध्यारो बस्तीमा टुकी बाल्छ, म उसैलाई भोट हाल्छु ।
जो राष्टृयताको लागी स्वार्थ फाल्छ, म उसैलाई भोट हाल्छु ।

खुलामन्च र आमसभामा कुर्लिनेहरुले केही पनि गर्दैनन्
जसले सही समयमा पाइला चाल्छ, म उसैलाई भोट हाल्छु ।

विजुलीमा कुलमान, सडकमा कुलमान, पानीमा कुलमान
जो अब कुलमान हुन थाल्छ, म उसैलाई भोट हाल्छु ।

मेरो गुरुबाको भनाइलाई उध्दृत गर्दै भन्छु , ए नेता हो!
जसले सडकका खाल्टाहरु टाल्छ, म उसैलाई भोट हाल्छु ।

ज्योति अनिश्चित