Wednesday, July 26, 2023

मुँगा झै अनमोल आभा।

आखामा छाइरह्यो एउटा तस्विर हटाउनै सकिन।
भाका उनको सुनिरहु झै लाग्ने कटाउनै सकिन।

वर्णन उनको जति गरेनी शब्द फिका लाग्दछ
शिष्टाचारकी प्रतिमुर्ती उनी भनी जताउनै सकिन।

स्फटिक झै पारदर्शी , मुँगा झै अनमोल रत्न
टहटह जुन झै शीतल छौ भनी बताउनै सकिन।

समर्पण - 
रचना-ज्योती अनिश्चित ।

Monday, July 17, 2023

शामत आयो भने ।

दियो तिमी बनिदिनु अध्यारो कतै रह्योभने ।
क्षार भइदिनु तिमी कोही अम्ल भयो भने ।

राख्नु मनमा विश्वास अनि लगनशिल हुनु
जस्तालाई त्यस्तै ख्याल राख्नु बिझायो भने ।

बनको काँडालाई कस्ले तिखार्छ र खै ?
सियो हुनु अनि फाली बन्नु शामत आयोभने ।

समर्पण 
रचना - ज्योति अनिश्चित । 

Friday, July 7, 2023

बेश हुन्छ।

सिधा बाटो जिन्दगीको नगएकै बेश हुन्छ। 
माया मोह जिवनमा नभएकै बेश हुन्छ। 

 बन्धन हो मिथ्या संसार ब्यर्थ हो सम्बन्ध 
राक्षसरुपी मान्छे बिच नरहेकै बेश हुन्छ। 

 लवलिन तिमी अनि सहनशील नारीभाव 
बुझ्दैन यो पापी संसार नसहेकै बेश हुन्छ। 

 ज्योति अनिश्चित 
 २०८०-०३-२२