Monday, July 31, 2017

तस्विर रहेको खद्दर आयो ।

फुलको बदलीमा पत्थर आयो ।
ऊ बेपत्ता भएको खबर आयो ।

हिजो राती सपनीमा म झास्किएँ
मैले सोच्दै नसोचेको प्रहर आयो ।

छोरो आउला भनेको ऊ फर्किएन
धागो बाँधिएको चिठी घर आयो ।

मैले नियाले उनको हातको बस्तु ?
उसकै तस्विर रहेको खद्दर आयो ।

Sunday, July 30, 2017

आँफै रित्तिनु पर्छ

जसरी मेघ गर्जन बिजुली चम्किनु पर्छ ।
इज्जत पाउन पनि इज्जत दिनु पर्छ ।

जो असल हुन्छ, व्याक्तित्वले झाल्किन्छ
मानौ फलेको हाँगो जहिल्यै नुहिनु पर्छ ।

तिमी त हृदयमा बसेको मान्छे सँधै
याद गर्न न सम्झाउनु न सम्झिनु पर्छ ।

म सक्दिन सानु आफुलाई नै ढाट्न
तिमीलाई भुलाउन आँफै रित्तिनु पर्छ ।

Saturday, July 29, 2017

सम्भाव्यता हराएर हो कि ?

तिम्रो पढाईमा झुकाव अग्रता हराएर हो कि ?
कि माया प्रेमको सम्भाव्यता हराएर हो कि ?

आफैले एकपल्ट सोधी हेर त ढुकढुकीलाई
आफ्नै धड्कन यतै कता हराएर हो कि ?

तिम्रो खुशी चाहाने म,मैले केहि विराएँ कि ?
कि केहि कुरामा सफलता हराएर हो कि ? 

झन् मोहित बनायो ।

तिम्रो निस्चल व्यहभारले झन् मोहित बनायो ।
तिमीसँग नजिकिँदा गर्दा अदृश्य प्रीत पलायो ।

म यत्तिकैमा खुशी हुन्छु सुखदुखहरु सँगाली
तिम्रै खुशीका लागि भनाइ सम्प्रेशित गरायो ।

मनको बह नपोखिदा आँफैलाई हानी गर्छ
मनमिल्ने दौतरी तिमीसँग अनि मीत लगायो ।

यस्तै माया होस् सधैँ बिश्वास र श्रद्धा होस्
तिम्रो सुखदुख बाँडि लिन विभाजीत गरायो ।

Friday, July 28, 2017

जहिल्यै हुन्थ्यो ।

घरमा प्यार र झगडा त जहिल्यै हुन्थ्यो ।
अनि सानुतिनो लफडा त जहिल्यै हुन्थ्यो ।

सानै भएपनि बाको न्यायलयमा, फैसला
उतैतिर भन्ने आकडा त जहिल्यै हुन्थ्यो ।

यसलाई म के भनुँ जुट हो कि फुट भनि ?
तिमीहरु अकडा म कडा त जहिल्यै हुन्थ्यो ।

नामै जोडी जिस्काउन पनि बाँकी राखिएन
तँ फलानो म खतिवडा त जहिल्यै हुन्थ्यो ।

विरानु यो शहरमा आज नितान्त एक्लो म
साथमा हुँदा हडबडा त जहिल्यै हुन्थ्यो ।

निशा, कृस्टी र कुसुम मा समर्पित ।
ज्योति अनिश्चित ।
रक्षा बन्धनको शुभकामना ।  

Tuesday, July 25, 2017

चाह रहर छैन।

दुनियाँको नजर सुन्दर छैन ।
त्यसैले त राम्रोको  कदर छैन ।

यहाँ किताबको गाता हेर्छन्
शुशुप्त तत्व चाहे बदर छैन ।

यो संसारमा अति मादक तिम्रो
नयनजस्तो नशालु वियर छैन ।

म हरपल खुशी रहन्छु किनभने
तिम्रो याद नआउने प्रहर छैन ।

तिम्रो काखमा निदाउन पाए
अरु  कुनै मेरो चाह रहर छैन।

Monday, July 24, 2017

मागी मसी रगतसँग ।

चाहाना थ्यो मेरो जिउने तिम्रो लतसँग ।
राखी तिमीलाई मुटुभित्र हिफाजतसँग ।

करुणा र भरोशाको प्रतिमुर्ती तिमी
तिम्रो खातिर पाउने मैले अभिमतसँग ।

तिमीलाई चाहानु मैले मेरो भुल भयो
रत्ति फिक्री छैन मेरो चाह फगतसँग ।

यदी लेखेर नमेटिने भए तिम्रो नाम
लेखिदिन्थे मुटुभित्र मागी मसी रगतसँग ।

मेरो चाहाना तिमी हौ भावना तिमी हौ
मायाको तुलना नहोस् मेरो जरुरतसँग ।

हरबखत तिम्रो यादले सताउने गर्छ
सोधीहेर मेरो कलम डायरी यावतसँग ।

सायद देखिने भए भित्र कोरिएको नाम
परिचित हुन्थ्यौ आफ्नै नामको खतसँग ।

तिमीलाई भुल्ने एउटै आधार खोजेपनि
पाइन सोधिहेरें मैले प्रत्यक बखतसँग ।

ज्योति अनिस्चित ।
समर्पण





Sunday, July 23, 2017

बिश्वास हराएछ मेरै बगलबाट ।

यो मन लान पाए टाढा यो कोलाहलबाट ।
सधैभरीको दिग्दारी अनि यो खलबलबाट ।

हिजोसम्म म विश्वासीपात्र भएँ नि आखिर
बिश्वास हराएछ मबाट आज मेरै बगलबाट ।

नबोलेमा विरक्त बोलेमा आसक्त यो कलिमा
उपमा दिइयो जब बद्लियो ऊ चन्चलबाट ।

मन अशान्त रह्यो खोजे शान्तिको फिलिङ्गो
पाइन सगरमाथाशिन्धुमा पाइन वरपिपलबाट ।

म अब अनुसन्धान गर्छु उसको पागलपन
सायद सबैको हल भेटिन्छ कि त्यो पागलबाट । 

Friday, July 21, 2017

मौनता

तिमी मौन रह्यौ ।
फगत प्रस्ताव राखिरहे ।
त तिम्रो मौनताको के अर्थ
स्विकार्योक्ती भन्दा अतिसयोक्ती नहोला कि ?
हैन
अस्विकार पनि त हुन सक्छ ।
त्यसपछी
म पनि मौन रहे ।
फेरी भन मेरो मौनता को के अर्थ ?

मैले सुन्ने गरेको
बाउले छोरीको बिहेको कुरो गर्दा
छोरी मौन रहनु सहर्श स्विकार्नु हो रे ।
दुइ सहपाठी बिचको मौनता
कि दम्भ कि आक्रोश हो रे ।
मुर्खसँगको भलाकुसारीमा
सज्जनको मौनता फेरी औषधी रे ।
देशका लागी सपुतको मौनता
घातक हो रे ।

अहँ मैले बुझ्दै बुझिन ।
न तिम्रो मौनता स्विकारेर हो ?
न कि दम्भ र आक्रोशले हो ?
तिम्रो मौनता न मेरो लागी औषधी भयो ?
न घातक साबित नै ?
फेरि पनि म मौन नै बसे ।
सायद मौनता बुझ्न मौन नै बस्नु पर्छ ।
म मौन रहिरहे । 

कसैको दास नहोस् ।

कसैको वेदनाको उपहास नहोस् ।
मुस्कान नै ठिक अट्टाहास नहोस् ।

आफ्नो आस्थामा दृढ भएर बस्छु
कसैको औंलाउने सहास नहोस् ।

मेरा औंला मेरा लागी बराबर हुन्
कहिल्यै कुनै औंला खास नहोस् ।

मेरो गल्तीमा मलाई गाली ठिकै छ
गल्तीको प्रोत्सानमा स्यावास नहोस् ।

आँफै चाप्लुसी नगरी केही गर्नु छ
विलासी जिन्दगी कसैको दास नहोस् । 

Monday, July 17, 2017

ॐ नम: शिवाय भो ।

चाँदनीमा दाग भए पनि सुन्दरताको पर्याय भो
आँफै बिरुद्दको फैसला यो कस्तो निर्णय भो ?

तिमीलाई सिंगो संसार ठान्थे, मेरो वास्तै भएन
मैले प्रतिउत्तर नपाउँदा मौनता नै सजाय भो ।

तिम्रो केवल बोलीमा अडेको थ्यो भरोशा मेरो
नबोली हिड्यौ र त पिडाहरुको महाकाय भो ।

बहिरी चोट थिएन तर भित्री रक्तश्राव रोकिएन
मुटु फुट्यो आँशुभेल बग्यो पिडा असहाय भो ।

मानौ इशको खेलामा तिमीलाई बुझिनछु मैले
जे भो ठिकै भो ज्योति, ॐ नम: शिवाय भो ।

ज्योति अनिश्चित
२०७४-०४-०२

Sunday, July 16, 2017

तिम्रो माया सय भएन ।

लाख प्रायत्न गरेँ सानु मेरो माया क्षय भएन ।
मेरो माया लाख भए नि तिम्रो माया सय भएन ।

कतै सुनेको थेँ प्यारबाट शत्रु नि आफ्ना हुन्छन्
तिमी त आफ्नै भए नि मेरो माया विजय भएन ।

तिम्रो खुशीमा म पनि रमाउँला पिडा लुकाएर
तिमी मेरी हुन्नौ, गुनासो भयो तर भय भएन ।

मेरो धमनी र शिराहरुमा तिम्रो माया बगिदिन्छ
तर किन तिम्रो दिलमा मेरो माया सन्चय भएन ।

समर्पण -
रचना - ज्योति अनिश्चित ।  

Sunday, July 9, 2017

कति हो कति ?

तिम्रो झुटको मिठास कति हो कति ?
नसोध! मेरो विश्वास कति हो कति ?
तिमीलाई माया गर्छु भनी भन्नुपर्दैन
तिमी छौ र त खास कति हो कति ? 

अरूणोदय (अति प्यारी तिमी ।)

सबैको आँखाकी नानी अति प्यारी तिमी ।
दिलको अमुल्य खानी अति प्यारी तिमी ।

क्षाम हुन् बहिनी तिम्रा सबै अतिवादीहरु
मैत्रीपूर्ण हुन् निसानी अति प्यारी तिमी ।

नानी हाम्री प्यारी मिजासिली फरासिली
लीला हैन यो कहानी अति प्यारी तिमी ।

Saturday, July 8, 2017

धड्कन बढेपछी

तिम्रो बोलीको दिवानी  भएँ सायद, तड्पन बढेपछी ।
यो मनले थाहा पायो तिम्रो अभाव, धड्कन बढेपछी ।
तिम्रो साथमा म महसुश गर्दिन डर भय कहिल्यै पनि
तिमी बिना म छट्पटिन्छु अनायासै,अड्चन बढेपछी ।

समर्पण-
ज्योति अनिश्चित
२०७४-०३-२४

Friday, July 7, 2017

मेरो घर यस्तो बनाउँथे ।

तिम्रो विश्वासहरुले घरको गारा बनाउँथे ।
हाँसो खुसीका इटाहरुले दिवार सजाउँथे ।

मेरो प्रेम र आत्मियताको छहारी बनाइ
तिम्रो ममताका मार्वल घरभरी बिछ्याउँथे ।

आदर र सत्कारको गृहप्रवेश बनाएर
आखाँहरुको आँखी-झ्यालबाट बोलाउँथे ।

निस्चल प्रेम-पान गरिसके पछि सानु
सालिनता र लज्जाको म पर्दा लगाउँथे ।

तिम्रो केशराशि-लहरा उद्यानमा लागएर
मिठो मुस्कानको फुलहरु भित्रै हराउँथे ।

तिमीसँगै बाँच्ने सँगै मर्ने चाह भो मेरो
हेरी तिमीलाई नै सयौं जुनी म कटाउँथे ।

समर्पण-
रचना-ज्योति अनिश्चित ।
२०७४-०३-२३ 

Thursday, July 6, 2017

रेला लाग्यो रे ।

मेरो प्रेमको कुरा कसैलाई रेला लाग्यो रे ।
सायदै झुकाव थियो उनमा खेला लाग्यो रे ।

बरु स्वंय दोषी हुँला समयलाई दोष दिन्न
मेरो प्रस्ताव नै उनलाई अबेला लाग्यो रे ।

अब कुनै आशा छैन नैरास्यताको पहाड भो
सुन्छु कुनैदिन तिमीलाई नि झमेला लाग्यो रे ।

Wednesday, July 5, 2017

भुल्न सजिलो नभएर ।

तिम्रो मुहारझैँ मेरो भाग्य चम्किलो नभएर ।
सायद मेरो मन तिम्रोलागि फराकिलो नभएर ।

आजकल किन यि नयनले शंकाले मात्रै हेर्छ
लाग्छ आफु नै कसैप्रती विश्वासिलो नभएर ।

तिम्रै साथ पाउन यो जुनीमा सम्भव नहोला
लाग्छ मैले देखेको सपना गतिलो नभएर ।

दिनभरीको थकान अनि तिम्रो याद भुलाउन
रातभरी मदिरा पिउँछु भुल्न सजिलो नभएर ।

एउटा कुरा म आँफैले नि मान्नै पर्छ यार
तिरस्कृत हुन्छु सबैबाट स्वंय बोझिलो नभएर ।

ज्योति अनिश्चित
२०७४-०३-२१ 

Tuesday, July 4, 2017

प्यार तिमी सित हुनै पर्छ ।

जिन्दगीमा मनमिल्ने एउटा मित हुनै पर्छ ।
चिनजान अनि प्यार तिमी सित हुनै पर्छ ।

तिमीले न्युटनको चालको नियम भुल्यौ होला
एउटा खुशी हुँदा अर्को दु:खी त हुनै पर्छ ।

म मेरो प्रेममा यति विश्वस्त भएको छु कि ?
कुनै एकदिन तिम्रो अनि मेरो प्रीत हुनै पर्छ ।

लाग्यो होला भावनामा वहकिएर केके लेख्छ ?
हेर्दै जाउ पछि यही भावनाको जीत हुनै पर्छ ।

ज्योति अनिश्चित
२०७४-०३-२०