Friday, July 7, 2017

मेरो घर यस्तो बनाउँथे ।

तिम्रो विश्वासहरुले घरको गारा बनाउँथे ।
हाँसो खुसीका इटाहरुले दिवार सजाउँथे ।

मेरो प्रेम र आत्मियताको छहारी बनाइ
तिम्रो ममताका मार्वल घरभरी बिछ्याउँथे ।

आदर र सत्कारको गृहप्रवेश बनाएर
आखाँहरुको आँखी-झ्यालबाट बोलाउँथे ।

निस्चल प्रेम-पान गरिसके पछि सानु
सालिनता र लज्जाको म पर्दा लगाउँथे ।

तिम्रो केशराशि-लहरा उद्यानमा लागएर
मिठो मुस्कानको फुलहरु भित्रै हराउँथे ।

तिमीसँगै बाँच्ने सँगै मर्ने चाह भो मेरो
हेरी तिमीलाई नै सयौं जुनी म कटाउँथे ।

समर्पण-
रचना-ज्योति अनिश्चित ।
२०७४-०३-२३ 

No comments:

Post a Comment