Tuesday, December 11, 2018

विरही गीत थिएँ म ।

रित्याएर आफुलाई तिमीमै समर्पित थिएँ म ।
तिमी हर्ष तिमी आशु तिमीमै हारजित थिएँ म ।

म आफुलाई पुर्ण विस्वाश कसरी दिलाउन सक्थे
जब आफ्नै छायाले पिछा गरी आजित थिएँ म ।

म गलेर पो आमा विश्वासको घडा थाम्न सकिन
रित्तिएँ अनि रित्याइदिएँ  संकास्पद प्रीत थिएँ म ।

मैले लेखे यो म आफै गाउँछु मेरो मृत्युन्जय कथा
तिमीलाई सायद लाग्दो हो विरही गीत थिएँ म ।

ज्योति अनिस्चित ।
मङ्सिर २५ -२०७५ 

Friday, December 7, 2018

कसरी काटेँ ?

थाहा छैन मैले त्यो रात कसरी काटेँ ?
तिमी प्रतिको चाहात कसरी काटेँ ?

म कहाँ बस्न सक्थे तिमीबाट  टाढा
नटाल्न सक्ने तिम्रो बात कसरी काटेँ ?

मेरै थ्यो हत्केला , भाग्य मेरो नभएनि
आँफैलाई दुखाएर हात कसरी काटेँ ?

मेरो नजर अगाडी नै छुरा रोपियो मुटुमा
किन फेरी सम्झिन्छु घात कसरी काटेँ ?

रक्सी गाँजा भाङ को नशा के नसा?
तिम्रो नशाको भन मात कसरी काटेँ ?

ज्योति अनिस्चित ।
मंसिर २१

बन्द गरिदेउ...

यो मुटुमा हुने रक्तप्रवाह बन्द गरिदेउ ।
अरे फजुलको वाहवाह बन्द गरिदेउ ।

हिजोसम्म तिमीमै अडेको थियो संसार
भो अब पुग्यो तिम्रो चाह बन्द गरिदेउ ।

मैले को के किन भनि सोध्दैसोधिन
किन लिनु तिम्रो राय  बन्द गरिदेउ ।

मैले चिन्नै सकिन ।

काठ हो कि दाउरा मैले चिन्नै सकिन ।
छल थियो कि कुरा मैले चिन्नै सकिन ।

मैले कती ठेस पुर्याए हेक्का नभएर
रोपियो छातिमा छुरा मैले चिन्नै सकिन ।

कसैको मन दुखाइको हद नागेर होला
स्वयं बिचरो बाबुरा मैले चिन्नै सकिन ।

लग्थ्यो मेरो विश्वास कहिल्यै टुट्दैन भनि
भयो काँचका चुरा मैले चिन्नै सकिन ।

हिजोसम्म कसैको प्रहारमा आधा घायल थेँ
आजबाट भयो पुरा मैले चिन्नै सकिन ।

लाग्यो एक पल ममाथी आकाश खस्यो
तिमी थिएनौ भएँ टुहुरा मैले चिन्नै सकिन ।

सायद दोस्रो पल्ट मनमा लागे सोचिहेर्नु
म बस्दिन आमा अधुरा मैले चिन्नै सकिन ।

२०७५- मंसिर- २०
ज्योति अनिस्चित ।