Tuesday, January 31, 2023

खुडा लिएर आउनेछु ।


म आउनेछु नेपाल, खुडा लिएर आउनेछु ।
मलाई पुग्ने म आफै, हुड्डा लिएर आउनेछु ।

म प्रेम होईन, संसद अगाडी जल्दिन अब
जलाउनलाई कुसस्कार मुढा लिएर आउनेछु ।

म यति-बुद्धमा आई ज्यानको बाजी थाप्दिन
विष्णुलाई भनेर म गरुडा लिएर आउनेछु ।

देश विकासको लागी दुइ कुरा आभाष भयो
भ्रष्टलाई खुडा युवालाई टुडा लिएर आउनेछु ।

मेरो देशलाई लुट्न सरकारमा जानेहरुलाई
ठिक पार्नलाई मेरो जोडा लिएर आउनेछु ।

ज्योति अनिश्चित
२०७९-१०-१७

Sunday, January 22, 2023

स्वंय बोझिलो नभएर ।

 तिम्रो मुहारझैँ मेरो भाग्य चम्किलो नभएर ।
सायद मेरो मन तिम्रोलागि फराकिलो नभएर ।

आजकल किन यि नयनले शंकाले मात्रै हेर्छ
लाग्छ आफु नै कसैप्रती विश्वासिलो नभएर ।

तिम्रै साथ पाउन यो जुनीमा सम्भव नहोला
लाग्छ मैले देखेको सपना गतिलो नभएर ।

दिनभरीको थकान अनि तिम्रो याद भुलाउन
रातभरी मदिरा पिउँछु भुल्न सजिलो नभएर ।

एउटा कुरा म आँफैले नि मान्नै पर्छ यार
तिरस्कृत हुन्छु सबैबाट स्वंय बोझिलो नभएर ।

ज्योति अनिश्चित
२०७४-०३-२१

तिमीसँग नबोलेरै...

 तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

फुल फुले पछी यहाँ; सुवाश कहाँ छेकिन्छ र ?
मन मिले पछी यहाँ ; जात कहाँ देखिन्छ र ?

हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।
तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।

आफ्नु ठान्नु तिमीलाई मेरो यहाँ भुल भयो
तिम्रो छेवै पर्दिन भो अब मेरो कबुल भयो ।

पाथिभरा कन्यामको संगमबाट टाढा हुँला
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

एउटा बिन्ती प्यारी तिमी उसको चित्त नदुखाउनु
सम्भव भए अन्तिम पटक तिमी मलाई भेट्न आउनु

तिम्रो दिलमा केछ भनी दोमन बाट टाढा हुँला
हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।

Tuesday, January 10, 2023

झुटो तिम्रो शहरमा ।

गुराँसको लाली छुट्यो, देखेँ तिम्रो अधरमा ।
न्यानो मायाको सागर, पाएँ तिम्रो नजरमा ।

जसलाई नि मोहित पार्ने ती निस्चल नयन
नम्र स्वभाव बनाइ राख्नु तिमी हरेक प्रहरमा ।

भ्रम हुन्छसक्छ कहिले- देखेको नि झुटो हुन्छ
टड्कारो हुन्छ झुट पनि झुटो तिम्रो शहरमा ।

राम्री त त्यसै छौ , सोच पनि उच्च राख्नु
ईश्वरको सधै बास होस् लच्छिनको त्यो घरमा ।

समर्पण 
२०७९-०९-२६ 

Saturday, January 7, 2023

विरक्त! देश सम्झिन्छु अनि मन दुख्छ ।

 ती अविश्वासनिय पिपाशु पात्र, देश सम्झिन्छु अनि मन दुख्छ ।
कठै खटिनु पर्ने अहोरात्र, परदेश सम्झिन्छु अनि मन दुख्छ ।

विदेशमा पैसा छ, निती छ, थिती छ- तर संस्कृती छैन 
न निती न संस्कृति: विरक्त! देश सम्झिन्छु अनि मन दुख्छ ।

कतै ४०o को घाम कतै -४०o को हिउँ - तै पनि  विकास छ 
एकलक्ष्य दिगोविकास किमार्थ, परदेश सम्झिन्छु अनि मन दुख्छ । 

आस्वासन बाँड्छ, जनता बिक्छ, ऊ हिसाव गर्दै जान्छ
जितेपछी स्वार्थी; म मात्र, देश सम्झिन्छु अनि मन दुख्छ । 

Friday, January 6, 2023

भेडाको बस्ती छ नेपालमा।

आमा! तिमीलाई कति सास्ती छ नेपालमा?
अर्कोतिर भ्रस्टाचारीलाइ मस्ती छ नेपालमा।

व्यापारीले नेतालाई पोस्छन अनि  उम्किन्छन
जनता पो पेलिन्छन; जबरजस्ती  छ नेपालमा।

जसको बोलीको टुंगो छैन केही भिजन छैन
ऊ नै पो प्रधानमन्त्री हस्ती छ नेपालमा।

बुख्याचाले इज्जत लुट्छ आसेपासे उसैको पछि
सरकार उसैको बिर्ता ; उसकै गस्ती छ नेपालमा।

आउँछ , आयो र गयो;  उदाङ्गो  पाटो देखायो।
देख्दिन चेतना, व्हासा र भेडाको बस्ती छ नेपालमा।

म किन क्यानडा आएँ ? पढ्न कि  कमाउन?
जालझेल गरि कमाउने धन्दा प्रसस्ती छ नेपालमा।

२०२२-१२-२८
ज्योति अनिश्चित ।