Sunday, January 22, 2023

स्वंय बोझिलो नभएर ।

 तिम्रो मुहारझैँ मेरो भाग्य चम्किलो नभएर ।
सायद मेरो मन तिम्रोलागि फराकिलो नभएर ।

आजकल किन यि नयनले शंकाले मात्रै हेर्छ
लाग्छ आफु नै कसैप्रती विश्वासिलो नभएर ।

तिम्रै साथ पाउन यो जुनीमा सम्भव नहोला
लाग्छ मैले देखेको सपना गतिलो नभएर ।

दिनभरीको थकान अनि तिम्रो याद भुलाउन
रातभरी मदिरा पिउँछु भुल्न सजिलो नभएर ।

एउटा कुरा म आँफैले नि मान्नै पर्छ यार
तिरस्कृत हुन्छु सबैबाट स्वंय बोझिलो नभएर ।

ज्योति अनिश्चित
२०७४-०३-२१

No comments:

Post a Comment