Tuesday, February 11, 2014

गोधुली साँझ
जब सुर्यास्त हुन्छ
तब सुर्यको पहिचान खोज्दै
सिर्जना केर्न थाल्छु
त्यो विशाल आकाशमा
औशीको रातमा
सुर्य हेर्न थाल्छु
त्यो अन्धकारमा
एउटा मधुरो दिप बाल्दै
हिड्छु म सुर्यको खोजीमा

रात छिप्पिदै जान्छ
कतै टाढा ताराहरु
टिलपिल टिलपिल
गरेर चम्किन्छन्
म सशङ्कित हुन्छु
कतै मेरो विशाल सुर्य
ति ताराहरु झै विलिन त भएन?
होईन,
म विश्वस्त हुन्छु
अनि
फेरि म अघि बढ्छु
मेरो सुर्यको खोजीमा

रातको त्यो चिसो सिरेटोले
मेरो अन्तरकुन्तरको टुकी
निभाउला जस्तो गर्छ
धिपधिपे दिपमा
कल्पनाको तेल हाली
त्यो ज्योति निभ्न नदिने
विश्वासका साथ
म अघि बढिरहन्छु
मेरो आफ्नै सुर्यको खोजीमा

नितान्त एक्लो
शुन्य र
आधारहिन
भएको छु म
मेरो सुर्य विना
मेरा हरेक सिर्जना
कल्पना भावना चाहाना
आकाङ्क्ष्या प्रेरणा अर्चना
सबै त्यही ज्योतिमा समाहित थिए।

रातभरि
मेरो सुर्य खोज्दाखोज्दा
म थकित हुन्छु
अनि
सुर्य हरण भएको
पुर्ण विश्वासका साथ
पुर्ण निराशामा
मिर्मिरेमा
म मेरो
कल्पना भावना
आकाङ्क्ष्या चाहानाहरु सित
ज्योतिको वेगसँगै
जान्छु पुर्ण अन्धकारतिर
हो !
कहिल्यै नफर्किने गरि
समाहित हुन्छु
ब्लाकहोलमा।
लेख्ने कलम आजभोली
भाँचियो कि कतै
लेखिएका पिर व्याथाहरु
मासियो कि कतै?

सदा जस्तो नोटिफिकेसनमा
तिम्रो नाम देखिन्न
मेरो नाम फ्रेन्डलिष्टबाट
फ्याँकियो कि कतै?

उनको एक लाईक
हजार लाईक सरि थियो
लाईक मेरो निम्ति
काटियो कि कतै?

मेरो माया तिम्रै लागि
मात्र साँचेको छु सानु
मलाई दिने माया अरुलाई नै
साँचियो कि कतै?

झुकेकोथ्यो त्यो शिर पनि
फलेको व्रिक्ष सरी
भारी मेरो माया भई
लासियो कि कतै?

होईन भने यो कुरा त
पक्कै नै हो
काटछाँट गर्ने क्रममा मेरो नाम
तासियो कि कतै?

ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा ।
Let mother, I pay for you
For ur love care and affection
For the every drop of milk
With love, since I was born

I imagine the pain, mother
You carried me for nine months
You caressed me and brought me up
You fed me and hugged me in ur warmth

I was small, till I started to crawl
You were busy around and tied me with ur shawl
I used to cry to free myself from it
I remember those precious memories of pearl

I grew up and started my schooling
You carried me all way to my school
You guided me at my homeworks and others
I am in debt too with my HARIKUL

I finished my schooling few years ago
And started my college life then
How could I describe you school life was best
I wished I could be a child again

Yes mother I wish my past come back again
I could be on ur lap and loving to all
I could enjoy the full freedom for a child
I wish I again would be tiny and small

Again I promised you mother
I pay for everythimg u gave
Let me stand on my own feet mother
I will be your support at ur old age.

मुक्तक दोहोरी । -ज्योति खतिवडा अनिश्चित ।

24 August 2012 at 10:47
धेरै नै भयो हजुरको खबर
हामीले पाको छैन
तीन बिस कटेका ति मातापिताको
संझना आको हैन
घरमा एउटी जहान छन् भन्ने
भुल्नु पो भयो कि?
कान्छी बहिनीको विराम विषेक
अझ नि भाको छैन
हजुर संझना आको हैन

नआको हैन संझना सानु
फुर्सद पाउन्न म
घरको मर्म बुझेता पनि
अझ घर आउन्न म
माता र पितामा प्रणामरुपी
संझना टक्र्याएँ
बहिनीको निम्ती खर्चको जोह
कामले भ्याउन्न म
सानु फुर्सद पाउन्न म

हजुरको खबर नआउँदा याहाँ
मन कस्तो हुँदो हो
मनको व्याथा मनमै लुकाई
आँखाले रुँदो हो
सहरी रमझममा गाउँवेशी माया
हजुर नमार्नु है
हजुरको बोली हजुरको मायाले
मनमा छुँदो हो
हजुर आँखाले रुँदो हो

यो उराठ भुमीमा आशुले तिम्रो
कमजोर नबनाउ है
ति व्रिद्द माता पिताको कहिल्यै
चित्त नदुखाउ है
दुईचार वर्ष अझ आउन्न म
थुप्रो छ घरको रिन
यो सुनी उनको चिरिएला छाती
विन्ती नबताउ है
सानु चित्त नदुखाउ है

हजुरको आज्ञा शिरोपर गर्छु
स्याहार म गर्नेछु
बनि र बुतो गरेर पनि
अभावलाई टार्नेछु
बहिनीको लागि पो गाह्रो पर्छ
खर्चले भ्याउदैन
सासु र ससुरा नन्दको ख्याल
म आँफै गर्नेछु
हजुर स्याहार म गर्नेछु

म आँफैलाई भाग्यमानी ठान्छु
तिमीलाई पाउँदा
म ढुक्क हुन्छु घरको बारेमा
तिमीलाई संझिदा
हे दैव पुकार याहाँबाट गर्छु
विचल्ली नपार है
सानु तिम्रो फोटो छ साथमा
यादले सताउँदा
सानु यादले सताउँदा

आफ्नोमा ख्याल राम्ररी राख्नु
पराईको माटोमा
हजुरको माया आदर दिनेछु
हजुरको साटोमा
स्वास्थ हो ठुलो मानिसको धन
सो ख्याल राखे है
बाधा र अड्चन कहिल्यै नआओस्
हजुरको बाटोमा
हजुर पराईको माटोमा

म के बताउँ तिमीलाई सानु
धन्य छ आँफैलाई
गाउँघरमा मेरै संझना कोसेली
सुनाईदिनु सबैलाई
गाह्रो र साह्रो जे जस्तो परेनी
हरेश नखानु है
मनको वहलाई थाँतीमा राखी
आजलाई बाईबाई
सानु धन्य छ आँफैलाई ।
आफ्नो ठाउँ प्यारो लाग्छ
पुर्वमा हाम्रो सहर छ
झापामा हाम्रो घर छ
हामीलाई के को डर छ?

एकतामै शक्ति हुन्छ
एकता नै हाम्रो मुलमन्त्र
झापाली सम्पुर्ण एक हौँ
एकता मै हाम्रो भर छ ।
झापामा हाम्रो घर छ
हामीलाई के को डर छ?

निडर व्याक्तित्व.शान्त,शालिन
उच्च विचार छ हाम्रो
विन्दास छौ हामी, भन्छौ
"जस्तो पर्छ त्यस्तै टर्छ"
झापामा हाम्रो घर छ
हामीलाई के को डर छ?

कर्ममा विश्वास गर्छौ हामी
एउटै सिद्दान्त छ हाम्रो
"मैले छरेको फापरको रोटी
मैले खान पाउनु पर्छ"
झापामा हाम्रो घर छ
हामीलाई के को डर छ?

झापा नै स्वर्ग छ हामीलाई
जय झापा! जय नेपाल!
विवशताले मात्र छोड्छौ झापा
नभए कसलाई रहर छ?
झापामा हाम्रो घर छ
हामीलाई के को डर छ?

प्रजातन्त्रमा सबै स्वतन्त्र छन्
आफ्नो विचार राख्नलाई
मन परे पो LIKE ठोकिन्छ
नभए कसलाई कर छ?
झापामा हाम्रो घर छ
हामीलाई के को डर छ?

आफ्नो ठाउँ प्यारो लाग्छ
पुर्वमा हाम्रो सहर छ
झापामा हाम्रो घर छ
हामीलाई के को डर छ?

जय झापा । जय नेपाल ।
सोचेजस्तो हुने भए
भाग्य आँफै चलाउँथे कि?
पिरहरु गाँठो पारी
आफ्नै हातले जलाउँथे कि?

माटो छुँदा नुन भए
नुन छुँदा सुन भैदिए
ढुङ्गामाटो एकैसाथ
साह्रालाई गलाउँथे कि?

यही मुटुमा चोट हुन्छ
मुटु दुख्छ ,आँखा रुन्छ
दुख्ने मुटु फालेर
अर्कै मुटु फलाउँथे कि?

यि सामन्त र सामन्तीका
गगनचुम्बी महलहरु
छानीछानी पालैपालो
सबैलाई ढलाउँथे कि?

टुप्पोमा पलाएको
राम्रो हुन्न भन्छन सब
सोचेजस्तो हुनेभए
फेदीबाटै पलाउँथे कि?
मेरो देश रुँदै छ बाबा
आशुँ बरबरी
म पुछ्न चाहान्छु
भन्नुहोस् न कसरी ।

तिर वीरको चित्कार
अझै सुन्दै छु म
मेरो देश बचाईदेउ भन्दै
काप्दै थे थरथरी ।

यि सामन्ती अझै
घुम्दै छन् यत्रतत्र
लुट्दै छन् याहाँ
भई सरकारी कर्मचारी ।

एउटी चेली बलात्क्रित हुँदा
केही गर्न सक्दैनन्
के सजाय छ र बाबा
यि जननी बलात्कारी ।

नुनको बदलीमा गुन भन्छु
यिनीहरु खुन माग्छन्
कसले रोक्छ सक्छ याहाँ
यि सरकारी हतियारधारी ।
केटा:
कालोमा कैलो त्यो केशराशी
घामैमा टल्कियो
नाकैमा फुली कानैमा झुम्का
आँखैमा झल्कियो
त्यो मिठो मुस्कान माधुर्य बोली
लाजले झुकेकी
काँहाबाट बर्णन गरुँ म तिम्रो
मनैमा अल्झियो ।
सानु आँखैमा झल्कियो ।

केटी:
बोलीमा मिठो व्यवहारमा मिठास
मन पऱ्‍यो मलाई
तिमी भित्रको व्याक्तित्व खास
मन पऱ्‍यो मलाई
यो छोटो पलमा के थाहा हुन्थ्यो
तैपनि मलाई
मनभित्र उब्जेको प्रेमको आभास
मन पऱ्‍यो मलाई ।
प्यारा मन पऱ्‍यो मलाई ।

केटा:
के छ र त्यस्तो जादुछडी जस्तो
तिम्रो त्यो नजरमा
घायलै पार्ने वाण छ कस्तो
तिम्रो त्यो अधरमा
मोहिनी जालमा परेछु म त
के मोह लायौ नि
यि हजार आँखामा तिमी मात्र देख्छु
तिम्रो त्यो सहरमा ।
सानु तिम्रो त्यो नजरमा ।

केटी:
उखानै छ नि कुरा गऱ्‍यो
दुखै छ कुराको
साच्चै यो हाम्रो जोडी माथिबाटै
पहिले नै जुराको
यो रङ्गमञ्चमा कलाकार हामी
परमात्मा निर्माता
छैटौँमा लेखेको लेखनी मात्र हो
हामीले पुराको ।
प्यारा पहिले नै जुराको ।

केटा:
गन्तव्य हाम्रो त्यो शिखर हुन्छ
त्यसमाथि चढ्नु छ
एकले अर्काको साथमा दिँदै
अगाडी बढ्नु छ
मायाप्रेमका कुरालाई एकछिन
थातीमा राखौ न
लक्ष्यमा हामी पुग्नलाई सानु
धेरै नै पढ्नु छ ।
सानु अगाडी बढ्नु छ ।

केटी:
एकले हुन्न "हामी"ले भने
अवश्य हुनेछौ
लक्ष्य हाम्रो टाकुरा भए
चन्द्रमा छुनेछौ
भविश्यको लागि आजैबाट सोचे
केही त गर्नेछौँ
पछिका लागि न सोच्ने भए
धरधरी रुनेछौ ।
प्यारा चन्द्रमा छुनेछौ ।