Tuesday, February 11, 2014

गोधुली साँझ
जब सुर्यास्त हुन्छ
तब सुर्यको पहिचान खोज्दै
सिर्जना केर्न थाल्छु
त्यो विशाल आकाशमा
औशीको रातमा
सुर्य हेर्न थाल्छु
त्यो अन्धकारमा
एउटा मधुरो दिप बाल्दै
हिड्छु म सुर्यको खोजीमा

रात छिप्पिदै जान्छ
कतै टाढा ताराहरु
टिलपिल टिलपिल
गरेर चम्किन्छन्
म सशङ्कित हुन्छु
कतै मेरो विशाल सुर्य
ति ताराहरु झै विलिन त भएन?
होईन,
म विश्वस्त हुन्छु
अनि
फेरि म अघि बढ्छु
मेरो सुर्यको खोजीमा

रातको त्यो चिसो सिरेटोले
मेरो अन्तरकुन्तरको टुकी
निभाउला जस्तो गर्छ
धिपधिपे दिपमा
कल्पनाको तेल हाली
त्यो ज्योति निभ्न नदिने
विश्वासका साथ
म अघि बढिरहन्छु
मेरो आफ्नै सुर्यको खोजीमा

नितान्त एक्लो
शुन्य र
आधारहिन
भएको छु म
मेरो सुर्य विना
मेरा हरेक सिर्जना
कल्पना भावना चाहाना
आकाङ्क्ष्या प्रेरणा अर्चना
सबै त्यही ज्योतिमा समाहित थिए।

रातभरि
मेरो सुर्य खोज्दाखोज्दा
म थकित हुन्छु
अनि
सुर्य हरण भएको
पुर्ण विश्वासका साथ
पुर्ण निराशामा
मिर्मिरेमा
म मेरो
कल्पना भावना
आकाङ्क्ष्या चाहानाहरु सित
ज्योतिको वेगसँगै
जान्छु पुर्ण अन्धकारतिर
हो !
कहिल्यै नफर्किने गरि
समाहित हुन्छु
ब्लाकहोलमा।

No comments:

Post a Comment