Friday, September 14, 2018

छोरीको अस्मिताहरु ।

सानैदेखी सिकाइएन हामीलाई सदाचारको पाठहरु ।
त्यसैले त दैनिक सुनिन्छ बलात्कारको घटनाहरु ।

कंचनपुरको निर्मलाको घटना सेलाउन नपाउदै आज
फेरी घट्यो रे - कहिले रोकिएला यो शृङ्खलाहरु ।

हेर्नेको चक्षु खराब, देख्नेको मानसिकता खराब
आखिर खराबिमै हुर्कदैछन् कलिला बचेराहरु ।

मलाई आजको हैन भोलिको चिन्ता लागिरहेछ
कसरी सुरक्षित हुन्छ भविष्यमा छोरीको अस्मिताहरु ।

ज्योति अनिश्चित ।
२०७५-०५-१५ 

बृस्तृत कसरी भनुँ ?

थाहा छैन जुन कुरा बृस्तृत कसरी भनुँ ?
बनाएर कुनै कहानी कथित कसरी भनुँ ?

मनमा केहि तर्कनाहरु आउँछन यदाकदा
मेरो मनोभावना हो फेरि रचित कसरी भनुँ ?

तपाईको भनाइमा केहि खास त अवश्य छ
डराएँ कि म ? अहँ हैन, त्रसित कसरी भनुँ ?

मानौ एकतर्फी नै सहि यदि चाह छ भने
निस्फिक्री भनिदिन्थे तर प्रीत कसरी भनुँ ?

मैले भावनाहरुलाई शब्दमा पोखिदिएँ
कसैले गाइदियो भने गीत कसरी भनुँ ?

मेरो स्वयं अन्तरमनको बिछिप्त बेदनाहरु
भन्नुहोस आफ्नै व्यथा अतित कसरी भनुँ ?

आफ्नै मनले जब धोका दियो नि दिज्यु
सुनाएर तपाइलाई मेरो हित कसरी भनुँ ?

ज्योति अनिश्चित ।
२०७५ भाद्र २९
दिवा १२:५१ बजे ।