Friday, September 14, 2018

बृस्तृत कसरी भनुँ ?

थाहा छैन जुन कुरा बृस्तृत कसरी भनुँ ?
बनाएर कुनै कहानी कथित कसरी भनुँ ?

मनमा केहि तर्कनाहरु आउँछन यदाकदा
मेरो मनोभावना हो फेरि रचित कसरी भनुँ ?

तपाईको भनाइमा केहि खास त अवश्य छ
डराएँ कि म ? अहँ हैन, त्रसित कसरी भनुँ ?

मानौ एकतर्फी नै सहि यदि चाह छ भने
निस्फिक्री भनिदिन्थे तर प्रीत कसरी भनुँ ?

मैले भावनाहरुलाई शब्दमा पोखिदिएँ
कसैले गाइदियो भने गीत कसरी भनुँ ?

मेरो स्वयं अन्तरमनको बिछिप्त बेदनाहरु
भन्नुहोस आफ्नै व्यथा अतित कसरी भनुँ ?

आफ्नै मनले जब धोका दियो नि दिज्यु
सुनाएर तपाइलाई मेरो हित कसरी भनुँ ?

ज्योति अनिश्चित ।
२०७५ भाद्र २९
दिवा १२:५१ बजे । 

No comments:

Post a Comment