Saturday, December 14, 2019

माग्नु इश्वरसँग।

कहिल्यै नसकिने वरदान माग्नु इश्वरसँग।
पाइन्छ गुमेको स्वभिमान माग्नु इश्वरसँग।

ज्यादै उच्च सोच र सौख राख्ने तिमी
नभमा शैर गर्न बिमान माग्नु इश्वरसँग।

जस्तै पसिनाको दुर्गन्ध अत्तरले काटेझैँ
मग्मगाउने सुगन्धित उद्यान माग्नु इश्वरसँग।

सायद भगवान पनि नियमबिरुद्द जाँदैनन्
जहिल्यै बैशमा रहने विज्ञान माग्नु इश्वरसँग।

पाइनौ भने केहि पनि यथार्थमा नमिल्ला
मिलेसम्म कृतिम मुस्कान माग्नु इश्वरसँग।

ज्योति अनिश्चित
२०७६-०८-२८ 

Monday, July 8, 2019

कोडिङ्ग एकमा हुँदा अर्कोमा डिकोड हुनुपर्ने हो ।

लाग्दैछ अहिले-"पहिल्यै विछोड हुनुपर्ने हो ।"
बिस्वास गुमेसी मायालुको विरोध हुनुपर्ने हो ।

दुख्यो छाती केहि दिन्, दुखाइन त्यस्पछी
मलाई हैन उनलाई पो पिडाबोध हुनुपर्ने हो ।

थाहा थिएन कति सजिलै भुल्न सक्दा रहेछन्
मलाई झैँ सपना देखाउनेको होड हुनुपर्ने हो ।

मैले पनि सुनेँ नाटकका प्रेमिल वार्तालापहरु
पराय जिन्दगीमा प्रस्तुती भने बेजोड हुनुपर्ने हो ।

हराए इन्स्टा फेस्बुक बन्द भए फोन नम्बरहरु
कोडिङ्ग एकमा हुँदा अर्कोमा डिकोड हुनुपर्ने हो । 

Saturday, July 6, 2019

तिमी प्यार जीन्दगीको ।

रमाइलो कुरा थियो सार जीन्दगीको।
न्यानो माया थियो अपार जीन्दगीको।

जुनझैँ टहटह शितलता र ज्योति दिने
सुनगाभाझैँ फक्रिएकी आधार जीन्दगीको।

बेइमानीको गन्ध पाइन तिम्रो साथमा
दिव्यरत्न अमोल तिमी प्यार जीन्दगीको ।

Friday, July 5, 2019

खरानी धसेर हेरेँ।

कसैको प्रतिक्षामा बसेर हेरेँ।
मन खुकुलो थ्यो कसेर हेरेँ।

म धरती छोडी उड्न थालेथेँ
वायु छोडी भुइमा खसेर हेरेँ।

उनको सामिप्यता हराएदेखि
नसाको दलदलमा फसेर हेरेँ।

किन बदलियो मन जान्नलाइ
ज्योतिषको घरैमा पसेर हेरेँ।

सायद मिल्ला कि उत्तर भनि
गेहेरु लगाइ खरानी धसेर हेरेँ। 

Sunday, May 26, 2019

आदत पनि थियौ ।।

कति मिठो लवज थियो खुबसुरत पनि थियौ।
मेरो जीवनको नामेट पाटो जरुरत पनि थियौ।

तिमीसँग प्रेम भयो जब जेष्ठ १५ पोहोर देखि
मेरो धड्कन सबै तिमी थियौ लत पनि थियौ ।

मङ्शिर २० र बैशाख २४ मा के भयो तिमीलाई
जीवनमा दाग रहिरहने कुरुप खत पनि दियौ ।

कति सजिलै भन्छौं प्रिया मलाइ भुल भनेर
तिमी मेरो प्रेम मात्र हैन आदत पनि थियौ ।।

ज्योति अनिश्चित ।
२०७६-०२-१२
दिवा १२:३४  

Thursday, May 23, 2019

ठुलै फड्को मारिन् भने उनले।

जिन्दगीमा ठुलै फड्को मारिन् भने उनले।
सपनाहरु सबै  साकार पारिन् भने उनले।

खुसी छु रे सुनाइदिनु हेरि उनकै सफलता
आफु चढ्न माथि मलाई झारिन् भने उनले।

म त माया गर्छु सँधै जान्दिन भो धोका दिन
माया मारी अन्तै बसाइ सारिन् भने उनले।

मरो पनि मुटु थियो अझै पनि माया गर्छ
माया हैन भुल हो भनि टारिन् भने उनले।

अझै पनि दुख्छ मूटु कहीँकतै सुने भने
शिखरथुम्कि नचुम्दैमा हारिन् भने उनले।

ज्योति अनिश्चित
२०७६-०२-०९  

Monday, May 20, 2019

तिम्रो प्रेम चड्यो मुटुमा।

मौनताको छुरा किन गड्यो मुटुमा।
तिमीतिरका पथ किन अड्यो मुटुमा।

प्यारी तिमी तिम्रो बोलीको ब्यग्रतामा
प्रतिक्षामा बसिरहेँ किन लड्यो मुटु‌मा।

म आफैँ लठ्ठ भएँ भन के छ तिमीमा ?
जब सुस्तरी तिम्रो प्रेम चड्यो मुटुमा।

ज्योति अनिश्चित।
२०७६-०१-१९ 

ज्योति मधुरो थियो ।

निभ्न लागेको थियो टुकी ज्योति मधुरो थियो ।
मुटुभित्र प्रेमको पाण्डुलिपी कथा अधुरो थियो ।

यो स्वार्थी छलछामको दुनियाँमा विकल्प नराखेर
निस्वार्थ प्रेम गर्‍यो सायद विचरो ववुरो थियो ।

खै किन हो एक्कासी आश्थाको धरहरा ढल्यो ?
न भूकम्प, न सुनामि, कारण अपुरो थियो ।

विश्वास र भरोषाको भग्नावषेशमा हेर्दा पनि
बुज्नै सकिएन त्यो रहस्य के चुरो कुरो थियो ?

ज्योति अनिश्चित
२०७६-०२-०६

Sunday, May 19, 2019

#भावपूर्ण_श्रद्धाञ्जली_माया #RIP

जेसुकै पनि हुन सक्छ आखिर कलि भो माया।
दुइको लागि मेरो खुसी तिलाञ्जली भो माया।

जगाउन नामेट प्रेम प्याला पिएँ उनलाइ देखेँ
बेहोसीमै सहि आँखाभरि झलझली भो माया।

अब गाउँदैन दुनियाँले तिम्रो मेरो चर्चा कहिल्यै
समिना नि सोइला भएछ खलबली भो माया।

हिजो प्रेम मरेपछि गंगाजलले अभिषेक गर्दिएँ
आज कोरामा छु हार्दिक श्रद्धाञ्जली भो माया।

नश्वर चोला जस्तै अनिश्चित रहेछ माया पनि
तथापि गजलरूपि पुष्पगुच्छा अञ्जली भो माया।

ज्योति अनिश्चित
२०७६-०१-३० 

यथार्थमा स्विकार्न सकिँदैन

कति कर्महरू चाहेर नि सपार्न सकिँदैन।
कति कुरा फेरि नचाहेर नि नकार्न सकिँदैन।
यो मन अनि दिमाग सदा विपरित भैदिन्छ
मनैले रोजेको यथार्थमा स्विकार्न सकिँदैन।

-- अनिश्चित। 

Thursday, May 9, 2019

बाँच्नै सारो बन्छ।

जब आत्मिय यारो पनि हत्यारो बन्छ।
तब पिडा आशुँ मुटुमा अनि धारो बन्छ।

म कसरी बुझौँ जिन्दगीको समिकरण
जब प्रेमको जोडघटाउ नै गाह्रो बन्छ।

मुटुनेरको फिलिङ्गोले जलायो भरोषा
खरानी हुन्छ सबैतिर अँध्यारो बन्छ।

हजारौँ ठक्कर खाइ ढुङ्गा गोलिन्छ
गोलिदैन जिवन बाँच्नै सारो बन्छ।

२०७६-१-२६
ज्योति अनिश्चित। 

Friday, March 29, 2019

पोखिदिन्छु मनको बह ।

रसाउँदा आँखा सानु तिम्रो भरिएथ्यो मेरो गह ।
तिमी सामु फुकाउँदै छु पोखिदिन्छु मनको बह ।

म निदाउँछु अनि देख्छु तिमीलाई आँखा अघि
तिम्रो मुहार उदाउँछ पुर्णिमाको जुनझैं टहटह ।

म तलाउको निर्मल पानी स्वतन्त्र  पन्छी तिमी
उड्यौ मैमाथि प्रतिविम्बित भयौ मनको दह ।

म बनुँला आँधीबेरी तिमी हिमाल बनिदिनु
मजबुत होस हाम्रो सम्बन्ध नहोस् भयाभह। 

Monday, March 25, 2019

पिडाबोध भएको छ ।

पहरासँग टाउको ठोक्काउने होड भएको छ ।
मेरो छवि विगार्न कोसिस बेजोड भएको छ ।

लाग्छ ठुलो दुर्घटनामा परे हिजो अस्तिका दिन
मृत्युशैयामा छु दायाँ हातको विछोड भएको छ ।

खरानी पेलेपछी निस्किएको तेल नसानसामा छ
अब भन्नुहोस मलाई कति पिडाबोध भएको छ ।

ए लाल्छना, सकस, तनाव र सन्नटा कता छन ?
आओ दगुराओ यो शरीरमा जो रोड भएको छ ।

धेरैको गुनासो मेटियो होला आजको मेरो स्थितिले
नसोध किन भनि जिवन यो तीखो मोड भएको छ ।

२०७५-१२-११
१२:३० AM

बोलेको थिएँ ।

त्रासदिपुर्ण थियो र त बोलेको थिएँ ।
बोलेनन् कोही नि म त बोलेको थिएँ ।
सत्य ओकलिन्छ भनेर मौन रहे सबै
म भट्टी छिरेको बखत बोलेको थिएँ ।

आउँला प्यारो बनी ।

आशा उमारेर मनमा निमोठ्यौ हत्यारो बनी ।
दियौ चेतनाको उज्यालो आयौ अध्यारो बनी ।
"अ म्यान कान्ट सर्भ टु मास्टर्स " थाह नै होला
उल्जन यो पारलाईदेउ भोले आउँला प्यारो बनी ।

सलह सरि भो ।

दुख हजारौं सलह सरि भो ।
मेरो बोली नै कलह सरि भो ।
मुस्कानको खेती गरेथें सायद
आँशुको बाली लहलह सरि भो ।

धुँवा नै प्यारो साथी।

धुँवा हुने जिन्दगी यो धुँवा नै प्यारो साथी।
आऔँ तानौ एक सर्को उडौँ आकाश माथि।

विछिप्त मन भारी शरिर निद छैन आँखामा
दुई चार प्याला पिउँ कि ? अहिले मध्यराति।

न कसैले देख्ने न थाहा पाउने, शिव-प्रसाद
नखानु तर खाइहाले पनि मध्यराति नै जाती।

1:00 AM
Shivaratri.