Sunday, September 17, 2023

ड्यासिङ्ग डन

कति निस्चल अनि निष्पक्ष व्यवहार तिम्रो।
रुवासरि हलुका मन अनि उस्तै उदार तिम्रो।

नारीको ३२ सै गुणले परिपुर्ण तिमीलाइ हेरी
मायाको अर्को परिभाषा हुन्छ इजहार तिम्रो।

हार्दिकता छ सदैव मनमा प्रेम राग मुटुभरी
राखेर आखामा स्वप्ना हाँसो मुहार तिम्रो।

जीवन ज्योतिर्मय हुन्छ तिम्रो साथ हुँदा 
खास छौ तिमी अद्भुत छ निखार तिम्रो।

"ड्यासिङ्ग डन " कोहि हो भने तिमी हौ
कामना छ उच्च रहोस सधै विचार तिम्रो ।

समर्पण 
रचना - ज्योति अनिश्चित