Sunday, December 31, 2017

हेरी बिर्सिदिएँ ।

नक्षत्रमा लाखौं तारा जुनलाई हेरी बिर्सिदिएँ ।
मेरा अतितका प्रेमकथा उनलाई हेरी बिर्सिदिएँ ।

आलाप र शब्द खड्किरह्यो तैपनि सुनिरहेँ
संगीत बेजोड थियो ; धुनलाई हेरी बिर्सिदिएँ ।

दुस्मनहरु भन्दा पनि आफन्तबाटै रिस उठ्छ
अनि आफै सम्झाउछु खुनलाई हेरी बिर्सिदिएँ ।

सिलस्वभाव र लवज बडो खास लाग्छ मलाई
चाहिन्न सृङ्गार अनि सुनलाई हेरी बिर्सिदिएँ ।

सयौ बार नराम्रो होस अन्तिममा ऊ झुक्छ भने
प्रायस्चित हो ठुलो कुरा गुनलाई हेरी बिर्सिदिएँ ।

वुवा आमालाई सुनाइदिनु ।

वुवा आमालाई मेरो प्रणाम सुनाइदिनु ।
सोध्नुभएछ भने मेरो नाम सुनाइदिनु ।

घर जाँदै छौ प्यारी शुभयात्रा तिमीलाई
यात्रा सफल रहोस आराम सुनाइदिनु ।

सँगै जान मन थियो सानु घुमेर आउथें
व्यस्त छु म सोधपत्र  काम सुनाइदिनु ।

ठिकै छ छोरी घर कहाँ भन्नु भो भने
झापा सुरुङ्गा हो भनि गाम सुनाइदिनु ।

पहिलो तिमी हैनौ

पहिलो तिमी हैनौ अन्तिम प्रीतमा तिमी हुन्छौ ।
तिमी अघी म पछी लगन रीतमा तिमी हुन्छौ ।

म हारमा पनि रमाउँला सानु यदी मैले हार्दा
मिल्छ भने तिम्रो खुशी अनि जीतमा तिमी हुन्छौ ।

अब लाग्छ आँखा बन्द गरी तिम्रो भर पर्न सक्छु
तिमी मेरो आत्मा हौ मेरो हितमा तिमी हुन्छौ ।

जानी नजानी दुइ चार शब्द कोरेँ भने विजया
प्रत्यक हरफ पङ्ती गजल गीतमा तिमी हुन्छौ ।

Sunday, December 24, 2017

अवश्य छ ।

छ मनभित्र केहि खास त अवश्य छ ।
मुहार चम्काउने प्रकाश त अवश्य छ ।

कहिले यती हलुङ्गो भइदिन्छ कि मन
लाग्छ भित्र मुलायम कपास त अवश्य छ ।

कसैलाई देख्दा लाग्छ मुटु विनाको झैँ
अलिकती भए नि सन्त्रास त अवश्य छ ।

थोरै पाए बढि खोज्छ,बढि पाए सारा
शुन्यता भित्र पनि आश त अवश्य छ ।

प्रेमिल मनहरुको कुरा सुनेर सोच्दैछु
मनभित्र पनि वतास त अवश्य छ ।

यो मन र मस्तिस्कले चलेको पुर्जा हो
जीवन पनि छ लास त अवश्य छ ।


ज्योति अनिश्चित । 

Monday, December 18, 2017

हुन्न र ?

भुलेर उनलाई तिमीलाई मन पराउनु हुन्न र ?
एउटा नमिठो सपना भनि भुलाउनु हुन्न र ?

देखिन मैले हवेलीको सपना हावामा शैर गर्ने
प्रीतको खातिर तिम्रो समिप आउनु हुन्न र ?

सुनाउन चाहे सुनाएँ मैले माया लाएको कुरा
तिनै अतित सम्झी नयन रुझाउनु हुन्न र ?

म पृथक छु सानु सानो कुरा नि गड्छ मनमा
कहिलेकाँही त्यसै सिरानी भिजाउनु हुन्न र ?

वियोगका गीत कती लेखे कती गाएँ पनि
मिलनको गीत तिम्रोबारे सानु गाउनु हुन्न र ?

तिम्रोबारे जानी सबै मनभित्र राख्न खोजेँ
मन पराएर तिमीलाई माया लाउनु हुन्न र ?

के चाह छ ?

रिपु वा आफ्नोपन के चाह छ ?
प्रतिष्ठा वा पापीधन के चाह छ ?

सबै यस्कै पछी हिँडेको देख्छु
सौन्दर्य वा यौवन के चाह छ ?

मसँग हमेसा हवेली नहुन सक्छ
चौतारी वा सिंहासन के चाह छ ?

तिमी कस्तो माया चाहना राख्छौ ?
पुष्ट वदन वा मन  के चाह छ ?

पुर्विय संस्कृती या पश्चिमी संस्कार
कस्तो रहन सहन के चाह छ ?

ज्योति खतिवडा अनिस्चित ।

Thursday, December 14, 2017

मन प्रफुल्लित भएछ ।

विस्तारै यो मन तिमीतिर आकर्षित भएछ
जसरी हृदयभरि तिम्रो खातिर प्रीत भएछ

यावत तथ्य प्रमाणहरु जुटाइदिन सक्छु
भन्नसक्छु प्रेमको आकुरण तिमीसित भएछ

ट्युलिप जस्तै हाँसीराख्ने उद्यानमा फुलेकी
टपक्क टिपुँलाग्ने सानी मन प्रफुल्लित भएछ

राम्री लाग्छ पो प्रेम भयो तिमिसँग विजया
इच्छा मेरो तिमीसँगै जिउनेमर्ने निहित भएछ

Wednesday, December 13, 2017

उनको सामिपमा ।

चन्द्रमाको सितलता मिल्यो उनको सामिपमा ।
न्यानो माया अनि साथ छरियो मधुरो दिपमा ।

दाखिला म गर्न सकुँला जुन र तारालाई पनि
ढुङ्गाले पनि सायद बोल्ला मन्दिर मस्जिदमा ।

गासेर यो नाता प्रेमको आत्मियता दृढ होस्
नारी उनी सर्वगुण सम्पन्न अनेकौ सिपमा ।


Saturday, December 9, 2017

आउँला सानु ।

नयनपोखरीबाट आँशु सुकाएर आउँला सानु ।
तिमी हुन्छ भन समय रुकाएर आउँला सानु ।

माफ गर प्रीयसी मलाई अन्जानमा भुल भए
तिमी सामु पर्दा नजर झुकाएर आउँला सानु ।

तिमीलाई बुझ्न चाहेँ जसरी म प्रस्तुत भएँ
बुझी जान्न दिए छाती फुकाएर आउँला सानु ।

तिमीलाई माया गर्छु श्रद्धा गर्छु बिस्वाश गर्छु
त्यसैले त गल्तीहरु लुकाएर आउँला सानु ।

तिम्रो मेरो बुझाइ फरक पनि त हुन सक्छ
त्यस्तै परे सत्यतालाई चुकाएर आउँला सानु ।

ज्योति अनिस्चित
समर्पण 

तिमीसँग ?

कसरी यति छिटै प्रेम भयो तिमीसँग ?
रुकाएर धड्कन कता गयो तिमीसँग ?

नारी तिमी फुलजस्ती कोमल र पवित्र
धिरजकी प्रतिमुर्ती धैर्य रह्यो तिमीसँग ।

तारा जून फिका लाग्छ सगर सारामा
लजाएर पवन साथै बहयो तिमीसँग ।

रचना - ज्योति अनिश्चित । 

पाइयोस् सानु ।

हेरेर तिमीलाई समिपमा छुन पाइयोस् सानु ।
तिमी रोएको पल तिमिसँगै रुन पाइयोस् सानु ।

जिन्दगिको कुनै मोडमा मन दियेँ भने मेरो,
म मुटु अनि तिमी धड्कन हुन पाइयोस् सानु ।

लाग्छ तिमी आफै हौ पर्यायवाची सालिनताको
मागे यदि वर रश्मी भने जुन पाइयोस् सानु ।

तिमिसङ प्रेम भयो आत्मिय लाग्यौ  र पो
तिम्रो सिउँदो सजाउने गुन पाइयोस् सानु ।

थाहा छैन हाम्रो मिलन सम्भव होला नहोला
साथै नभए फेरि जन्म पुन: पाइयोस् सानु ।

गर्दै भन्दै गारो हुन्छ, तिक्तता आउन सक्छ
प्रस्ट्याएर मनको मैलो धुन पाइयोस् सानु ।

समर्पण
रचना ज्योति अनिश्चित ।



Saturday, December 2, 2017

आँखाहरु ओछ्याइदिएँ

आँखाहरु ओछ्याइदिएँ तिमी हिड्ने बाटोभरी ।
बृक्ष वर सम्झनाको आबु लगाइदिएँ कसोगरी ।

तिक्तता कहिल्यै नआओस् यो हाम्रो सम्बन्धमा
पौडी आएँ आस्थाहरु छिचोलेर नयनपोखरी ।

डेग दृढ होस् दाजु बहिनीको माया भरोषाले
लहरी फैलिरहोस् बाटिकामा सधैभरी सरोबरी ।

समर्पण
रचना - ज्योति अनिश्चित । 

अम्बु रातो सारीमा

कती राम्री देखिएकी अम्बु रातो सारीमा
फुलेछ रातै मुस्कान ओठको फुलबारीमा ।

सानो वदन अनि ठुलो मनको धनी तिमी
कस्ती हुन्छौ होली तिमी वेहुली सृङ्गारीमा ।

जुनै पो हो कि मुहार शितलताको प्रतिक
लाग्छ केहि क्षण बसौ त्यसकै छहारीमा ।

थाहा भएन मलाई, के मोह लाग्यो खै ?
तिमी नै तिमी मात्र देख्छु म वारीपारीमा ।

तिमी अम्बे तिमी देवी लक्ष्मी र पार्वती
सायद अवतार नै हौ कि तिमी नारीमा ।

समर्पण -
रचना - ज्योति अनिश्चित ।



Tuesday, November 28, 2017

मायाको शहरमा ।

आँखा खुल्यो तस्विर छायो तिम्रो नजरमा ।
ओठ खुल्यो मुस्कान छायो तिम्रो अधरमा ।

प्रियसी तिम्रो सालिन्यता र विस्वसनियताले
हृदय चियायो प्रेम पलायो मायाको शहरमा ।

तिमी प्रेम तिमी माया मेरो तिमी हितैषी पनि
चाहान्न तिम्रो आँखाबाट आशु कुनै प्रहरमा ।

शब्दको अलङ्कारले सजाउँ कि तिमीलाई
प्रियसी तिमी मेरी भनिदिउँ कि सानु बहरमा ? 

Saturday, November 25, 2017

सानीलाई शुभकामना छ ।

मेरो मुटुको धड्कन सुन्ने सानीलाई शुभकामना छ ।
मेरो टुक्रीएको मन बुज्ने नानीलाई शुभकामना छ ।

थाहा छैन यति चाँडै कसरी आत्मिय लाग्यौ तिमी ?
साँच्चै आफ्नोपन लाग्ने ज्ञानीलाई शुभकामना छ ।

बोलीमा के होला ? जादु या मोहनी त पक्कै छ
त्यस्तो सुवचन बोल्ने खानीलाई शुभकामना छ ।

तिमीसँग प्रेम भयो, भगवान विष्णुपार्वतीको जस्तो
माया तिम्रो झनझन् लाग्ने रानीलाई शुभकामना छ ।

उही तिम्रो प्यारो दाजु
ज्योति अनिश्चित ।



Friday, November 24, 2017

कुरितीको जालो अब

यो समाजमा मैले धेरै कुरा नियाल्नु छ ।
भाच्चिएको मनलाई मैले नै समाल्नु छ ।

त्यो समाजले यदि चोखो माया बुज्दैन भने
कुरितीको जालो अब जरैबाट उखाल्नु छ ।

हुन्न भन्थे पहिले जो जमानासँगै बद्लिसके
सबैलाई मान्य हुने साझानिती अँगाल्नु छ ।

परिवर्तन हो पहिले आफैबाट सुरु गरी
नवसमाजको बलियो जग पनि बसाल्नु छ । 

Thursday, November 23, 2017

रक्तसंचार तिमी हौ ।

यो शरिरको रक्तसंचार तिमी हौ ।
स्वंयको जिउने आधार तिमी हौ ।

म झुट बोल्दिन तिमी पहिलो भनि
तर मेरो अन्तिम प्यार तिमी हौ ।

तिमीबाटै प्रभावित छन् सारा सपना
मेरो हारजीतको ओस्कार तिमी हौ ।

करुणाकी देवी अनि सुन्दर्ताकी खानी
लवलिन अनि माया अपार तिमी हौ ।

कसैले सोध्लान् तेरो खुशीको राज के ?
भनिदिन्छु मेरो सारा झंकार तिमी हौ ।

Wednesday, November 22, 2017

नमग्मगाए हुन्थ्यो ।

यो मनलाई यति चन्चल नबनाए हुन्थ्यो ।
विधाताले तिमीसँग भेट नगराए हुन्थ्यो ।

लाग्छ विछोडका गीत सबै मेरा हुन्
कसैले नि विरहका गीत नगाए हुन्थ्यो ।

हामी खोलीको दुइ किनार भइसक्यौं
सपनीमै सहि मेरो हात नसमाए हुन्थ्यो ।

तिमी जुन रहरले यहाँ फुलेकी छौ
विन्ती मेरो वरिपरी नमग्मगाए हुन्थ्यो ।

आजकल तिमीलाई देख्न तिमी चाहिन्न
जुन फेरि आकाशमा नउदाए हुन्थ्यो ।

यो मन किन कठोर नभएको होला ?
तिमी छँदा पनि माया नलाए हुन्थ्यो ।

तिम्रो यादको खुत्रुके फोड्न चाहन्छु
वारम्वार तिम्रो याद नआए हुन्थ्यो ।

ज्योति अनिश्चित ।





Tuesday, November 21, 2017

हैन भने तिमी मलाई के माया गर्छौ ?

प्रत्यक दिन
प्रभातमा लाली पोतिए सँगै
तिमी रात भरी
मलाई नि अङ्गालोमा बाँधेको
सपना बाट बिउँझेर
केवल  "शुभ प्रभात"
भनि सुरिलो ध्वनी सुनाउन
मलाई फोन गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

तिम्रा परेली उग्रीदै
पोतिएको गाजल  सफा गर्दै
नयाँ जोश र उमाङ्गका साथ्
कहिल्यै नमैलिने मुटु बोकी
आज फेरी कहाँ भेट्ने भनि
कल्पिदै
त्यही कल्पनालाई
आँखाको नेत्रपटलमा कैद गर्दै
ती सारा कल्पनालाई
सत्चरितार्थ प्रस्तुत गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?


तिमीले भनेको समयमा
नपुगुँला ।
मेरा हजारौ कारण देखाएर
तिम्रो सामु
घुँडा टेकी
हातमा एउटा रातो गुलाफ्
दिएर क्षमा मागौँला ।
त्यो बेला
सारा कुरा बिर्सिएर
मप्रती नै समर्पित तिमी
मेरा
सम्पूर्ण गल्तिहरुलाई
माफी दिदै
हातमा रहेको
गुलावको फुल स्विकार गर्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

मेरो ब्यस्ततम् समयमा
म तिमी बाट
टाढा हुन सक्छु ।
तिमीलाई घन्टौ सम्म
विना सम्पर्क
हाम्रै उज्जवल भविष्यको
परिकल्पना लाई
मुर्त रुप दिन
म अनवरत खटेको हुन सक्छु ।
त्यो बेला
मेरै पर्खाइमा
आँखाका नानिहरुलाई
पर क्षितिजमा छर्दै
तिम्रो कर्ण
मेरो वाणी सुन्न आतुर राख्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

कसैले मेरो बारेमा
राम्रा नराम्रा कुराहरु
सुनाइदिन सक्छन ।
त्यो बेला
मेरो  बारेमा
अलिकती पनि
शंका नगरि
पछी त्यस्तै खुशीको क्षणमा
मलाई कत्ती पनि नलुकाइ
सुनेका सबै कुरा भन्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?
तिम्रो दुखको
या सुखको घडीमा
पलपल
मैले सम्झिए झै
मलाई सम्झिरहन सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

तिमी निदाउँदाको क्षणमा
दिनभरिका तिता मिठा
कुराहरुबाट
तिक्तता हटाइ
केवल समधुर सम्बन्धको लागि
मिठा मिठा बातहरुमात्र
सम्झनाको खुत्रुकेमा
सुरक्षित राख्न सक्छौ ?
हैन भने तिमी मलाई के माया गर्छौ ?

ज्योति अनिश्चित ।


हितैषी भइराख्नु ल!

तिम्रो तस्विरबाट नजर हटाउनै सकिन ।
घटाउँछु भन्थे माया घटाउनै सकिन ।

म सारा ब्यथा बोकेर हिड्न सकुँला
तर तिम्रो ब्यथा भने अटाउनै सकिन ।

तिमी सदा मेरो हितैषी भइराख्नु ल!
तिम्रो साथबिना समय कटाउनै सकिन ।

मेरो प्रेमवाचा हैन यो,साथीत्व स्विकार्नु
शब्द सिमित थियो अरु जुटाउनै सकिन ।

Monday, November 20, 2017

जुन र उनी

उदाएर जुन पनि मेरो कोठामा चिहाउँछ ।
सुन्सान यो रातमा उनकै सम्झना आउँछ ।

जुनलाई हेर्दै म मेरी मायालुको सम्झनामा
कोर्छु खाली पाना काफिया आफै जुराउँछ ।

जुनतिरै फर्किएर कल्पनाको सिउँदो काटी
भरिदिन्छु लालीकिरण के विधी सुहाउँछ ।

उनी रिसाउँदको बखत लाग्छ जुन बेला
झ्याउँकिरीले पनि विरही गीत सुनाउँछ ।

जुन र उनमा म केहि खोट देख्दिन
जसरी रश्मिले जुनको दाग लुकाउँछ ।

उनमा पनि केहि खास त अवश्य छ
मानौ जुनकै टुक्रा धरतीमा जग्मगाउँछ ।

समर्पण
ज्योति अनिश्चित ।



Saturday, November 18, 2017

मन दुखेको हुन्छ ।

खुशीहरु साना कुरामा लुकेको हुन्छ ।
बोल्दैन भने सोच्नु मन दुखेको हुन्छ ।

मैले सारा व्रह्माण्ड घुमेर थाहा पाएँ
कि पढेर कि त परेर बुझेको हुन्छ ।

आमा आँखा हेरेर भन्नु हुन्थ्यो कहिले
ऊ अनिदो थियो कि त रोएको हुन्छ ।

मन पढ्न सक्छ नि आफ्नु ठान्नेले
जोसँगको आत्मिय नाता टुटेको हुन्छ ।

बरु आखाबाट बगाइदिनु बन्द कोठामा
खुसी देखिनेको रुमाल भिजेको हुन्छ ।



असिनपसिन भएछ ।

चुर्लुम्म रौसीमा डुबेको हप्ता दिन भएछ ।
नशा चढेसी अनि जिवन रङ्गिन भएछ ।

बाहिरी दुनियामा के हुँदै छ थाहा छैन
चुरोटको धुवा मात्रै मेरो अधिन भएछ ।

यो शरिरले पानी नदेखी मैनौ बितिसक्यो
सायद नुहाउनु भन्ने कुरा प्राचिन भएछ ।

रुमाल भिजाएर आज हल्का मुख पुछियो
लाग्दैछ मेरो जिवन पनि नविन भएछ ।

यसो ढल्केको झ्याप्प निदाइयो हत्तेरिका!
के सपना देखियो असिनपसिन भएछ ।

ज्योति अनिस्चित । 

Thursday, November 9, 2017

के गर्छौ तिमी ?

राखेर फगत बातहरु के गर्छौ तिमी ?
झरेको झारपातहरु के गर्छौ तिमी ?

तिम्रो जिदका अघि म सक्दिन केहि
शब्दपुष्प सौगातहरु के गर्छौ तिमी ?


मलाई थाहा छ, मान्य हुने छैन
तैपनि वार्तालापहरु के गर्छौ तिमी ?

स्वयं थाहा छैन किन लगाएँ भनि
विगतका मधुभावहरु के गर्छौ तिमी ?

मान्दै मान्दैन यो मन नराम्रो थिएन
नराम्रो आलापहरु के गर्छौ तिमी ?




  

Wednesday, November 8, 2017

भेटुँ कसरी ?

पुर्णिमाको जुनलाई म नदेखुँ कसरी ?
नदेखेको माया मेरी उनलाई भेटुँ कसरी ?

म माया गर्छु उनलाई तर उनी गर्दिनन्
दाखिला गरी मनमा माया लेखुँ कसरी ?

हाललाई म एउटा समस्यामा गुज्रीरहेछु
लगातार आउने उनको याद छेकुँ कसरी ? 

के समावेश गरौ म ?

मान्दैन यो मन के आदेश गरौ म ?
तिमी नै नरहे के समावेश गरौ म ?

म आफै हत्यारो भएर आफैको यहाँ
अब आफै विरुद्द के केश गरौ म ?

मन शुन्य रह्यो आस्था जुन टुटेपछि
विश्वासै भएन अब के पेश गरौ म ?

कसरी मनाउँ आफैलाई ढाँटेर संघी
एक्लै भएसी फेरि के रेस गरौ म ?

मेरो छाया पनि मन पर्दैन भने
स्वयं कसरी अनि के फेस गरौ म ?

Monday, November 6, 2017

प्रेमिल मुटु चाहिदो रहेछ ।

कसैलाई माया गरी पागल उपनाम पाइदो रहेछ ।
लाउन्न भन्दा पनि माया छोटो पलमै लगाइदो रहेछ ।

माया बिज हुँदै होईन, पलाउनलाई समय चाहिने
हुन्छ माया आफै बरु प्रेमिल मुटु चाहिदो रहेछ ।

तिम्रो रुप हेर्या हैन ,तिम्रो यौवनको चाह छैन
हुन्न भन्छौ माया बारबार मुटुलाई रुवाइदो रहेछ ।

भरोशा ,विश्वासको र सौन्दर्यताको त्रीमुर्ती भन्थे
होइन रहेछ जिउँदै यहाँ मनमुटु जलाईदो रहेछ । 

आगोको फिलिङ्गो हुन्छ ।

बोकेर मनमा कुराहरु मन गरुङ्गो हुन्छ ।
जब गुम्सिन्छ मनभित्र अनि ढुङ्गो हुन्छ ।

मनमा लागेका कुराहरु खोल्दै जानु तिमी
सम्भव त मन शान्त अनि हलुङ्गो हुन्छ ।

तिमीलाई थोरै शंका लाग्यो भने पनि भन्नु
नभए त्यही कुरा आगोको फिलिङ्गो हुन्छ ।

म बुज्दिन केहि पनि यदी भनेनौ भने
जब भन्छौ अनि सबै कुराको टुङ्गो हुन्छ ।

चलिराकै छ ।

उमेर दिनदिनै ढलिराकै छ ।
समयले मलाई छलिराकै छ ।

तिमी तल म माथी भएपनी
नबोलेरै जिन्दगी चलिराकै छ ।

सोध्नेलाई सोध्छन के सुनाउ खै
मुटुभित्र आगो बलिराकै छ ।

ए संघी नभन मलाई दृढ भनेर
माटो गलेसारी तन गलिराकै छ ।


Friday, October 27, 2017

सताउँछ रे ।

अस्थिर हुन्छु म, त्यही हालचालले सताउँछ रे ।
कहिलेकाँही त्यसै व्यर्थ अवगालले सताउँछ रे ।

आफु भने उनको हालखबरबारे सोधिरहन्छु
फेरी उनलाई भने त्यही सवालले सताउँछ रे ।

आँटै भएन सिमा नाग्न, सिमानामा पुगी आएँ
लगाइएको बिचको त्यो पर्खालले सताउँछ रे ।

मनको कुरा कहिल्यै गोप्य रहेन त्यसैले त
भयो हाम्रो पवित्र नाता बबालले सताउँछ रे ।

Wednesday, October 25, 2017

समर्पण तिमी हौ ।

प्रभातमा छरिएको रातो किरण तिमी हौ ।
अपार यो माया दिने बिज कण तिमी हौ ।

थिइन रे पहिले यस्तो भन्छन साथीभाइ
परिवर्तित स्वंयको पहिलो लक्षण तिमी हौ ।

म मैन झै पग्लिएछु तिम्रो सामु यदा कदा
मन नै पगालिदिने अचुक लवण तिमी हौ ।

तिम्रै वरिपरी पाउँछु संसारका सारा खुशी
तिमी सगर तिमी सिन्धु मेरो भ्रमण तिमी हौ ।

चाह मेरो भए पनि मिलन हाम्रो सम्भव छैन
तर पनि यी प्रेमिल भावमा समर्पण तिमी हौ ।

समर्पण
ज्योति अनिश्चित ।

लवलिन उनी

लक्ष्य अनि आफ्नो जिम्मेवारीवोध भएकी ।
मिलनसार धेरै तर पनि थोरै क्रोध भएकी ।

नेत्रपटलमा उनको तस्विर कैद भइसकेछ
पारदर्शी व्यहभार अनि प्रतिसोध भएकी ।

लवलिन उनी फरासिली अनि हसिली पनि
प्रेरणादायी उनी कुसंस्कार विरोध भएकी ।

समर्पण
ज्योति अनिश्चित ।

Wednesday, October 18, 2017

हत्यारो भएर ।

आफ्नै मुटुको हत्यारो भएर ।
वैगुनीकै अति प्यारो भएर ।

व्यग्रता मनको नाप्न नसकेर
फालिदिएँ आफै झटारो भएर ।

तिमीले छोड्यौ यादले छोडेन
आँखाअघी तिमी तुसारो भएर ।

नैरास्यता मात्र आज पाएछु
प्रेमिल वार्तालाप उधारो भएर ।

सायद तिमीलाई मैले बुझिनछु
माया गर्न मलाई हतारो भएर ।

ज्योति अनिश्चित  

ढुङ्गामाटो देख्दा पनि

ढुङ्गामाटो देख्दा पनि कौतुहल हुन्छ ।
अनवरत लगनले मात्र कोही सफल हुन्छ ।

जब तिमी मेरो सामिप्यबाट टाढा हुन्छौ
अनी त कमिबाट मेरो माया प्रवल हुन्छ ।

जहाँ जाउँ त्यहाँको वायुमा तिमी पाउँछु
सायद पाइनछु भने ठुलै हलचल हुन्छ ।

म मेरो भावना समेटेर पाना रङ्गाउँछु
काफिया मिल्छ अनि त्यो गजल हुन्छ ।

ज्योति अनिश्चित  

Monday, September 18, 2017

माया


कि त मायासँग माया घुलाउनु पर्छ ।
हैन भने त्यो मायालाई भुलाउनु पर्छ ।

मायामा आधार हुन्छ अनि भरोशा पनि
यी यावत कुराहरु सबै खुलाउनु पर्छ ।

मायामा मायाकै आश जहिल्यै नराख्नु
धोका भए धोकाले नै सुलाउनु पर्छ ।

तिमीले माया गर्नेले वास्तै गरेनन् भने
मनलाई जसोतसो अन्तै डुलाउनु पर्छ ।

एउटा कुरा याद राख जस्तालाई त्यस्तै
रुवाउने मायालाई पनि रुलाउनु पर्छ ।

तर प्रेम यदी निस्चल छ भने संघी
वाटिकामा प्रेमिल फुल फुलाउनु पर्छ ।

आखिर प्राप्ती मात्र हैन रहेछ माया
त्याग पनि हो भनि फुल्याउनु पर्छ ।

Sunday, September 17, 2017

खोजीमा ।

दियो नजल्ने एउटा मन्दिरको खोजीमा ।
आफ्नो भाग्य देखिने तस्विरको खोजीमा ।

म पच्चिस वर्षदेखी अनवरत हिँडिरहेछु
मनलाई पनि बाध्ने जन्जिरको खोजीमा ।

सम्पन्नताले आखिर अन्धो बनाउँदो रहेछ
करुणाको दृष्टी हुने फकिरको खोजीमा ।

म पोत्न चाहन्छु सबैमा समानताको रङ्ग
पोतेपछी केहि नछुट्टिने अविरको खोजीमा ।

मेरो खोजी कहिले पुरा हुने हो कठै
जुनी बित्नेभो आफ्नै तक्दिरको खोजीमा ।

कहाँबाट ।

निर्दयी काल आउँछ छिपेर कहाँबाट ।
आइ लान्छ टपक्क टिपेर कहाँबाट ।

हिजोसम्म जग्मगाउने त्यो आँगनीमा
हरायो रश्मी औशी लिपेर कहाँबाट ।

मन उदास भयो स्वंय नितान्त एक्लो
रोप्यो मुटुमा कसरी खिपेर कहाँबाट ।

Saturday, September 16, 2017

कहिलेकाँही ।

प्यारो यो जिन्दगीदेखी हार्छु कहिलेकाँही ।
स्वप्न गगनमा मृत्यु स्विकार्छु कहिलेकाँही ।

अतितले नमिठोसँग झस्काइदिन्छ मलाई
त्यसैले त उनका याद बार्छु कहिलेकाँही ।

ए मन उनको याद बोकेर किन सताउँछस्
अनि त आफ्नै मन पनि मार्छु कहिलेकाँही ।

म रोए होला हिजो रुनुको कारण अर्कै थियो
तर आज अनायसै आशु झार्छु कहिलेकाँही । 

Tuesday, September 12, 2017

सकस ।

मनभित्र पिडा लुकाए पनि सकस ।
कसैसँग कुरा फुकाए पनि सकस ।

नयन रसाएपछी मात्रै पत्याउँछन्
आँखाभित्रै आशु सुकाए पनि सकस ।

सबैसँग झुक्न पनि जान्दिन के गरुँ
कसैसँग शिर झुकाए पनि सकस ।

कसैले गुन लगाउने मौकै दिदैनन्
कसैको भने गुन चुकाए पनि सकस । 

Wednesday, September 6, 2017

आफ्नोपन थिएन ।

आँखा मसँग थियो नयन थिएन
मुटु मसँग थियो धड्कन थिएन

स्वंय अधुरो थिएँ यता किन कि
तन मसँग थियो तर मन थिएन

छन् धेरै आफ्ना भनाउँदाहरु सबै
आफन्तहरु थिए आफ्नोपन थिएन

मैले पनि माया लगाइरथेँ एकफेर
तर त्योबेला यस्तो तड्पन थिएन

आफैले तोडिदिए त्यो व्यर्थ नाता
जहाँ छल थियो सत्यवचन थिएन

तिमीसँग प्रेम भएदेखी खुशी छु
यद्यपि हामीबिच आवागमन थिएन

एकतर्फी नै सही स्वंय अडिग छु
मानौ तिम्रो आस्था विचलन थिएन

सबै स्विकार्य मलाई तर तिम्रो
मौनाता भन्दा अर्को कफन थिएन

यही एउटा कुरा गड्छ मुटुमा सँधै
नभए मुटुमा अरुकेही जलन थिएन

ज्योति अनिश्चित




साहित्य साधना हो

साहित्य साधना हो
सिर्जना भावना हो

कल्पनाको वर्षाहरुमा
स्म्रिती प्रेरणा हो

प्रेम पुजारीहरुको
बन्दना अर्चना हो

प्रक्रिती सहेलीहरुमा
नर्वदा झरना हो

कुसुम करुणाहरु
श्रद्दा अर्पणा हो

स्वप्नकी अप्सराहरु
सदा सर्वदा हो 

Monday, September 4, 2017

Dohori in muktak.

ज्योति :
सुन पुनम तिम्रो यादले सारै नै सतायो
लाखौ मेरा प्रेमरत्न वाणी खै कता हरायो ?
निस्चय पनि लाएको माया भुल्न सक्दिन
तिरस्कारै गर जे गरे पनि मोहनी जगायो

पुनम:
अव्यक्त हुन्छु तपाइको सवाल आएर के भनुँ ?
बुझ्छु तपाईंको मनको हाल लाएर के भनुँ ?
भिन्न छु है भन्दिन ,  मलाई नि बुझ्नु
प्रेमको माला लाएर अवगाल पाएर के भनुँ ?

ज्योति:
बुझेको छु धेरथोर मैले नि अफ्ट्यारो पर्दिन।
आफु जली जलाउँला दिप अध्यारो पार्दिन
कुन सवाल मैले गरेर पैले अव्यक्त भयौ नि
तिम्रो इच्छा तिम्रो खुशी झन गाह्रो पर्दिन

पुनम:
बुझेको छु तपाइको भाव भन्न सक्दिन
तपाईंको माया धेरै नै गन्न सक्दिन
मनमा सन्देह केहि छैन तपाईंको बारेमा
श्रद्धा गर्छु तर प्रेमिका बन्न सक्दिन

ज्योति:
विश्वास नि गर्ने तर माया नहुने किन हो ?
तिम्रो यादमा आशुले परेली धुने किन हो ?
थाहा छैन मलाई सफल हुन्छु कि हुँदिन
प्रेमले मेरो मुटुमा तिम्रो नछुने किन हो ?

पुनम:
मबाट प्रेमको तपाइले चाहना नराख्नु
मनभित्र मप्रति प्रेमको भावना नराख्नु
कसरी भनुँ ,भन्न आफैलाई गाह्रो भो
यादले सताए मेरो कतै सम्झना नराख्नु

ज्योति:
सजिलो होला भन्नलाई अपनत्व गाह्रो
यादले मात्र जिउला बरु महत्व प्यारो
विज्ञानले पनि पारेन फेला औषधी यसको
भुलाउने क्षार,अम्ल कि तत्व भन्नै सारो

पुनम:
नराम्रो अनि तपाइको बारेमा कैले नि सोचिन ।
तपाइलाई त्यस नजरले मैले कैले नि देखिन ।
कृपा गरी मलाई अहिले एक्लै छोडिदिनु न
मलाई आत्मिय सम्झे नि मैले कहिल्यै सम्झिन ।


ज्योति:
मन टुटेको भए जोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।
ओइलीझरेको भए गोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।
तिमीलाई पक्कै केहि कुराले मन दुख्या हुनुपर्छ
विरह फालेर मन मोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।


पुनम:
साँचो भन्नु पर्दा मलाई मायामा विस्वास रहेन ।
म पनि माया गर्थे कसैलाई जुन खास भएन ।
तपाईंको मायालाई सम्मान छ अनि आदर छ
मायामा भय भो अझ मायाको सन्त्रास गएन ।

कारण केहि त थियो ।

उनी खुशी हुनुको कारण केहि त थियो ।
अफसोच मेरो खुसी भने उनीसित थियो ।

हजार प्रत्यत्न गरे सकिन रमाउन एकैछिन
कसरी रमाउनु जब एकतर्फी प्रीत थियो ।

विपनीमा नसही सपनीमा रमाएछु स्वंय
हारेर जहाँ मेरो हारमा उन्को जीत थियो ।

Friday, September 1, 2017

नेत्रपटलबाट गिरफ्तार गरी

नेत्रपटलबाट गिरफ्तार गरी मुटुनेर कैद गरेँ ।
तिमीलाई गुमाउने भयले अनि थुनेर कैद गरें ।

हजारौमा भनेपनि या लाखौमा, तिमी एक हौ
तिनै भिडबाट सानु तिमीलाई चुनेर कैद गरेँ ।

माया गुँरास सँगाली तिम्रो प्रतिक्षामा कुरीबसेँ
मायालाई पनि गुँरास सँगै उनेर कैद गरेँ ।

तिमीलाई प्रत्यक्ष नभेटी भावनात्मक प्रेम भयो
त्यसैले सायद तिम्रोबारेमा सुनेर कैद गरेँ । 

Thursday, August 24, 2017

मेरो लास थियो ।

यता बन्द कोठा भित्र खाटमा मेरो लास थियो ।
अर्को कोठा भित्र उनको हाँसो अट्टहास थियो ।

म मुर्दा तुल्य थिएँ बिडम्बना भन्नु पर्दा
सुन्न सुन्थे सबै कुरा उठ्ने कहाँ सहास थियो ?

मृत्युशैयाबाट फेरी उठी घस्रीएर दलिन नेर
पुगी हेरे पुलुक्क अध्यारो त्यो आकाश थियो ।

भित्र बाहिर अँध्यारो भो ज्योति गुमेसरि भयो
छामी हेरेँ घोप्टिएको विष घडा पास थियो ।

एउटै पुकार गरेँ मैले पुकारेर निलकण्ठ
बाच्ने चाह थिएन जिउँछु कि सन्त्रास थियो ?

Monday, August 21, 2017

दिपशिखा तिमी हौ ।

भावना समेटेर रचिएको कविता तिमी हौ ।
मनभित्र ज्योति छर्ने दिपशिखा तिमी हौ ।

हार्नुपरे बरु स्वंय हारौला तिम्रो जीतमा
कहिल्यै पनि नहार्ने अपराजिता तिमी हौ ।

निस्चलता अनि पवित्रताको प्रतिक तिमी
इसाइमा बाइबल; हिन्दूमा गीता तिमी हौ 

Sunday, August 20, 2017

मेरो बुवालाई पिताऔशीको शुभकामना ।

संसारमा सबैभन्दा कडा मेरो बाउ ।
नाम भानुभक्त खतिवडा मेरो बाउ ।

काट्नेले कुरा काट्दा हुन् पछिबाट
जहाँ जरुरी हुन्छन खडा मेरो बाउ ।

दुइटी आमाको मातृस्नेह पाएको म
अझ पितृस्नेह झन् गढा मेरो बाउ ।

मेरो बुवालाई पिताऔशीको शुभकामना ।

भन कस्तो हुन्छ ?

दुई मुटु जोड्ने कसी भन कस्तो हुन्छ ?
हाम्रो भाग्य लेख्ने मसी भन कस्तो हुन्छ ?
आफु संसार भुली माया तिमीलाई गर्छु
तिमी गर्दिनौ प्रियसी भन कस्तो हुन्छ ?

ज्योति अनिश्चित

Saturday, August 19, 2017

शुभकामनाका बहरहरु ।

अग्लिरहोस् सफलताका शिखरहरु ।
फैलिरहोस् सुवाशका लहरहरु ।

इच्छाएका रहरले पुर्णता पाओस्
रङ्गिरहोस् जिन्दगीका प्रहरहरु ।

आस्था र विस्वाश नडग्मगाओस्
नढलोस् भरोशाका धरोहरहरु ।

ती दुइ आँखि झ्यालहरु बाट
उठिरहोस् तिक्ष्ण ति नजरहरु ।

शब्दपुष्प भन्दा ठुलो अरु के
दिउँ शुभकामनाका बहरहरु ।

Friday, August 18, 2017

सुरुङ्गा नै प्यारो लाग्छ

छु राजधानिमा तरी आएँ सयौं खोली नहरहरु ।
अझ धेरै छन् पुरा गर्नुपर्ने सानाठुला रहरहरु ।

जुन ठाउँमा म जन्मे,  जहाँ खेल्दै हुर्के म
सुरुङ्गा नै प्यारो लाग्छ भन्दा अरु शहरहरु ।

यतै बसी कल्पिरहे कनकाइ बिरिङ्ग उर्लेको
बस्ती नै बगाउने हिजोका कठै ति प्रहरहरु ।

छ बाँकी अब बनाउन भात्किएका संरचना
खडा गर्नुछ अब फेरि आस्ठाका धरोहरहरु ।

Thursday, August 17, 2017

यस्तो लाग्यो ।

लाग्यो तिमी पर्याय हौ धैर्यताको ।
अविचलित सुशोभित सुन्दरताको ।

मोडिएका मेरा हरेको प्रश्नहरुको
जवाफ पाएँ तिमीबाटै सरलताको ।

सायदै तिम्रो ठाउँमा म थिएँ भने
दिन्नथेँ परिचय आफ्नो सालिनताको ।

जजस्लाई भेटेँ आजसम्म जीवनमा
भेटिँन तिम्रै जस्तै दिल उदारताको । 

Tuesday, August 15, 2017

तेरो सबै खुशी हरण हुनेछ ।

तिम्रो कसम आजबाट एउटा प्रण हुनेछ ।
कहिलेकाहीँ तिमीलाई सम्झिने क्षण हुनेछ ।

आज माया मिश्रीत रगत बग्छ मेरो मुटुमा
त्यसैले त हरेक गजलमा समर्पण हुनेछ ।

विज्ञानको भाषामा तीन महिना लाग्छ अरे
त्यसपछी मुटुमा माया शेष र कण हुनेछ ।

चन्द्रमाझैँ उजेली तिमी आँखाअघि उदाउछौ
आजैबाट सायद ती यादहरुमा ग्रहण हुनेछ ।

भावीको छैटौंमा लेखेको पाना फेला पारे
लेखेको रहेछ -तेरो सबै खुशी हरण हुनेछ ।

ज्योति अनिस्चित ।
  

Sunday, August 13, 2017

टाढा हुन्नौ पुनम ।

मनमा माया भरेर टाढा हुन्नौ पुनम ।
बसाइ अन्तै सरेर टाढा हुन्नौ पुनम ।

मैले रोजेको तिमी ,मेरो खुशी तिमी
मसँग कुरै नगरेर टाढा हुन्नौ पुनम ।

तिम्रो निम्ती बरु मुटु रित्याइदिन्थे
स्वयं आफु मरेर टाढा हुन्नौ पुनम ।

प्रेम एउटा बृक्ष हो पलाउँछ नि यदि
प्रेमबिज भए छरेर टाढा हुन्नौ पुनम ।

तिमी सात समुन्द्र पारी छौ भनेपनि
आउ जंघार तरेर टाढा हुन्नौ पुनम ।

ज्योति अनिश्चित ।

Saturday, August 12, 2017

तिमी भएर ।

निर्बेग प्रतिक्षामा वहनुहुन्छ ,म के भनुँ ?
कति विघ्न वाधा सहनुहुन्छ ,म के भनुँ ?

तपाईंजस्तै खुलेर भन्न मन थियो मेरो
सक्दिन; कसरी कहनुहुन्छ ,म के भनुँ ?

मेरो मनमा श्रद्धा आस्था छ तपाईंप्रति
माया छैन कसरी रहनुहुन्छ ,म के भनुँ ?

तपाइको चाह यदी म भए पुरा हुँदै हुन्न
पुरै नहुने चाह किन चाहनुहुन्छ ,म के भनुँ ?

थाहा छ तपाईंलाई नि म अरुलाई चाहन्छु
फेरि पनि किन सम्झनुहुन्छ , म के भनुँ ?

Friday, August 11, 2017

रुपै मिठो रङ्गै मिठो ।

मन परेको बस्तुको रुपै मिठो रङ्गै मिठो ।
तिमी मन परेपछी तिम्रो बोली ढङ्गै मिठो ।

कल्पनामा यो मन जता उडि गए पनि
नहुँदामा तिम्रो याद हुँदा तिमी सङ्गै मिठो ।

मनका सारा पीरहरु थाती राखी एकैछिन
तिमीसँगको कुराकानी अनि उमङ्गै मिठो ।

आखिर के फरक छ र मन र मैदानमा
पक्ष र विपक्षीको वार्ता मिठो जङ्गै मिठो ।


Wednesday, August 9, 2017

तिमीसँग नबोलेरै

तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

फुल फुले पछी यहाँ; सुवाश कहाँ छेकिन्छ र ?
मन मिले पछी यहाँ ; जात कहाँ देखिन्छ र ?

हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।
तिमीसँग नबोलेरै वचन बाट टाढा हुँला ।

आफ्नु ठान्नु तिमीलाई मेरो यहाँ भुल भयो
तिम्रो छेवै पर्दिन भो अब मेरो कबुल भयो ।

पाथिभरा कन्यामको संगमबाट टाढा हुँला।
मनको कुरा नखोलेरै मनबाट टाढा हुँला ।

एउटा बिन्ती प्यारी तिमी उसको चित्त नदुखाउनु
सम्भव भए अन्तिम पटक तिमी मलाई भेट्न आउनु

तिम्रो दिलमा केछ भनी दोमन बाट टाढा हुँला।
हाँसोरेला मजाक सबै हरदमबाट टाढा हुँला ।

Tuesday, August 8, 2017

स्वार्थ हो ।

तिमीलाई आफ्नो भन्ने चाहाना नै स्वार्थ हो ।
तिमीलाई मुटु ठान्ने भावना नै स्वार्थ हो ।
तिमीसँग एकतर्फी नै सही प्रेम भएको हो
तिमीलाई नै प्रेम मान्ने सपना नै स्वार्थ हो ।

Saturday, August 5, 2017

उदाङ्ग थिएँ म

उदाङ्ग थिएँ म, न मुहारमा नकाव थियो ।
म माया लाउछु, न तिमीलाई दवाव थियो ।

तिमीसँग भयो परिचय अति आत्मिय लाग्यौ
तिम्रो सालिनताले फिदा त्यसकै प्रभाव थियो ।

मनले मनको साथ खोज्यो अनि प्रेम भयो
प्रेमको प्रतिक हत्केलामा रातो गुलाव थियो ।

माया लाउनु भुल भए,  स्विकार्य छ मलाई
पशुपतिलाई भाकी कसम अनि प्रस्ताव थियो ।

आजकल गजलसायरी खुब आउँछ भावना
म विश्वस्त छु कि त्यसमा तिम्रो लगाव थियो ।

मेरो माया किन सस्तो प्रस्ताव अस्विकृत भयो
भन सानु कि म स्वंय कि माया अफाव थियो ?

थियौ सारा खुशी अनि उमाङ्गको खानी तिमी
एउटै खुशी बाँकी रह्यो त्यो पनि सराव थियो ।

ममताकी खानी तिमी ।

प्रियसीप्यारी तिमी आँखाकी नानी तिमी ।
हाम्रो प्रेमदरबारमा राजा म रानी तिमी ।

मेरो मनको उद्यानमा बस्ने तिमी किन्नरी
सरलताको पर्याय ममताकी खानी तिमी ।

सावा अक्षर प्रेमलिपीको सिकाउने माया
दैनिक जिवन सुरुहुने नयाँ विहानी तिमी ।

आस्थाकी प्रतिमुर्ती पुर्णिमाकी चन्द्र तिमी
सालिनतामा नीलो सागरकी पानी तिमी ।

केवल बहाना भयो ।

अवचेतन मनको पुनम तब चेतना भयो ।
जब तिम्रो ठाउँमा बसे अनि सम्झना भयो ।

म मेरो दिललाई आफ्नै बसमा राख्नेछु
तिमीसँग नबोल्नु  नि ठुलो बेदना भयो

तिम्रो गाह्रो समयमा मेरो साथ चाहायौ
साथ नदिइ परिक्षा त केवल बहाना भयो ।

अब तेस्तो हुने छैन असल साथी हुनेछु
मानौ को अघिसम्मका कुरा सपना भयो ।

तिमीलाई साथ दिदै हौसला र भरोशा
तिम्रो उज्वल भविश्यको अनि कामना भयो  

Friday, August 4, 2017

एक बोतल हानेर लेखेँ ।

लेख्दिन अब तिम्रो बारेमा ठानेर लेखेँ ।
अनायसै तिमीलाई आफ्नो मानेर लेखेँ ।

तिम्रो कुन पक्ष कति वर्णन गरुँ कुन्नि
कोटी शब्दहरुमा सुहाउँदो छानेर लेखेँ ।

म लाचार भएछु सायद तिम्रो अभावमा
त्यसै त्यसै आफ्नै औंलाहरु तानेर लेखेँ ।

तिम्रो मनलाई मैले के कती बुझेँ-बुझिन
लाग्छ मैले तिमीलाई सबै जानेर लेखेँ ।

मुटु कमजोर थ्यो फोक्सो कलेजो पनि
जस्तो जेछ तिनीहरुलाई नि धानेर लेखेँ ।

पाण्डुलिपी तिम्रो काव्यको तयार भएछ
त्यसलाई पनि मर्मसालामा झानेर लेखेँ ।

आफैलाई सम्हाल्न सकिन किनकिन मैले ?
भुलाउन सराव एक बोतल हानेर लेखेँ । 

Wednesday, August 2, 2017

दारी महिमा

साउन महिना महिलालाई हरियो चुरा सारी ।
हामी पुरुषहरुको पुरुषत्व झाल्काउने दारी ।

माया गरी पालेको हो, यो हाम्रो निसानी
चट्ट कपाल ज्याप्प दारी  कती राम्रो प्यारी ।

हेर्दा मोटे-लुरे भएपनि परिपक्क देखाउँछ
त्यसैले त पाल्छौ हामी यसलाई स्याहारी ।

दारी महिमा ऋषिदेखि अहिलेसम्म उस्तै
जती भन्यो उति कमी यो दारी विचारी ।

दारी गुनगान गाउन शब्द कमी भयो कि ?
यती आयो दारीमहिमा म छु है आभारी ।

ज्योति अनिस्चित
सुरुङ्गा झापा । 

तिमी सित हुन पाए ।

तिम्रो मुटुभित्र स्वंय सजित हुन पाए ।
मेरो लागी मन भित्र प्रीत हुन पाए ।

लालित्य ओठको ध्वनी मिसाइ तिम्रो
साङ्गितिक कोसेली गीत हुन पाए ।

स्वंयलाई माया नै पिलाउँथे यदी
मेरो लागि माया अमृत हुन पाए ।

तिम्रो खुशिको लागी हार्नु परे पुनम
म हार्थें बरु तिमी जीत हुन पाए ।

तिम्रो साथ जुनिभर संगालेर बस्थे
केवल माया तिमी सित हुन पाए ।



Tuesday, August 1, 2017

हटाइदिन्छ यो मन ।

नसम्झिउँ भन्दा पनि सम्झाइदिन्छ यो मन ।
हुन्न माया भन्दा पनि लगाइदिन्छ यो मन ।

तिम्रो याद भुलाउनलाई म व्यस्त भएपनि
तिम्रै तस्विर आँखाअघि ल्याइदिन्छ यो मन ।

तिम्रो करुणा, निस्चलता अनि सरलताको
नयन सागरमा फेरि डुबाइदिन्छ यो मन ।

यदि मागेर पाउने भए म एउटा खुशी
तिमी छोडी अरुसारा हटाइदिन्छ यो मन ।

सोध्छौ भने तिमी पनि तिम्रो खुशी भनि
साच्चै तिमी हौ भनि बताइदिन्छ यो मन ।

तिम्रो साथ जुनीभर पाउँला नपाउँला म
तिम्रै याद लिई जुनी कटाइदिन्छ यो मन ।
  

Monday, July 31, 2017

तस्विर रहेको खद्दर आयो ।

फुलको बदलीमा पत्थर आयो ।
ऊ बेपत्ता भएको खबर आयो ।

हिजो राती सपनीमा म झास्किएँ
मैले सोच्दै नसोचेको प्रहर आयो ।

छोरो आउला भनेको ऊ फर्किएन
धागो बाँधिएको चिठी घर आयो ।

मैले नियाले उनको हातको बस्तु ?
उसकै तस्विर रहेको खद्दर आयो ।

Sunday, July 30, 2017

आँफै रित्तिनु पर्छ

जसरी मेघ गर्जन बिजुली चम्किनु पर्छ ।
इज्जत पाउन पनि इज्जत दिनु पर्छ ।

जो असल हुन्छ, व्याक्तित्वले झाल्किन्छ
मानौ फलेको हाँगो जहिल्यै नुहिनु पर्छ ।

तिमी त हृदयमा बसेको मान्छे सँधै
याद गर्न न सम्झाउनु न सम्झिनु पर्छ ।

म सक्दिन सानु आफुलाई नै ढाट्न
तिमीलाई भुलाउन आँफै रित्तिनु पर्छ ।

Saturday, July 29, 2017

सम्भाव्यता हराएर हो कि ?

तिम्रो पढाईमा झुकाव अग्रता हराएर हो कि ?
कि माया प्रेमको सम्भाव्यता हराएर हो कि ?

आफैले एकपल्ट सोधी हेर त ढुकढुकीलाई
आफ्नै धड्कन यतै कता हराएर हो कि ?

तिम्रो खुशी चाहाने म,मैले केहि विराएँ कि ?
कि केहि कुरामा सफलता हराएर हो कि ? 

झन् मोहित बनायो ।

तिम्रो निस्चल व्यहभारले झन् मोहित बनायो ।
तिमीसँग नजिकिँदा गर्दा अदृश्य प्रीत पलायो ।

म यत्तिकैमा खुशी हुन्छु सुखदुखहरु सँगाली
तिम्रै खुशीका लागि भनाइ सम्प्रेशित गरायो ।

मनको बह नपोखिदा आँफैलाई हानी गर्छ
मनमिल्ने दौतरी तिमीसँग अनि मीत लगायो ।

यस्तै माया होस् सधैँ बिश्वास र श्रद्धा होस्
तिम्रो सुखदुख बाँडि लिन विभाजीत गरायो ।

Friday, July 28, 2017

जहिल्यै हुन्थ्यो ।

घरमा प्यार र झगडा त जहिल्यै हुन्थ्यो ।
अनि सानुतिनो लफडा त जहिल्यै हुन्थ्यो ।

सानै भएपनि बाको न्यायलयमा, फैसला
उतैतिर भन्ने आकडा त जहिल्यै हुन्थ्यो ।

यसलाई म के भनुँ जुट हो कि फुट भनि ?
तिमीहरु अकडा म कडा त जहिल्यै हुन्थ्यो ।

नामै जोडी जिस्काउन पनि बाँकी राखिएन
तँ फलानो म खतिवडा त जहिल्यै हुन्थ्यो ।

विरानु यो शहरमा आज नितान्त एक्लो म
साथमा हुँदा हडबडा त जहिल्यै हुन्थ्यो ।

निशा, कृस्टी र कुसुम मा समर्पित ।
ज्योति अनिश्चित ।
रक्षा बन्धनको शुभकामना ।  

Tuesday, July 25, 2017

चाह रहर छैन।

दुनियाँको नजर सुन्दर छैन ।
त्यसैले त राम्रोको  कदर छैन ।

यहाँ किताबको गाता हेर्छन्
शुशुप्त तत्व चाहे बदर छैन ।

यो संसारमा अति मादक तिम्रो
नयनजस्तो नशालु वियर छैन ।

म हरपल खुशी रहन्छु किनभने
तिम्रो याद नआउने प्रहर छैन ।

तिम्रो काखमा निदाउन पाए
अरु  कुनै मेरो चाह रहर छैन।

Monday, July 24, 2017

मागी मसी रगतसँग ।

चाहाना थ्यो मेरो जिउने तिम्रो लतसँग ।
राखी तिमीलाई मुटुभित्र हिफाजतसँग ।

करुणा र भरोशाको प्रतिमुर्ती तिमी
तिम्रो खातिर पाउने मैले अभिमतसँग ।

तिमीलाई चाहानु मैले मेरो भुल भयो
रत्ति फिक्री छैन मेरो चाह फगतसँग ।

यदी लेखेर नमेटिने भए तिम्रो नाम
लेखिदिन्थे मुटुभित्र मागी मसी रगतसँग ।

मेरो चाहाना तिमी हौ भावना तिमी हौ
मायाको तुलना नहोस् मेरो जरुरतसँग ।

हरबखत तिम्रो यादले सताउने गर्छ
सोधीहेर मेरो कलम डायरी यावतसँग ।

सायद देखिने भए भित्र कोरिएको नाम
परिचित हुन्थ्यौ आफ्नै नामको खतसँग ।

तिमीलाई भुल्ने एउटै आधार खोजेपनि
पाइन सोधिहेरें मैले प्रत्यक बखतसँग ।

ज्योति अनिस्चित ।
समर्पण





Sunday, July 23, 2017

बिश्वास हराएछ मेरै बगलबाट ।

यो मन लान पाए टाढा यो कोलाहलबाट ।
सधैभरीको दिग्दारी अनि यो खलबलबाट ।

हिजोसम्म म विश्वासीपात्र भएँ नि आखिर
बिश्वास हराएछ मबाट आज मेरै बगलबाट ।

नबोलेमा विरक्त बोलेमा आसक्त यो कलिमा
उपमा दिइयो जब बद्लियो ऊ चन्चलबाट ।

मन अशान्त रह्यो खोजे शान्तिको फिलिङ्गो
पाइन सगरमाथाशिन्धुमा पाइन वरपिपलबाट ।

म अब अनुसन्धान गर्छु उसको पागलपन
सायद सबैको हल भेटिन्छ कि त्यो पागलबाट । 

Friday, July 21, 2017

मौनता

तिमी मौन रह्यौ ।
फगत प्रस्ताव राखिरहे ।
त तिम्रो मौनताको के अर्थ
स्विकार्योक्ती भन्दा अतिसयोक्ती नहोला कि ?
हैन
अस्विकार पनि त हुन सक्छ ।
त्यसपछी
म पनि मौन रहे ।
फेरी भन मेरो मौनता को के अर्थ ?

मैले सुन्ने गरेको
बाउले छोरीको बिहेको कुरो गर्दा
छोरी मौन रहनु सहर्श स्विकार्नु हो रे ।
दुइ सहपाठी बिचको मौनता
कि दम्भ कि आक्रोश हो रे ।
मुर्खसँगको भलाकुसारीमा
सज्जनको मौनता फेरी औषधी रे ।
देशका लागी सपुतको मौनता
घातक हो रे ।

अहँ मैले बुझ्दै बुझिन ।
न तिम्रो मौनता स्विकारेर हो ?
न कि दम्भ र आक्रोशले हो ?
तिम्रो मौनता न मेरो लागी औषधी भयो ?
न घातक साबित नै ?
फेरि पनि म मौन नै बसे ।
सायद मौनता बुझ्न मौन नै बस्नु पर्छ ।
म मौन रहिरहे । 

कसैको दास नहोस् ।

कसैको वेदनाको उपहास नहोस् ।
मुस्कान नै ठिक अट्टाहास नहोस् ।

आफ्नो आस्थामा दृढ भएर बस्छु
कसैको औंलाउने सहास नहोस् ।

मेरा औंला मेरा लागी बराबर हुन्
कहिल्यै कुनै औंला खास नहोस् ।

मेरो गल्तीमा मलाई गाली ठिकै छ
गल्तीको प्रोत्सानमा स्यावास नहोस् ।

आँफै चाप्लुसी नगरी केही गर्नु छ
विलासी जिन्दगी कसैको दास नहोस् । 

Monday, July 17, 2017

ॐ नम: शिवाय भो ।

चाँदनीमा दाग भए पनि सुन्दरताको पर्याय भो
आँफै बिरुद्दको फैसला यो कस्तो निर्णय भो ?

तिमीलाई सिंगो संसार ठान्थे, मेरो वास्तै भएन
मैले प्रतिउत्तर नपाउँदा मौनता नै सजाय भो ।

तिम्रो केवल बोलीमा अडेको थ्यो भरोशा मेरो
नबोली हिड्यौ र त पिडाहरुको महाकाय भो ।

बहिरी चोट थिएन तर भित्री रक्तश्राव रोकिएन
मुटु फुट्यो आँशुभेल बग्यो पिडा असहाय भो ।

मानौ इशको खेलामा तिमीलाई बुझिनछु मैले
जे भो ठिकै भो ज्योति, ॐ नम: शिवाय भो ।

ज्योति अनिश्चित
२०७४-०४-०२

Sunday, July 16, 2017

तिम्रो माया सय भएन ।

लाख प्रायत्न गरेँ सानु मेरो माया क्षय भएन ।
मेरो माया लाख भए नि तिम्रो माया सय भएन ।

कतै सुनेको थेँ प्यारबाट शत्रु नि आफ्ना हुन्छन्
तिमी त आफ्नै भए नि मेरो माया विजय भएन ।

तिम्रो खुशीमा म पनि रमाउँला पिडा लुकाएर
तिमी मेरी हुन्नौ, गुनासो भयो तर भय भएन ।

मेरो धमनी र शिराहरुमा तिम्रो माया बगिदिन्छ
तर किन तिम्रो दिलमा मेरो माया सन्चय भएन ।

समर्पण -
रचना - ज्योति अनिश्चित ।  

Sunday, July 9, 2017

कति हो कति ?

तिम्रो झुटको मिठास कति हो कति ?
नसोध! मेरो विश्वास कति हो कति ?
तिमीलाई माया गर्छु भनी भन्नुपर्दैन
तिमी छौ र त खास कति हो कति ? 

अरूणोदय (अति प्यारी तिमी ।)

सबैको आँखाकी नानी अति प्यारी तिमी ।
दिलको अमुल्य खानी अति प्यारी तिमी ।

क्षाम हुन् बहिनी तिम्रा सबै अतिवादीहरु
मैत्रीपूर्ण हुन् निसानी अति प्यारी तिमी ।

नानी हाम्री प्यारी मिजासिली फरासिली
लीला हैन यो कहानी अति प्यारी तिमी ।

Saturday, July 8, 2017

धड्कन बढेपछी

तिम्रो बोलीको दिवानी  भएँ सायद, तड्पन बढेपछी ।
यो मनले थाहा पायो तिम्रो अभाव, धड्कन बढेपछी ।
तिम्रो साथमा म महसुश गर्दिन डर भय कहिल्यै पनि
तिमी बिना म छट्पटिन्छु अनायासै,अड्चन बढेपछी ।

समर्पण-
ज्योति अनिश्चित
२०७४-०३-२४

Friday, July 7, 2017

मेरो घर यस्तो बनाउँथे ।

तिम्रो विश्वासहरुले घरको गारा बनाउँथे ।
हाँसो खुसीका इटाहरुले दिवार सजाउँथे ।

मेरो प्रेम र आत्मियताको छहारी बनाइ
तिम्रो ममताका मार्वल घरभरी बिछ्याउँथे ।

आदर र सत्कारको गृहप्रवेश बनाएर
आखाँहरुको आँखी-झ्यालबाट बोलाउँथे ।

निस्चल प्रेम-पान गरिसके पछि सानु
सालिनता र लज्जाको म पर्दा लगाउँथे ।

तिम्रो केशराशि-लहरा उद्यानमा लागएर
मिठो मुस्कानको फुलहरु भित्रै हराउँथे ।

तिमीसँगै बाँच्ने सँगै मर्ने चाह भो मेरो
हेरी तिमीलाई नै सयौं जुनी म कटाउँथे ।

समर्पण-
रचना-ज्योति अनिश्चित ।
२०७४-०३-२३ 

Thursday, July 6, 2017

रेला लाग्यो रे ।

मेरो प्रेमको कुरा कसैलाई रेला लाग्यो रे ।
सायदै झुकाव थियो उनमा खेला लाग्यो रे ।

बरु स्वंय दोषी हुँला समयलाई दोष दिन्न
मेरो प्रस्ताव नै उनलाई अबेला लाग्यो रे ।

अब कुनै आशा छैन नैरास्यताको पहाड भो
सुन्छु कुनैदिन तिमीलाई नि झमेला लाग्यो रे ।

Wednesday, July 5, 2017

भुल्न सजिलो नभएर ।

तिम्रो मुहारझैँ मेरो भाग्य चम्किलो नभएर ।
सायद मेरो मन तिम्रोलागि फराकिलो नभएर ।

आजकल किन यि नयनले शंकाले मात्रै हेर्छ
लाग्छ आफु नै कसैप्रती विश्वासिलो नभएर ।

तिम्रै साथ पाउन यो जुनीमा सम्भव नहोला
लाग्छ मैले देखेको सपना गतिलो नभएर ।

दिनभरीको थकान अनि तिम्रो याद भुलाउन
रातभरी मदिरा पिउँछु भुल्न सजिलो नभएर ।

एउटा कुरा म आँफैले नि मान्नै पर्छ यार
तिरस्कृत हुन्छु सबैबाट स्वंय बोझिलो नभएर ।

ज्योति अनिश्चित
२०७४-०३-२१ 

Tuesday, July 4, 2017

प्यार तिमी सित हुनै पर्छ ।

जिन्दगीमा मनमिल्ने एउटा मित हुनै पर्छ ।
चिनजान अनि प्यार तिमी सित हुनै पर्छ ।

तिमीले न्युटनको चालको नियम भुल्यौ होला
एउटा खुशी हुँदा अर्को दु:खी त हुनै पर्छ ।

म मेरो प्रेममा यति विश्वस्त भएको छु कि ?
कुनै एकदिन तिम्रो अनि मेरो प्रीत हुनै पर्छ ।

लाग्यो होला भावनामा वहकिएर केके लेख्छ ?
हेर्दै जाउ पछि यही भावनाको जीत हुनै पर्छ ।

ज्योति अनिश्चित
२०७४-०३-२० 

Friday, June 30, 2017

धड्कन बिन्ती बताउनु है

एउटा प्रश्न सोध्छु धड्कन बिन्ती बताउनु है ।
नराम्रो सोच्दिन होला केही नलुकाउनु है ।

साँझपख मेरो पनि फुर्सद हुन्छ सदाजसो
नित्यकर्म सकेर एकैछिन अनलाईन आउनु है ।

मलाई मिठो झुट भन्दा तितोसत्य मनपर्छ्
त्यसैले सत्य भन्न कहिल्यै नहिच्किचाउनु है ।

म तिमीलाई प्रेम गर्छु  तिमी तिम्रो खुशी
तर पनि मिल्छ भने माया लगाउनु है ।

अपवादमा रमेको छु अपवादमै रम्न देउ
तिम्रो साथ पाए ठिकै छ नभए हटाउनु है ।

मेरो पनि मुटु हो धड्किदिन्छ तिम्रो लागि
तिम्रै खातिर धड्किने मुटुलाई नसताउनु है ।

सहिष्णुता भए पनि परिक्षा नलिनु कृपया
असह्य होला गह टिलपिल चित्त नदुखाउनु है । 

प्यारबाट तेरो घरबार हुँदैन ।

एकतर्फी मात्र प्रेमको सार हुँदैन ।
मौनता भन्दा ठुलो हतियार हुँदैन ।

कसैसँग प्रेम र विस्वाश छ भनेपछि
देखाइन्न सब तिनको आधार हुँदैन ।

मैले प्रेमबाट टाढै बस्ने अठोट गरेँ
हुँदैन कदापी अब मेरो प्यार हुँदैन ।

हिजै ज्योतिषीकहाँ हेराउन गइरथेँ
भन्दैथ्यो प्यारबाट तेरो घरबार हुँदैन ।

मैले भने कसैसँग गहिरो प्रेममा छु
तेरो दिवासपना हो साकार हुँदैन ।

ज्योति खतिवडा
२०७४-०३-१६

प्यारो लाग्न थालेको छ ।

तिम्रो सम्झना साच्चै प्यारो लाग्न थालेको छ ।
तिमी बिना जिन्दगी अध्यारो लाग्न थालेको छ ।

तिम्रो सालिनताले मलाई मोहित बनाएपछि
तिम्रो मौनता भने सानु तगारो लाग्न थालेको छ ।

मैले माया दिइराखे स्वंय मायाको भिख मागे
तिमी भने दिंदैदिन्नौ उधारो लाग्न थालेको छ ।

चोखो माया तिम्रो लागि मन पनि वदन पनि
तिम्रो चाह भुलाउन भने गाह्रो लाग्न थालेको छ । 

चित्त दुखाएछु ।

कसैलाई माया गरेर चित्त दुखाएछु ।
तिमी तिर प्रीत सारेर चित्त दुखाएछु ।

साच्चै चोखो मनले प्रेम गरेको थिएँ
अब आफ्नै मन मारेर चित्त दुखाएछु ।

म तिम्रो प्रेम जिवनमा तगारो बन्दिन
मेरो प्रेम देखी हारेर चित्त दुखाएछु ।

पिए मदिरा मनलाई भुलाउन चोट
तिमीसँग आफुलाई बारेर चित्त दुखाएछु । 

तिमी शबनम भैदिए ।

जिन्दगीमा तिमी मेरो सनम भैदिए ।
उषामा धरतीको तिमी शबनम भैदिए ।

करुणाकी धनी तिमी मृदुभाषी मायालु
म माया लाउँथे तिमी पुनम भैदिए ।

यही जन्ममा कामना तिम्रो हुनपाउँ
तिमीनै हुनु मेरो अरु जनम भैदिए ।

म सधै घायल मुटु लिइ आउँथे होला
अस्पतालामा यदि तिमी मलम भैदिए ।

तिम्रै वर्णनमा महाकाव्य लेख्थें होला
स्वंय मसी अनि तिमी कलम भैदिए । 

भुल हुनेछ ।

कसैलाई आफ्नु दिल दिँदा भुल हुनेछ ।
तिम्रो निष्दाग प्रेम मैलिँदा भुल हुनेछ ।

अफावसिद्द हुन्छ प्रेम बुझ्नेले नबुजेसी
आधाबाटोमै प्रेमकथा सकिदा भुल हुनेछ ।

सम्भव नहुने सम्बन्धलाई नबढाएकै बेस
अनावश्यक रुपमा चिन्ता लिँदा भुल हुनेछ ।

अनेकौं वहानामा उनलाई भेट्न आइरथेँ
फेरि उनैलाई नभेटी लिदा बिदा भुल हुनेछ । 

Sunday, June 25, 2017

विवेचनामा कुरा भो ।

सधै संक्षिप्तमा कुरा हुने
आज विवेचनामा कुरा भो ।
अतितमा बिताएका तितामिठा ति
सम्झनामा कुरा भो ।

थाहा छैन तिम्रो मनमा
कोछ भनि, मेरो मनमा तिमी
तिम्रो सुन्दरता,शालिनता,निश्चलताको
गहनामा कुरा भो ।

सोच्यौ होला देख्दै नदेखी
कसरी प्रेम पलायो भनी ?
प्रतिप्रश्न-दिनैपिच्छे भेट्दा प्रेम हुन्छ ?
भावनामा कुरा भो । 

Saturday, June 24, 2017

र पो मायाको अनुभुती गरेँ ।

समिपमै आएर बस्यौ र पो मायाको अनुभुती गरेँ ।
परस्परमा फेरी हाँस्यौ र पो मायाको अनुभुती गरेँ ।

नारी गुण सम्पन्न बाल्यकाल देखी साथै तिमी सपु
श्रेणी उचाइमा पस्यौ र पो मायाको अनुभुती गरेँ ।

स्फटिक झै पारदर्शी तिम्रो व्यवहार र बोलीवचन
ठानी हृदयमै कस्यौ र पो मायाको अनुभुती गरेँ । 

मुसलमान मन पर्छ ।

भन्छौँ देशको स्वभिमान मन पर्छ ।
अनि आफ्नै आत्मसम्मान मन पर्छ ।

जबदेखी आफ्नैभाषीले तिरस्कृत गरे
तबमात्र देशका मुसलमान मन पर्छ ।

निक्कै प्यारो हुन्छ मानिसलाई उसको
नपरुन्जेल आफ्नै अभिमान मन पर्छ ।

पाएमा आँखा गड्छ सदा आरुकोमै
नपाएसी मात्र आफ्नु सामान मन पर्छ ।

ज्योति खतिवडा
कनपा १
२०७४-०३-१०