Sunday, September 17, 2017

खोजीमा ।

दियो नजल्ने एउटा मन्दिरको खोजीमा ।
आफ्नो भाग्य देखिने तस्विरको खोजीमा ।

म पच्चिस वर्षदेखी अनवरत हिँडिरहेछु
मनलाई पनि बाध्ने जन्जिरको खोजीमा ।

सम्पन्नताले आखिर अन्धो बनाउँदो रहेछ
करुणाको दृष्टी हुने फकिरको खोजीमा ।

म पोत्न चाहन्छु सबैमा समानताको रङ्ग
पोतेपछी केहि नछुट्टिने अविरको खोजीमा ।

मेरो खोजी कहिले पुरा हुने हो कठै
जुनी बित्नेभो आफ्नै तक्दिरको खोजीमा ।

No comments:

Post a Comment