Friday, September 1, 2017

नेत्रपटलबाट गिरफ्तार गरी

नेत्रपटलबाट गिरफ्तार गरी मुटुनेर कैद गरेँ ।
तिमीलाई गुमाउने भयले अनि थुनेर कैद गरें ।

हजारौमा भनेपनि या लाखौमा, तिमी एक हौ
तिनै भिडबाट सानु तिमीलाई चुनेर कैद गरेँ ।

माया गुँरास सँगाली तिम्रो प्रतिक्षामा कुरीबसेँ
मायालाई पनि गुँरास सँगै उनेर कैद गरेँ ।

तिमीलाई प्रत्यक्ष नभेटी भावनात्मक प्रेम भयो
त्यसैले सायद तिम्रोबारेमा सुनेर कैद गरेँ । 

No comments:

Post a Comment