Monday, September 4, 2017

Dohori in muktak.

ज्योति :
सुन पुनम तिम्रो यादले सारै नै सतायो
लाखौ मेरा प्रेमरत्न वाणी खै कता हरायो ?
निस्चय पनि लाएको माया भुल्न सक्दिन
तिरस्कारै गर जे गरे पनि मोहनी जगायो

पुनम:
अव्यक्त हुन्छु तपाइको सवाल आएर के भनुँ ?
बुझ्छु तपाईंको मनको हाल लाएर के भनुँ ?
भिन्न छु है भन्दिन ,  मलाई नि बुझ्नु
प्रेमको माला लाएर अवगाल पाएर के भनुँ ?

ज्योति:
बुझेको छु धेरथोर मैले नि अफ्ट्यारो पर्दिन।
आफु जली जलाउँला दिप अध्यारो पार्दिन
कुन सवाल मैले गरेर पैले अव्यक्त भयौ नि
तिम्रो इच्छा तिम्रो खुशी झन गाह्रो पर्दिन

पुनम:
बुझेको छु तपाइको भाव भन्न सक्दिन
तपाईंको माया धेरै नै गन्न सक्दिन
मनमा सन्देह केहि छैन तपाईंको बारेमा
श्रद्धा गर्छु तर प्रेमिका बन्न सक्दिन

ज्योति:
विश्वास नि गर्ने तर माया नहुने किन हो ?
तिम्रो यादमा आशुले परेली धुने किन हो ?
थाहा छैन मलाई सफल हुन्छु कि हुँदिन
प्रेमले मेरो मुटुमा तिम्रो नछुने किन हो ?

पुनम:
मबाट प्रेमको तपाइले चाहना नराख्नु
मनभित्र मप्रति प्रेमको भावना नराख्नु
कसरी भनुँ ,भन्न आफैलाई गाह्रो भो
यादले सताए मेरो कतै सम्झना नराख्नु

ज्योति:
सजिलो होला भन्नलाई अपनत्व गाह्रो
यादले मात्र जिउला बरु महत्व प्यारो
विज्ञानले पनि पारेन फेला औषधी यसको
भुलाउने क्षार,अम्ल कि तत्व भन्नै सारो

पुनम:
नराम्रो अनि तपाइको बारेमा कैले नि सोचिन ।
तपाइलाई त्यस नजरले मैले कैले नि देखिन ।
कृपा गरी मलाई अहिले एक्लै छोडिदिनु न
मलाई आत्मिय सम्झे नि मैले कहिल्यै सम्झिन ।


ज्योति:
मन टुटेको भए जोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।
ओइलीझरेको भए गोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।
तिमीलाई पक्कै केहि कुराले मन दुख्या हुनुपर्छ
विरह फालेर मन मोड्नुहुन्थ्यो भन्दा नि भन्दिनौ ।


पुनम:
साँचो भन्नु पर्दा मलाई मायामा विस्वास रहेन ।
म पनि माया गर्थे कसैलाई जुन खास भएन ।
तपाईंको मायालाई सम्मान छ अनि आदर छ
मायामा भय भो अझ मायाको सन्त्रास गएन ।

No comments:

Post a Comment