Monday, September 18, 2017

माया


कि त मायासँग माया घुलाउनु पर्छ ।
हैन भने त्यो मायालाई भुलाउनु पर्छ ।

मायामा आधार हुन्छ अनि भरोशा पनि
यी यावत कुराहरु सबै खुलाउनु पर्छ ।

मायामा मायाकै आश जहिल्यै नराख्नु
धोका भए धोकाले नै सुलाउनु पर्छ ।

तिमीले माया गर्नेले वास्तै गरेनन् भने
मनलाई जसोतसो अन्तै डुलाउनु पर्छ ।

एउटा कुरा याद राख जस्तालाई त्यस्तै
रुवाउने मायालाई पनि रुलाउनु पर्छ ।

तर प्रेम यदी निस्चल छ भने संघी
वाटिकामा प्रेमिल फुल फुलाउनु पर्छ ।

आखिर प्राप्ती मात्र हैन रहेछ माया
त्याग पनि हो भनि फुल्याउनु पर्छ ।

No comments:

Post a Comment