Saturday, December 14, 2019

माग्नु इश्वरसँग।

कहिल्यै नसकिने वरदान माग्नु इश्वरसँग।
पाइन्छ गुमेको स्वभिमान माग्नु इश्वरसँग।

ज्यादै उच्च सोच र सौख राख्ने तिमी
नभमा शैर गर्न बिमान माग्नु इश्वरसँग।

जस्तै पसिनाको दुर्गन्ध अत्तरले काटेझैँ
मग्मगाउने सुगन्धित उद्यान माग्नु इश्वरसँग।

सायद भगवान पनि नियमबिरुद्द जाँदैनन्
जहिल्यै बैशमा रहने विज्ञान माग्नु इश्वरसँग।

पाइनौ भने केहि पनि यथार्थमा नमिल्ला
मिलेसम्म कृतिम मुस्कान माग्नु इश्वरसँग।

ज्योति अनिश्चित
२०७६-०८-२८