Friday, January 19, 2018

I Love You.

To the all worldly pleasure lies.
My heart leaps up and away flies.
Just by the thoughts of yours Punam
I lose my thirst and appetite often.

Your simplicity and tactfulness
I feel your every words caress.
Who could be so lovingly thy?
A fairy of beauty, a false lie.

I am in love with you, not
I forget to forget you but;
I loved the way how you share
Your feelings, with at most care.

I even had no chance to have a meet.
You are the inspiration in every writ.
I had ever failed to trace a blemish
You would be mine my ultimate wish.

Deep in my sleep, I see your face
Your remembrance at every pace.
Thousands of obstacles I could bear
Your amiable voice I would hear.

Let you be my trailblazer ever
I swear, I would let you down never.
My words may fail to describe you
Simply these little words, I Love You.

तस्विर तिम्रो थियो ।

एउटा आकृती बनेछ नेत्रपटलमा तस्विर तिम्रो थियो ।
मेरो मनमस्तिस्क मानस्पटलमा तस्विर तिम्रो थियो ।

केवल दुइ दिनमै कस्तो आत्मियता बढेछ थाहा भएन
यादमा आइरहन्छौ पलपलमा तस्विर तिम्रो थियो ।

तिम्रो यादको फिलिङ्गो बोकेर निदाउनै सकिन प्रिया
मैले ओड्ने च्यादर मलमलमा तस्विर तिम्रो थियो ।

तिमीसँग कुरा भइरहँदा तिम्रा अभिव्यक्तिहरुले सानु
ती आँखामा दोषी हुन्न हरपलमा तस्विर तिम्रो थियो ।

तिमीसँग प्यार होला नहोला सानु त्यो पाटो एकातिर
प्रगतिथुम्की चुमेको हेरुँ अटलमा तस्विर तिम्रो थियो ।

सानु एउटा गुनासो थियो, सायद गुनासो हुनेछैन अब
हटोस् सारा तारा परिक्षाफलमा तस्विर तिम्रो थियो ।

बढ्न सके ।

प्रगतिथुम्कितिर पाइला अघी बढ्न सके ।
ज्ञानको ज्योती छर्नलाई तिमी पढ्न सके ।

घिस्रीएर आउला प्रज्ञा बरु हात पाउ टेकि
मिर्मिरेमा शिखरपथ हजारसिढी चड्न सके ।

रेसा धमनी र शिराहरुमा तिम्रो नाउँ बग्नेछ
एकै लक्ष्य त्यो भए त्यसमै तिमी अड्न सके ।

डरै नभए ।

त्यो तिम्रो मनको भरै नभए ।
तिम्रो मन बहकिने डरै नभए ।

सायद म नि रहन्न थिएँ होला
मायालुको यदि शहरै नभए ।

यहाँ आत्मियताको छहारी छ
र पो लाग्छ आफ्नै घरै नभए ।

तिम्रो परेलीमा बास पाएँ भने
न्यानो हुनेथ्यो च्यादरै नभए ।

कसरी पसेँ म ?

निर्मोहीकै जालमा संघी कसरी फसेँ म ?
जान्दाजान्दै एकोहोरो कसरी पसेँ म ?

म माया लाउँदिन अफाव हुन्छ भन्थेँ
बस्दिन सम्बन्धमा भनि कसरी बसेँ म ?

मायालुको अंगालो प्यारो दोहोरो भए
हैन भने पासो गलामा कसरी कसेँ म ?

लाग्छ तिमीसँग प्रेम हुनु विडम्बना भयो
आफै प्रेम गरी आफैलाई कसरी डसे म ?


Tuesday, January 2, 2018

उस्तै उस्तै लाग्यो ।

मान्छे र बादर उस्तै उस्तै लाग्यो ।
चिहान र घर उस्तै उस्तै लाग्यो ।

मान्छे जस्तै देखिन्छन् यी मुर्कुटाहरु
मसानघाट र शहर उस्तै उस्तै लाग्यो ।

तिमीले धोका दिइ विष पिलाएपछि
अमृत र जहर उस्तै उस्तै लाग्यो ।

म मरेपछी पठाइदिनु आमालाई
खरानी र खबर उस्तै उस्तै लाग्यो ।