Friday, January 19, 2018

कसरी पसेँ म ?

निर्मोहीकै जालमा संघी कसरी फसेँ म ?
जान्दाजान्दै एकोहोरो कसरी पसेँ म ?

म माया लाउँदिन अफाव हुन्छ भन्थेँ
बस्दिन सम्बन्धमा भनि कसरी बसेँ म ?

मायालुको अंगालो प्यारो दोहोरो भए
हैन भने पासो गलामा कसरी कसेँ म ?

लाग्छ तिमीसँग प्रेम हुनु विडम्बना भयो
आफै प्रेम गरी आफैलाई कसरी डसे म ?


No comments:

Post a Comment