Friday, January 19, 2018

बढ्न सके ।

प्रगतिथुम्कितिर पाइला अघी बढ्न सके ।
ज्ञानको ज्योती छर्नलाई तिमी पढ्न सके ।

घिस्रीएर आउला प्रज्ञा बरु हात पाउ टेकि
मिर्मिरेमा शिखरपथ हजारसिढी चड्न सके ।

रेसा धमनी र शिराहरुमा तिम्रो नाउँ बग्नेछ
एकै लक्ष्य त्यो भए त्यसमै तिमी अड्न सके ।

No comments:

Post a Comment