Saturday, August 14, 2021

छोराको काँध चढेको बेला।

बिहेको सात बर्ष पछि एउटा भ्रुण अडेको बेला।
आमाको गर्भाशयमा बाबुको अंश गडेको बेला।

संसार जितेगरि जस्तै खुसी भएका थिए तिनी
पहिलो‌ सन्तति गर्भ छोडी धरतीमा फलेको बेला।

अभावमा बाँचेका भएपनि सँधै पुर्ति गर्दिरहे 
मिठो सपना देखिरहे छोराले कख पढेको बेला।

आँखाहरु ओभाएनन् ,खुसी हुँदा पनि खस्थ्यो
मुटु गाँठो परि आउँथ्यो ताते गर्दा लडेको बेला।

बढ्दै गयो छोरो यता, उता बुढाबुढी घोटिरहे 
कमाउन सक्ने भयो छोरो, बाबु थला परेको बेला।

काँधमा चढि हुर्क्यो छोरो , बाबु अब बाजे बने
बिस्मातमा जले बाबु छोराको काँध चढेको बेला।

ज्योति अनिश्चित
२०७८-०४-३०

Monday, August 2, 2021

जन्मदिनको शुभकामना म्याम।

रुकाएर दुइ कदम साथै हुनु उमेश सरसँग।
वीनातार मनले अनि मनै  छुनु उमेश सरसँग।

सात जुनी सँगसँगै देखुँ पाएँ भने सातै जुनी
हरेक दाग सम्बन्धको साथै धुनु उमेश सरसँग।

गुपचुपमा राखीदिनु गल्ती भए कहीँ कतै
प्यारी भइ अंगालोमा साथै रुनु उमेश सरसँग।

तारा जुन जस्तै हुनु नभमा एकसाथ उदाउने
शुभकामना जन्मदिनको स्वीकार्नु उमेश सरसँग।

रचना -ज्योति अनिश्चित
समर्पण- रुवी साह गुप्ता।

Saturday, February 27, 2021

नाप्नै सकिन।

त्यो दिल कति उदार नाप्न सकिन।
छ मुटुभित्र कति प्यार नाप्न सकिन

न‌. नदिने सोल्टिनीसँग नबोलुँ भन्छु
याद आइरहन्छ बारम्बार नाप्न सकिन।

देखेको छैन प्रत्यक्ष तैपनि किन
सपनीमा उनकै मुहार नाप्न‌ सकिन।

लाग्छ अरुको वर्णनबाटै मोहित भएँ
तपाइको सरल व्यवहार नाप्नै सकिन।

को हुन्छ ठुलो‌?मर्यादा र विवेकले
कति सुन्दर त्यो विचार नाप्नै सकिन।

भाग्यमानी हुँदा हुन् तपाइको जीवनसाथी
सायद हुँदैन  जीत-हार नाप्नै सकिन।

समर्पण -नविना निरौला।
रचना- ज्योति अनिश्चित।
२०७७-११-१५

Sunday, February 21, 2021

हुन पाउँ।

मिथ्या हैन सानु तिम्रो मुटु छुन पाउँ।
नानी तिमी अनि आँखा म हुन पाउँ।

श्रेय तिमीलाइ दिउँ मेरो प्रगति पथको
शङ्का नगरुँ तिम्रै काखमा रुन पाउँ।

ठम्याउन मेरो जीवन साथी तिमी बनि
सँगैबसी तिमीसँग मनको मैलो धुन पाउँ।

झन् कस्तो लाग्ला?

 नदेखि नि राम्री लाग्यो देखेर झन् कस्तो  लाग्ला?
विनासङ्कोच भनिदिएँ भेटेर झन् कस्तो  लाग्ला?

नाग्यो‌ मनको‌ बाँधबाट भावनाहरु बाढी बनि
निहारेर बसुँ लाग्यो  हेरेर झन् कस्तो  लाग्ला?

रौसेजस्तै पुकलित भएँ तिमीसँग साथी बन्दा
लाग्यो वर्णन गरुँ कि लेखेर झन् कस्तो  लाग्ला?

समर्पण 
रचना ~ ज्योति अनिश्चित।
२०७७-११-०७

आमा तिमी धन्य छौ।

 हारेर नि जीत ठान्ने आमा तिमी धन्य छौ।
रचि श्रृष्टी सर्वमान्य आमा तिमी धन्य छौ।

दिव्य ज्योति अँध्यारोमा छर्ने हुन्छ मेरो छोरो
कल्पिँदै संसार धान्ने आमा तिमी धन्य छौ।

भक्कानिएको मन नि‌‌ शान्त हुन्छ तिमी छँदा
टर्रो तितो नराम्रो छान्ने आमा तिमी धन्य छौ।

राख्छौ लाखौँ वेदना हृदयमा दिन्छौ मायाममता
इशपछि तिमी जान्ने आमा तिमी धन्य छौ।

समर्पण 
रचना ~ ज्योति अनिश्चित।
२०७७-११-०७

Thursday, February 4, 2021

जिन्दगी।

 जिन्दगी सुन्दर छ यहाँ |
र त बाच्ने रहर छ यहाँ।

मनभित्र पीडा जति होस्
तर खुसीको शहर छ यहाँ।

प्रेमले छर्यो आश्थाको बिज
परन्तु फलमा जहर छ यहाँ।

मनबाट राम्रो भनेनि हेरिन्न
हेर्ने त मुहार अधर छ यहाँ।

दोष तिम्रो न उसको छँदैछैन
दोषी त हाम्रो नजर छ यहाँ।

मुटु दिएको भए कसैलाइ हेेर
पलपल मरेको प्रहर छ यहाँ।

रोजाइ न हो गलत हुनसक्छ
त्यसपछि जिवन वर्वर छ यहाँ।

यो गिद्दैगिद्दको सहर छ नानी
न आत्मिय मन न घर छ यहाँ।

प्रेम रोपे घृणा, खुशी रोपे आँशु
सायद माटो पनि बन्जर छ यहाँ।



Tuesday, February 2, 2021

माफी चाहान्छु।

जानीनजानी केही कुरामा भुल भए माफी चाहान्छु।
कसैलाई पत्थरको बदलीमा फुल भए माफी चाहान्छु।

सानु! तिमीसँग म हुँदा स्वयं नै पारदर्षी भेैदिएछु
लाग्छ मेरो व्यय तिमीलाई फजुल भए माफी चाहान्छु।

तिम्रा ईच्छाहरु पुरा गर्दै जाँदा सकिनछु कुनै भने
महत्वकाङ्क्षी चाहको हुल भए ‌ माफी चाहान्छु।

मेरै बलबाहुले आङ्गमा एकसरो कपास भरिदिन्छुु
अभावमा जिएको म, टालटुल भए माफी चाहान्छु।‌

बर्षैभरि जिरा मसिनो र बास्मतीको भात नसकुँला
आँठोपाँजोमा गुन्द्रुक ढिडो तरुल भए माफी चाहान्छु।‌

तिमीलाई सप्तरङ्गी ईन्द्रेणी जस्तै मयुर मनपर्ला
मसँग दुई रङ्गको मैना-बुलबुल भए माफी चाहान्छु।‌

सानु! थाहा छेैन कस्तो रहनसहनमा थियौ हिजो
लिपपोत गर्नैपर्छ अँगेनीमा धुल भए माफी चाहान्छु।‌

ज्योति अनिश्चित।
२०७७-१०-२०

Sunday, January 3, 2021

हार

काहिँ कसैको जीत अनि कसैको हार हुनेछ।
माया गर्दा गर्दै पनि त्यहि मुटुमा प्रहार हुनेछ।

तिमीले जे दिन्छौ नि त्यहि पाउँछौ  भन्ने छैन
कमै आमाहरुको बुढेसकालमा स्याहार हुनेछ।

कुपात्रमा परेको अमृत नि बिष बन्छ हजुर
र त मुखियाकै घरको पनि नरसंहार हुनेछ।

तिमीले गलत मान्छेलाई मनमुटु दियौ भने
प्रेमको बदलीमा,घृणा र धोका उपहार हुनेछ।

सक्छौ भने आफु इलमी बन, इमान नबेच
त्यस्तो मान्छेलाई खुसीयाली सदावहार हुनेछ।

मान्छेको भाग्यमा पनि थोरै विश्वास गर्छु म
किनकी साधुलाई सुली चोरलाई हार हुनेछ।

८:३० बजे।
२०७७-०९-१९
रचना- ज्योति अनिस्चित।