Saturday, August 14, 2021

छोराको काँध चढेको बेला।

बिहेको सात बर्ष पछि एउटा भ्रुण अडेको बेला।
आमाको गर्भाशयमा बाबुको अंश गडेको बेला।

संसार जितेगरि जस्तै खुसी भएका थिए तिनी
पहिलो‌ सन्तति गर्भ छोडी धरतीमा फलेको बेला।

अभावमा बाँचेका भएपनि सँधै पुर्ति गर्दिरहे 
मिठो सपना देखिरहे छोराले कख पढेको बेला।

आँखाहरु ओभाएनन् ,खुसी हुँदा पनि खस्थ्यो
मुटु गाँठो परि आउँथ्यो ताते गर्दा लडेको बेला।

बढ्दै गयो छोरो यता, उता बुढाबुढी घोटिरहे 
कमाउन सक्ने भयो छोरो, बाबु थला परेको बेला।

काँधमा चढि हुर्क्यो छोरो , बाबु अब बाजे बने
बिस्मातमा जले बाबु छोराको काँध चढेको बेला।

ज्योति अनिश्चित
२०७८-०४-३०

No comments:

Post a Comment