Friday, January 6, 2023

भेडाको बस्ती छ नेपालमा।

आमा! तिमीलाई कति सास्ती छ नेपालमा?
अर्कोतिर भ्रस्टाचारीलाइ मस्ती छ नेपालमा।

व्यापारीले नेतालाई पोस्छन अनि  उम्किन्छन
जनता पो पेलिन्छन; जबरजस्ती  छ नेपालमा।

जसको बोलीको टुंगो छैन केही भिजन छैन
ऊ नै पो प्रधानमन्त्री हस्ती छ नेपालमा।

बुख्याचाले इज्जत लुट्छ आसेपासे उसैको पछि
सरकार उसैको बिर्ता ; उसकै गस्ती छ नेपालमा।

आउँछ , आयो र गयो;  उदाङ्गो  पाटो देखायो।
देख्दिन चेतना, व्हासा र भेडाको बस्ती छ नेपालमा।

म किन क्यानडा आएँ ? पढ्न कि  कमाउन?
जालझेल गरि कमाउने धन्दा प्रसस्ती छ नेपालमा।

२०२२-१२-२८
ज्योति अनिश्चित ।

No comments:

Post a Comment