Monday, July 8, 2019

कोडिङ्ग एकमा हुँदा अर्कोमा डिकोड हुनुपर्ने हो ।

लाग्दैछ अहिले-"पहिल्यै विछोड हुनुपर्ने हो ।"
बिस्वास गुमेसी मायालुको विरोध हुनुपर्ने हो ।

दुख्यो छाती केहि दिन्, दुखाइन त्यस्पछी
मलाई हैन उनलाई पो पिडाबोध हुनुपर्ने हो ।

थाहा थिएन कति सजिलै भुल्न सक्दा रहेछन्
मलाई झैँ सपना देखाउनेको होड हुनुपर्ने हो ।

मैले पनि सुनेँ नाटकका प्रेमिल वार्तालापहरु
पराय जिन्दगीमा प्रस्तुती भने बेजोड हुनुपर्ने हो ।

हराए इन्स्टा फेस्बुक बन्द भए फोन नम्बरहरु
कोडिङ्ग एकमा हुँदा अर्कोमा डिकोड हुनुपर्ने हो । 

Saturday, July 6, 2019

तिमी प्यार जीन्दगीको ।

रमाइलो कुरा थियो सार जीन्दगीको।
न्यानो माया थियो अपार जीन्दगीको।

जुनझैँ टहटह शितलता र ज्योति दिने
सुनगाभाझैँ फक्रिएकी आधार जीन्दगीको।

बेइमानीको गन्ध पाइन तिम्रो साथमा
दिव्यरत्न अमोल तिमी प्यार जीन्दगीको ।

Friday, July 5, 2019

खरानी धसेर हेरेँ।

कसैको प्रतिक्षामा बसेर हेरेँ।
मन खुकुलो थ्यो कसेर हेरेँ।

म धरती छोडी उड्न थालेथेँ
वायु छोडी भुइमा खसेर हेरेँ।

उनको सामिप्यता हराएदेखि
नसाको दलदलमा फसेर हेरेँ।

किन बदलियो मन जान्नलाइ
ज्योतिषको घरैमा पसेर हेरेँ।

सायद मिल्ला कि उत्तर भनि
गेहेरु लगाइ खरानी धसेर हेरेँ।