Monday, June 29, 2020

सपनाको कुरा।

जब सामिप्यतामा फाटो आउने प्रसङ्ग भयो।
मलाई भने बेग्लै खुसीयालीको तरङ्ग भयो।

मलै उसलाई चिनीन उसैले पहिचान गरेछ
सुनाइदिएँ रामकहानी अनि ऊ झसङ्ग भयो।

मैले एक्लै हिजोको साँझ मातिने निर्णय गरेँ
कताबाट झुल्कियो मेरो लागि ब्रह्माण्ड भयो।

साथै बस्यौ दुईजना सरावको घुट्को लिँदै
बार्तालाप हो त्यही सम्बन्धको मसङ्ग भयो।

मध्यरातमा बोतल रित्तियो गन्थनहरु पनि
"ला चिया" यो बाणीले सपना भङ्ग भयो।

ज्योति अनिश्चित।
2077-03-15

Friday, June 19, 2020

Enough is Enough!

नगरेकोलाइ गरेन भन्न नि नपाउने मेरो देश।
सरकारलाई घच्घच्याउदा समाउने मेरो देश।

दस अर्बको खर्च पारदर्सिता खोइ सरकार
भ्रष्टचारमा शिर्ष स्थानमा अाउने मेरो देश।

नेपाल निक्कै सम्पन्न र शक्तिसाली छ नि
करोडौको कार्पेटमाथि रमाउने मेरो देश ।

अत्ति भो है सरकार Enough is Enough!
वोल्न पनि नदिइ  बन्दी बनाउने मेरो देश।

जुन 19 2020
ज्योति अनिश्चित।

Wednesday, June 17, 2020

तिम्रो प्यार भिन्न।

कयौँ साथीसंघीहरुमध्ये तिम्रो अनुहार भिन्न।
ल्याउँला तिमीलाइ यादकोसेली विचार भिन्न।

पक्कै पनि त्यो दिलसँग यो दिलको नाता छ
नाकाबन्दि नभैदि‌‌ए भेटिन्थ्यो सरोकार भिन्न।

सुने तिम्रो सारा व्यथा असह्य भो मलाइ पनि
न्यानो मायाको बदली तिमीलाई व्यहभार भिन्न।

दाखिला गर्नुपरे यदि गरुँला विश्वास र भरोषा
सहनशिलताकी प्रतिमुर्तीलाइ तिम्रो प्यार भिन्न।

समर्पण अनिश्चित
2077-03-03

Monday, June 15, 2020

मिथ्या रहेछन लागेका कुरा।

सिसाकलमले लेखिदैन सिम्रन तिम्रो सम्पन्नता
मधुरिमा वचनमा र व्याक्तित्वमा लालित्यता।

रसिकहरु धेरै होलान् ति‌‌म्रो रुप र सौन्दर्यको
न‌यनमा पाएँ मैले खास विस्वास र निशचलता।

सारै अहंकारी लाग्थ्यो पहिले सायद झुटा थिएँ
परन्तु हैन रैछ मिथ्या भए भएपछि सामिप्यता।

कोसौ टाढा रहेर के भो? मनभित्र अटाइँदिए
टाढा नहुनु है कहिल्यै तिमी गर अब प्रतिबद्दता।

समर्पण
रचना : ज‌योति अनिश्चित।
2077-03-01

Saturday, June 13, 2020

अञ्जलीलाई आभाष।

जानी नजानी गल्ती भए माफी हुन्छ नि।
म अफ्ट्यारोमा परभनेे इन्साफी हुन्छ नि।

तिमीलाई ठेस लाग्नै दिन्न आँखै चिम्लेपनि
यदि म लडे भने प्रिया बैसाखी हुन्छ नि।

जीवनमा कहिलै तिमीलाई एक्लै बनाउँदिन
यदि एक्लै परेँ जगतमा साथी हुन्छ नि।

तिम्रो निश्चलता अनि बिस्वासको भरोसामा
अलि चन्चल छौ सानु सावधानी हुन्छ नि।

तिमीलाई बन्द नयनमा आभाष गराउन सकुँ
मेरो अठोट भन प्रिया आसानी हुन्छ नि।

Friday, June 12, 2020

पत्थर हुन्छ जीवन।

असिमित भए चाह बर्बर हुन्छ जीवन।
न्यानो साँचो मायामा उर्वर हुन्छ जीवन।

जसले छुट्याउँछ सहि र गलत बाटाहरु
लीए लक्ष्य शिखरको प्रखर हुन्छ जीवन।

भरिलो हुन्छन् गह पश्चताप गर्नेहरुको
न्याउरी मारी पछुतो बन्जर हुन्छ जीवन।

डाको छोडी रुनुको नि अर्थ रहन्न सानु
रित्तिएर भावनाहरु पत्थर हुन्छ जीवन।

समर्पण
रचनाः ज्योति अनिश्चित।
2077-02-30