Thursday, April 30, 2020

नुतन बनाइ तिम्रो दिल।

अग्नि साक्षी गराएर तिम्रो सिउदो भर्न सके प्यारी।
नुतन बनाइ तिम्रो दिल चोखोमाया गर्न सके प्यारी।

पोखिदिन्थे मनका वह रङ्गाइदिन्थे प्रेमका पाना
खग्रास लाग्छ तिमी नहुँदा पासमै पर्न सके प्यारी।

रेशा, धमनी र शिराहरुमा तिम्रै नाम बगाइदिन्थे
लच्छिनकी तिमी, सँगै बाँचे अनि मर्न सके प्यारी।

समर्पण
रचनाः ज्योति अनिश्चित।
2077-01-18

Tuesday, April 28, 2020

निदरीमा मायाप्रेम ।

लवलिन छिन् उनी हरेक सन्ध्यामा उदाउँछिन्।
क्षणिकरुपमा आभष दिई प्रभातमा हराउँछिन्।

मिर्मिरेमा उषालाली र वर्षातमा सप्तरङ्गीधनुको
सुटुक्क रङ्ग चोरी श्रीङ्गारसामाग्री बनााउँछिन्।

वेलावेला निदरीमा मायाप्रेमका कुरा गरेपनि
दिवा स्वप्नामा सिमित तैपनि मोह लगाउँछिन्।

समर्पण
रचना: ज्योति अनिश्चित।
2077 बैसाख 16

परिश्रमी पाखुरालाई चुम्ने।

लक्ष्य दृढ उनको त्यो टाकुरालाई चुम्ने।
ताज भिरी परिश्रमी पाखुरालाई चुम्ने।

सुवास छरेर वरपर नविझाउने नानीमा
वेग वोक्छिन् पवनको, सुुरालाई चुम्ने।

दियोझै लक्षिनकी उनी ज्ञानज्योति छर्ने
रहनदिन्नन् केही अधुरा, पुरालाई चुम्ने।


समर्पण
रचना: ज्योति अनिश्चित।
2077 बैसाख 16

भुपु मायालुलाई पत्र।

तिमीले मारेकी थियौ मन अब जिवित गर्नेछु।
तिमीलाई उदाङ्गो पारेर अरुको हित गर्नेछु।

दर्जनौं खेल खेल्यौ सायद सबैमा जित्यौ होला
लाग्छ नेपालरत्नले तिमीलाइ सम्मानित गर्नेछु।

समय सँधै एकनास नरहला त्यसपछि त्यो खत
प्रेषक म प्रापक तिम्रै नाममा सम्प्रेसित गर्नेछु।

अदालतलेझैँ सम्पुर्ण प्रमाणहरु माग्छौ भनेपनि
ठुलै ढड्डामा यावत तथ्यहरु संचित गर्नेछु।

सुनेकै हौला एकदिन सबैको पालो आउँछ भनेर
मैले भोगेको दिनरातझैँ तिमीलाई भयवित गर्नेछु।

रचना: ज्योति अनिश्चित
2077-1-16

Monday, April 27, 2020

जन्मदिनको शुभकामना।

अनगिन्ती सफलताले चुमिरहोस् जीवनमा।
‌सुशान्ती र खुसियाली झुमिरहोस् जीवनमा।

पोहोरबाट एक वर्ष आजबाट असी कटोस्
खहरेजस्तै होस् रोदन घटिरहोस् जीवनमा।

रेला ठट्टा मजाक हाँसो कहिले कमी नहोस्
लवज मिठो सभ्यशिष्ट फुलिरहोस् जीवनमा।

समर्पण
रचना: ज्योति अनिश्चित
2077-1-15

Sunday, April 26, 2020

अरुभन्दा भिन्न पाएँ।

जगतमा उनीलाई नजिकबाट चिन्न पाएँ।
रित्त‌ो निर्जन बाटोमा उनीसँगै हिन्न पाएँ।

नाता हाम्रो कस्तो भनुँ साथीभन्दा माथि
विश्वासिलो सम्बन्ध अरुभन्दा भिन्न पाएँ।

स्फटिकझैँ पारदर्शी करुणाकी प्रतिमुर्ती
टक्क सुने प्रेमकथा अनि मन खिन्न पाएँ।

समर्पण
रचना: ज्योति अनिश्चित।
2077 बैसाख 14

Thursday, April 23, 2020

दिलको क्यानभास।

अनमोल रत्न लाग्छ मुंगाजडित थ्यो मेरो।
न्यानो आभाष अनुभुती हुने प्रीत थ्यो मेरो।

जुनीभर साथ दिन्छु, तिमी हारे, हार्छु भनेनी
तिमी हार्दा नियतीले बनाको जीत थ्यो मेरो।

म उन्न खोज्छु पिरतीको माला प्रेम संगालेर
सिद्दिएन प्रेमगुच्छा आकाश संचित थ्यो मेरो।

नामेट तस्विर कुँदिएछ आँखाको नेत्रपटलमा
दिलको क्यानभास खाली अनिश्चित थ्यो मेरो।

समर्पण
रचना: ज्योति अनिश्चित।
2020 अप्रिल 23

Wednesday, April 1, 2020

हेरिरहन पाउँ।

रहर मेरो तिम्रा नयन हेरिरहन पाउँ।
न्यानो तिम्रो अंगालोमा बेरिरहन पाउँ।

जुनीभर तिम्रो साथ वर माग्थे पउनेभए
खण्डखण्डमा सुखदु:ख फेरिरहन पाउँ।

नागबेली तिम्रो केशराशीझैँ प्रेमलहरामा
लहराबनि तिम्रो वरिपरी लहरीरहन पाउँ।

समर्पण
ज्योति अनिश्चित
2076-12-19

अतिरञ्जित नहोस् हाम्रो सम्बन्ध।

अतिरञ्जित नहोस् तिम्रो मेरो सम्बन्ध कहिल्यै।
स्वस्फुर्त बगोस् नशामा प्रेम नहोस् बन्द कहिल्यै।

मिथ्या होस् बाहिर चलेका अनावश्यक हल्लाहरु
ताज गाढाहोस् मिलनको नहोस् मन्द कहिल्यै।

रेला ठट्टा एक पाटो हो आँशु रोदन अर्को पाटो
ग्लानी हुने कुनै मोडमा नआओस् गन्ध कहिल्यै।

मिलनमा उज्याला लाखौ तारा उदाउन् आकाशमा
तिम्रो मेरो प्रेमसागरको नबिग्रियोस् छन्द कहिल्यै।

समर्पण
ज्योति अनिश्चित
2076-12-19