Tuesday, April 28, 2020

भुपु मायालुलाई पत्र।

तिमीले मारेकी थियौ मन अब जिवित गर्नेछु।
तिमीलाई उदाङ्गो पारेर अरुको हित गर्नेछु।

दर्जनौं खेल खेल्यौ सायद सबैमा जित्यौ होला
लाग्छ नेपालरत्नले तिमीलाइ सम्मानित गर्नेछु।

समय सँधै एकनास नरहला त्यसपछि त्यो खत
प्रेषक म प्रापक तिम्रै नाममा सम्प्रेसित गर्नेछु।

अदालतलेझैँ सम्पुर्ण प्रमाणहरु माग्छौ भनेपनि
ठुलै ढड्डामा यावत तथ्यहरु संचित गर्नेछु।

सुनेकै हौला एकदिन सबैको पालो आउँछ भनेर
मैले भोगेको दिनरातझैँ तिमीलाई भयवित गर्नेछु।

रचना: ज्योति अनिश्चित
2077-1-16

No comments:

Post a Comment