Sunday, January 3, 2021

हार

काहिँ कसैको जीत अनि कसैको हार हुनेछ।
माया गर्दा गर्दै पनि त्यहि मुटुमा प्रहार हुनेछ।

तिमीले जे दिन्छौ नि त्यहि पाउँछौ  भन्ने छैन
कमै आमाहरुको बुढेसकालमा स्याहार हुनेछ।

कुपात्रमा परेको अमृत नि बिष बन्छ हजुर
र त मुखियाकै घरको पनि नरसंहार हुनेछ।

तिमीले गलत मान्छेलाई मनमुटु दियौ भने
प्रेमको बदलीमा,घृणा र धोका उपहार हुनेछ।

सक्छौ भने आफु इलमी बन, इमान नबेच
त्यस्तो मान्छेलाई खुसीयाली सदावहार हुनेछ।

मान्छेको भाग्यमा पनि थोरै विश्वास गर्छु म
किनकी साधुलाई सुली चोरलाई हार हुनेछ।

८:३० बजे।
२०७७-०९-१९
रचना- ज्योति अनिस्चित।