Tuesday, August 11, 2020

मोक्षप्राप्ति मोनुलाई ।

मोक्षप्राप्तिको सुखानुभुती प्रवाह हुन्छ मोनुलाई ।
निष्तेज हुन्छ जलबायु नि थाहा हुन्छ मोनुलाई ।

काम, क्रोध, आवेग सारा बसमा पार्न सक्छिन्
ओझेलमै रमाउँछिन् एक्लो चाह हुन्छ मोनुलाई ।

झाङ्गिएर जाओस तिम्रो मेरो आस्था भरोषाहरु
आँ गर्दा अलङ्कार बुज्छिन राह हुन्छ मोनुलाई ।

ज्योति अनिश्चित ।
वि सं २०७७ श्रावण २७

शब्द समर्पण

समिकरण जिन्दगीको सहिष्णुताकी पार्याय तिमी ।
मिलनसार मृदुभाषी अनि वैरीको सजाय तिमी ।

पाएर ज्ञान सबै तर एकनासको व्याहभार तिम्रो
कारुणिक दिल सफा गरेँ मनको सफाय तिमी ।

रहरको फुल, चक्षुको भुल भुलाउन नसके पनि
किन्तु परन्तु मेरो आस्था दृढ राख्ने उपाय तिमी ।

ज्योति अनिश्चित ।
समर्पण
वि सं २०७७ श्रावण २७