Friday, October 27, 2017

सताउँछ रे ।

अस्थिर हुन्छु म, त्यही हालचालले सताउँछ रे ।
कहिलेकाँही त्यसै व्यर्थ अवगालले सताउँछ रे ।

आफु भने उनको हालखबरबारे सोधिरहन्छु
फेरी उनलाई भने त्यही सवालले सताउँछ रे ।

आँटै भएन सिमा नाग्न, सिमानामा पुगी आएँ
लगाइएको बिचको त्यो पर्खालले सताउँछ रे ।

मनको कुरा कहिल्यै गोप्य रहेन त्यसैले त
भयो हाम्रो पवित्र नाता बबालले सताउँछ रे ।

Wednesday, October 25, 2017

समर्पण तिमी हौ ।

प्रभातमा छरिएको रातो किरण तिमी हौ ।
अपार यो माया दिने बिज कण तिमी हौ ।

थिइन रे पहिले यस्तो भन्छन साथीभाइ
परिवर्तित स्वंयको पहिलो लक्षण तिमी हौ ।

म मैन झै पग्लिएछु तिम्रो सामु यदा कदा
मन नै पगालिदिने अचुक लवण तिमी हौ ।

तिम्रै वरिपरी पाउँछु संसारका सारा खुशी
तिमी सगर तिमी सिन्धु मेरो भ्रमण तिमी हौ ।

चाह मेरो भए पनि मिलन हाम्रो सम्भव छैन
तर पनि यी प्रेमिल भावमा समर्पण तिमी हौ ।

समर्पण
ज्योति अनिश्चित ।

लवलिन उनी

लक्ष्य अनि आफ्नो जिम्मेवारीवोध भएकी ।
मिलनसार धेरै तर पनि थोरै क्रोध भएकी ।

नेत्रपटलमा उनको तस्विर कैद भइसकेछ
पारदर्शी व्यहभार अनि प्रतिसोध भएकी ।

लवलिन उनी फरासिली अनि हसिली पनि
प्रेरणादायी उनी कुसंस्कार विरोध भएकी ।

समर्पण
ज्योति अनिश्चित ।

Wednesday, October 18, 2017

हत्यारो भएर ।

आफ्नै मुटुको हत्यारो भएर ।
वैगुनीकै अति प्यारो भएर ।

व्यग्रता मनको नाप्न नसकेर
फालिदिएँ आफै झटारो भएर ।

तिमीले छोड्यौ यादले छोडेन
आँखाअघी तिमी तुसारो भएर ।

नैरास्यता मात्र आज पाएछु
प्रेमिल वार्तालाप उधारो भएर ।

सायद तिमीलाई मैले बुझिनछु
माया गर्न मलाई हतारो भएर ।

ज्योति अनिश्चित  

ढुङ्गामाटो देख्दा पनि

ढुङ्गामाटो देख्दा पनि कौतुहल हुन्छ ।
अनवरत लगनले मात्र कोही सफल हुन्छ ।

जब तिमी मेरो सामिप्यबाट टाढा हुन्छौ
अनी त कमिबाट मेरो माया प्रवल हुन्छ ।

जहाँ जाउँ त्यहाँको वायुमा तिमी पाउँछु
सायद पाइनछु भने ठुलै हलचल हुन्छ ।

म मेरो भावना समेटेर पाना रङ्गाउँछु
काफिया मिल्छ अनि त्यो गजल हुन्छ ।

ज्योति अनिश्चित