Sunday, September 20, 2020

यस्तो होस् जीवन।

सरल रहोस् तिम्रो जीवनका पाटाहरु।
वृद्दि होस् उल्लास हराओस् सन्नटाहरु।

दियोसरी दिप छर्नु उदाहरण वन्नु तिमी
ढलपल नहोस् तिम्रा सहृदयी वाचाहरु।

कामना मेरो तिम्रो खुसी अनि दीर्घायुको
ललाट चम्कियोस् खुलुन् सबै बाटाहरु।

समर्पण
असोज 3 -2077
ज्योति अनिश्चित।।

Thursday, September 3, 2020

कामना मेरो।


सोचमा एउटा यथार्थमा अर्को नहोस् बरु।
नुहिने वृक्ष जस्तो भैदिउन् व्यहभारमा चारु।

न्यानो माया र विश्वास बाहेक केही चाहिन्न
यौटै हुन्छ जीवन सानु तिमीसँगै जिउँ-मरुँ।

पाइला सारेर सँगै, निहार्नु छ सुन्दर संसार
नेत्रपटलमै राख्नेछु प्रिया, अरु के पो गरुँ?

भदौ 18- 2077
ज्योति अनिश्चित।





Wednesday, September 2, 2020

नित्य बोलुँ लाग्यो।

मन कति सफा अनि कञ्चन पाएँ तिम्रो।
नित्य बोलुँँ लाग्ने बोलीवचन पाएँ तिम्रो।

ताजमा लाज राखि सुन्दर अनि शुशिल
सितारा झैँ चम्किलो नयन पाएँ तिम्रो।

टौवा अनि धरहराबाट पनि नियालेर हेरेँ
लाखौमा एक अनमोल रतन पाएँ तिम्रो।

समर्पण
ज्योति अनिश्चित।
कनपा 1
2077-05-17

Tuesday, September 1, 2020

किन होला?

प्रत्युत्तरमा हुन्न भन्ने जवाफ किन होला?
तिम्रो समर्पण देखेर रवाफ किन होला?

क्षार तिमी भयौ म अम्ल बनेपनि किन
भएन लवण, विरोधाभाष किन होला?

ट्याक्क मिलेको जोडी कस्तो हुन्छ भन
टड्कारो भो मतभेद टकराव किन होला?

राखेर विश्वास र भरोषा असल साथी बन्नेछु
इशलाई साक्षी राखेनि लगाव किन होला?

समर्पण
ज्योति अनिश्चित।
कनपा 1
2077-05-17