केवल
सुन्य सुन्यतामा
एकोहोरो
एकनासले
एउटा
तस्विर
मेरो
मानस्पटलमा छाउँछ ।
मनमनै
हल्चल मच्चाउँछ ।
हरपल
सम्झनामा सानु
तिम्रो
मात्रै याद आउँछ ।
अहँ
…
थाह
छैन
कि
यो प्रेम
या
आकर्षण हो ?
तर
यत्ति भन्न सक्छु कि
यो
छोटो पलमा
जति
तिमी आत्मिय भयौ
लाग्छ…
जुनिभर
यसरी नै
आत्मिय
भइरहनेछौ ।
तिमी
सँधैसँधै
प्रीय
भइरहनेछौ ।
नसोध
मलाइ
किन
कसरी
आत्मिय
भएँ भनेर ?
जुन
र फुल मन
नपराउनेहरु
कमै हुन्छन ।
तिमी
यति सुन्दर छौ कि
मन
पराउनेहरु जम्मै हुन्छन ।
मलाइ
पुर्ण कवज
र
मिठो लवज मन पर्छ ।
राम्रो
संस्कार र
प्यार
अपार मन पर्छ ।
खोजिहेरेँ
तिम्रो मुटुभित्र
पाएँ
मैले सचित्र
मन
सुन्दर निर्मल र पवित्र ।
तिमी
भन्छौ नि
सानो
कुराले नि
विझाउँछ
भनेर ।
सानै
कुराले नि
मन
रुवाउँछ भनेर ।
यस्तै
सुक्ष्म कुरा
खेलाउनाले
तिमीसँग
हरेक दिन
वार्तालापमा
आउनाले
देख्ने
यी नयनले
तिमिलाई
नै हेरिदिँदा ।
मनभित्रको
प्रेमिला भावले
तिमीलाई
नै बेरिदिँदा ।
कहिलेबाट
तिमीलाई
मन
पराएछु
थाहै
भएन ।
यी
आँखालाई
अरु
कोही
चाहै
भएन ।
प्रज्ञा
…
चाहनाले
नेटो काट्छ ।
हरेक
चाह पुरा हुदैनन्
एकतर्फी
नै सहि
प्रेम
झुटा र अधुरा हुदैनन्
।
म
तिमीलाई प्रेम गर्छु ।
तिमीतर्फ
बाट प्रेम हुनु
जरुरी
ठान्दिन ।
मेरा
भावनाहरु पोखिदिएँ
अरु
केही कदापी मान्दिन ।
केवल
तिमीबाट स्विकृती
या
तिरस्कार
तिम्रो
जो विचार ।