Saturday, February 17, 2018

टुङ्गियो सम्बन्ध

टुङ्गियो सम्बन्ध कारण मेरो मज्बुरी थियो ।
आखिर किन टुङ्गियो उनको उजुरी थियो ।

व्यर्थै मृगको पछी कुदिरहे चक्षुभ्रम भएर 
सारा वनमा सुवाश छर्ने त कस्तुरी थियो ।

सामिप्यताको आभाष मैले कहिल्यै गरिन
सयौं फड्कोको उनको मेरो दुरी थियो ।

सायद बडारिन्नथ्यो होला प्रेमको कसिङ्गर
आफैँ उडाइ लाने मौनताको हुरी थियो ।

सम्बन्धको औचित्य रहदैरहन्न माया नभए
मनमुटु एक नभइ केवल एक धुरी थियो ।

ज्योति अनिश्चित ।

No comments:

Post a Comment