Sunday, February 18, 2018

My Feelings for you

केवल सुन्य सुन्यतामा
एकोहोरो एकनासले
एउटा तस्विर
मेरो मानस्पटलमा छाउँछ ।
मनमनै हल्चल मच्चाउँछ ।
हरपल सम्झनामा सानु
तिम्रो मात्रै याद आउँछ ।

अहँ …
थाह छैन
कि यो प्रेम
या आकर्षण हो ?
तर यत्ति भन्न सक्छु कि
यो छोटो पलमा
जति तिमी आत्मिय भयौ
लाग्छ…
जुनिभर यसरी नै
आत्मिय भइरहनेछौ ।
तिमी सँधैसँधै
प्रीय भइरहनेछौ ।

नसोध मलाइ
किन कसरी
आत्मिय भएँ भनेर ?
जुन र फुल मन
नपराउनेहरु कमै हुन्छन ।
तिमी यति सुन्दर छौ कि
मन पराउनेहरु जम्मै हुन्छन ।

मलाइ पुर्ण कवज
र मिठो लवज मन पर्छ ।
राम्रो संस्कार र
प्यार अपार मन पर्छ ।
खोजिहेरेँ तिम्रो मुटुभित्र
पाएँ मैले सचित्र
मन सुन्दर निर्मल र पवित्र ।

तिमी भन्छौ नि
सानो कुराले नि
विझाउँछ भनेर ।
सानै कुराले नि
मन रुवाउँछ भनेर ।
यस्तै सुक्ष्म कुरा
खेलाउनाले
तिमीसँग हरेक दिन
वार्तालापमा आउनाले
देख्ने यी नयनले
तिमिलाई नै हेरिदिँदा ।
मनभित्रको प्रेमिला भावले
तिमीलाई नै बेरिदिँदा ।

कहिलेबाट तिमीलाई
मन पराएछु
थाहै भएन ।
यी आँखालाई
अरु कोही
चाहै भएन ।

प्रज्ञा …
चाहनाले नेटो काट्छ ।
हरेक चाह पुरा हुदैनन्
एकतर्फी नै सहि
प्रेम झुटा र अधुरा हुदैनन् ।

म तिमीलाई प्रेम गर्छु ।
तिमीतर्फ बाट प्रेम हुनु
जरुरी ठान्दिन ।
मेरा भावनाहरु पोखिदिएँ
अरु केही कदापी मान्दिन ।
केवल तिमीबाट स्विकृती
या तिरस्कार

तिम्रो जो विचार ।

No comments:

Post a Comment