Tuesday, March 31, 2020

पौरखी तिमी सुरु।

सुकृत्य तिम्रो चारैतिर सदाबहार फैलिरहोस्।
रङ्गहरु झिलमिल जीवनमा प्यार फैलिरहोस्।

क्षान्ति तिम्रो अहो! साच्च नैै धरती हौ तिमी
पौरखी तिम्रो पौरख सुरु! संसार फैलिरहोस्।

डेग दृढ रहोस् तिम्रो लक्ष्यले शिखर चुमोस्
लवलिन तिमी सँधै सुसमाचार फैलिरहोस्।

समर्पण
ज्योति अनिश्चित
2076-12-18

Monday, March 30, 2020

झुटो संसारमा असली तिमी।

सुशिल मृदुभाषी दयालु फरासिली तिमी।
रसरङ्ग जीवनमा भरिदिने हँसिली तिमी।

क्षार र अम्ल जसरी मिलेर लवण बन्दछन्
उसैगरि  जतै मिलिदिने मिजासिली तिमी।

पापपुण्यको लेखामा पुण्य भारी पर्छ होला
धन्य यो झुटो संसारमा एक असली तिमी।

यस्  गजलबाट बोलिदिए मैले हुन्थ्योहुन्थेन
याचनासहित रिक्वेस्ट पठाएँ रसिली तिमी।

समर्पण
ज्योति अनिश्चित
2076-12-17

Sunday, March 29, 2020

यता तिमी त्यता उनी।

गाह्रो हुन्छ यहाँ छुट्याउन को प्यारो भो भनि।
यता तिमी त्यता स्वेता अफ्ट्यारो भो भनि।

त्रासमा रहि म कहाँ सत्य बोल्न सक्थे नानी
भन्न कहाँ सकुँला र जीवन अँध्यारो भो भनि।

टहटह जुनझै लाग्छ उनी देखाभेट नभएर नै
टहरो उनकै शितल वाणीको उधारो भो भनि।

राखेर तिमीलाई नै साक्षी प्रेम प्रस्ताव राखौ कि
इच्छा तिमीसँगै जिउनेमर्ने भनुँ सारो भो भनि।

समर्पण
रचना ज्योति अनिश्चित
2076-12-16

Saturday, March 28, 2020

थुनछेक हुँदैन मायामा।

स्वेत र अश्वेत रंगभेद हुँदैन मायामा।
वेग अनिश्चित आवेग हुँदैन मायामा।

तारिफ जेजस्तो भएनि प्रेम, समर्पण
भक्ति र सद्भावबाहेक हुँदैन मायामा।

ट्वाक्क मिलेका जोडी कमै भए नि
टलक्क टल्किने लायक हुँदैन मायामा।

राखेर दिल धरौटी एकको दुइ हुनलाई
इश्वरबाट पनि थुनछेक हुँदैन मायामा।

समर्पण
रचना ज्योति अनिश्चित
2076-12-15

तिमी आउँदा खेरी।

स्वर्ग अनुभुति हुन्थ्यो होला तिमी सामु हुँदा खेरी।
वेग्लै आभाष हुन्थ्यो होला तिम्रो हातले छुँदा खेरी।

तारा र जुन मलिन होलान् नभमा तिम्रो अभावमा
भक्कानिदै शीत बनि झर्छ आँशु तिमी रुँदा खेरी।

ट्वाल्ल परि हेर्छन् होला रवि सामुन्ने तिमीलाई पाएर
टरी जाला आँधी-हुरी विपत्ति तिमी आउँदा खेरी।

रातकी रश्मी जुनको तिमी दिनकी उजेली जगको
इरादा साच्चै निश्चल हुन्छ होला तिमीले धुँदा खेरी।

समर्पण
रचनाः ज्योति खतिवडा
2076-12-15

Saturday, March 14, 2020

अलौकिक हिरा हौ तिमी।

ऋतुहरुमा हरियाली बसन्त हौ तिमी।
चाह ‌शिखर चुम्ने ज्वलन्त हौ तिमी।

निखारेर मनको दाग सँधैभरि उजेली
रौतेलीझैँ राम्री अनि हिमदन्त हौ तिमी।

लाएर प्रेम मातृप्रति गाएर गुन बाबाको
अलौकिक हिरा नपाइने अन्त हौ तिमी।

समर्पण
रचना ज्योति अनिश्चित।
2076 चैत्र 1

Tuesday, March 10, 2020

अंगाल्ने मन छ।

लक्षित गरि त्यो मुटुमा, प्रेमको टुकी बाल्ने मन छ।
तार्किक भएर नै मनभित्रको डरलाई फाल्ने मन छ।

न्याउरी झैँ रोयो मन हिजो, चङ्गा भाको छ मन आज
यौटा विश्वास्तम्भ खडा गरि शंकालाई ढाल्ने मन छ।

पापी यो दुनियाँ छ, मलाई तिनै आँखाले नहेर प्रिया
नेत्रमा कुँदिएकी तिमीलाई सहृदयी अंगाल्ने मन छ।

समर्पण
रचना:- ज्योति अनिश्चित
2076-11-27

Wednesday, March 4, 2020

एकअर्कामा दोषी नजरको।

मिलनका सुनौला झिलमिल तारा थिए सगरको।
अनायासै भइदियो जीवन वालुवासरी वगरको।

देखेको थिएँ मैले लामो यात्रा सँगसँगै हिड्नुपर्ने
बाटो फाट्यो दोबाटोमा लक्ष्य फरक भो सफरको।

तिमी साथमा हुँदा थोरै चिने , नहुँदा अझ बढि
स्वप्नदोषझैँ स्खलित भयो, तिलाञ्जली रहरको।

सम्बन्धमा फाटो आयो, लाल्छनाहरु लागे होलान्
खेद छैन अब कत्ति, बेखबर थिएँ आफ्नै खबरको।

मेरो के दोष थियो ?  तिमीमा के कमि भयो ?
समिक्षा अब गर्दिन, एकअर्कामा दोषी नजरको।

ज्योति अनिश्चित
2076-11-21