Wednesday, March 4, 2020

एकअर्कामा दोषी नजरको।

मिलनका सुनौला झिलमिल तारा थिए सगरको।
अनायासै भइदियो जीवन वालुवासरी वगरको।

देखेको थिएँ मैले लामो यात्रा सँगसँगै हिड्नुपर्ने
बाटो फाट्यो दोबाटोमा लक्ष्य फरक भो सफरको।

तिमी साथमा हुँदा थोरै चिने , नहुँदा अझ बढि
स्वप्नदोषझैँ स्खलित भयो, तिलाञ्जली रहरको।

सम्बन्धमा फाटो आयो, लाल्छनाहरु लागे होलान्
खेद छैन अब कत्ति, बेखबर थिएँ आफ्नै खबरको।

मेरो के दोष थियो ?  तिमीमा के कमि भयो ?
समिक्षा अब गर्दिन, एकअर्कामा दोषी नजरको।

ज्योति अनिश्चित
2076-11-21

No comments:

Post a Comment