सिसाकलमले लेखिदैन सिम्रन तिम्रो सम्पन्नता
मधुरिमा वचनमा र व्याक्तित्वमा लालित्यता।
रसिकहरु धेरै होलान् तिम्रो रुप र सौन्दर्यको
नयनमा पाएँ मैले खास विस्वास र निशचलता।
सारै अहंकारी लाग्थ्यो पहिले सायद झुटा थिएँ
परन्तु हैन रैछ मिथ्या भए भएपछि सामिप्यता।
कोसौ टाढा रहेर के भो? मनभित्र अटाइँदिए
टाढा नहुनु है कहिल्यै तिमी गर अब प्रतिबद्दता।
समर्पण
रचना : जयोति अनिश्चित।
2077-03-01
No comments:
Post a Comment