Tuesday, February 2, 2021

माफी चाहान्छु।

जानीनजानी केही कुरामा भुल भए माफी चाहान्छु।
कसैलाई पत्थरको बदलीमा फुल भए माफी चाहान्छु।

सानु! तिमीसँग म हुँदा स्वयं नै पारदर्षी भेैदिएछु
लाग्छ मेरो व्यय तिमीलाई फजुल भए माफी चाहान्छु।

तिम्रा ईच्छाहरु पुरा गर्दै जाँदा सकिनछु कुनै भने
महत्वकाङ्क्षी चाहको हुल भए ‌ माफी चाहान्छु।

मेरै बलबाहुले आङ्गमा एकसरो कपास भरिदिन्छुु
अभावमा जिएको म, टालटुल भए माफी चाहान्छु।‌

बर्षैभरि जिरा मसिनो र बास्मतीको भात नसकुँला
आँठोपाँजोमा गुन्द्रुक ढिडो तरुल भए माफी चाहान्छु।‌

तिमीलाई सप्तरङ्गी ईन्द्रेणी जस्तै मयुर मनपर्ला
मसँग दुई रङ्गको मैना-बुलबुल भए माफी चाहान्छु।‌

सानु! थाहा छेैन कस्तो रहनसहनमा थियौ हिजो
लिपपोत गर्नैपर्छ अँगेनीमा धुल भए माफी चाहान्छु।‌

ज्योति अनिश्चित।
२०७७-१०-२०

No comments:

Post a Comment