Tuesday, January 2, 2018

उस्तै उस्तै लाग्यो ।

मान्छे र बादर उस्तै उस्तै लाग्यो ।
चिहान र घर उस्तै उस्तै लाग्यो ।

मान्छे जस्तै देखिन्छन् यी मुर्कुटाहरु
मसानघाट र शहर उस्तै उस्तै लाग्यो ।

तिमीले धोका दिइ विष पिलाएपछि
अमृत र जहर उस्तै उस्तै लाग्यो ।

म मरेपछी पठाइदिनु आमालाई
खरानी र खबर उस्तै उस्तै लाग्यो ।



No comments:

Post a Comment