Sunday, December 31, 2017

हेरी बिर्सिदिएँ ।

नक्षत्रमा लाखौं तारा जुनलाई हेरी बिर्सिदिएँ ।
मेरा अतितका प्रेमकथा उनलाई हेरी बिर्सिदिएँ ।

आलाप र शब्द खड्किरह्यो तैपनि सुनिरहेँ
संगीत बेजोड थियो ; धुनलाई हेरी बिर्सिदिएँ ।

दुस्मनहरु भन्दा पनि आफन्तबाटै रिस उठ्छ
अनि आफै सम्झाउछु खुनलाई हेरी बिर्सिदिएँ ।

सिलस्वभाव र लवज बडो खास लाग्छ मलाई
चाहिन्न सृङ्गार अनि सुनलाई हेरी बिर्सिदिएँ ।

सयौ बार नराम्रो होस अन्तिममा ऊ झुक्छ भने
प्रायस्चित हो ठुलो कुरा गुनलाई हेरी बिर्सिदिएँ ।

No comments:

Post a Comment